काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतालाई खुसी बनाउँदा पनि केहीलाई पीर परेको टिप्पणी गर्नुभएको छ ।
शनिबार नेकपाको प्रदेश १ का आगुवा कार्यकर्ता भेलालाई राजधानीमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनतालाई रुवाउन आफूले नदिने बताउनुभयो । ‘म देशै हँसाउन चाहन्छु। मैले हँसाए भनेर पीर परेको छ कतिलाई । नेपाली जनता हाँसेकोमा किन पीर परेको होला’ जनतालाई रुवाउने बानी परेकाहरुले आफ्नो रिस गर्ने गरेको बताउँदै प्रधानमन्त्री ओलीले थप्नुभयो,‘मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । रुवाउने तरिका पनि कतिकति, अनि मैले हँसाए भनेर पीर परेको छ ।’ उहाँले भन्नुभयो, ‘ रुवाउन खोजेका थियौं, सकेनौं, सक्दैनौं। दिइन्नँ।’
निर्वाचनमा जाँदा देश संकटमा पर्यो भन्नेहरुलाई डेढ बर्षपछि पनि निर्वाचन मै जानुपर्ने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनले देश संकटमा नपर्ने भन्दै बरु लोकतन्त्र मजबुद हुने बताउनुभयो । कार्यक्रमा बोल्नु हुँदै प्रधानमन्त्री ओलीले कतिपय मानिसहरु निर्वाचन भनेपछि थरर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ता कब्जा गर्ने बानी परेकाहरुलाई निर्वाचन नगर्ने प्रणाली चाहिएको रहेछ त्यस्तो हुन्न दिइन्न।
उहाँले भन्नुभयो, ‘निर्वाचन भनेपछि जनताको बीचमा गरेका बाचा,जनतालाई दिएको प्रत्याडना, देश विरुद्घ गरेका कुकृत्यहरुको फैसल्ला गर्छन् भन्नेर होला कोही कोही थुरुरु भएका छन् ।’
चुनावमा जान डराउनेलाई किन चाहियो चुनाव चिह्न ?
कार्यक्रममा बोल्दै ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई चुनावमा नजाने भएपछि चुनाव चिह्न किन चाहियोरु भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, चुनाव गर्नु अपराध भए सूर्य चुनाव चिन्ह किन चाहियो ?’
प्रचण्ड–माधवहरु निर्वाचन आयोग पुगेर चुनाव नगर्न भनिरहेको भन्दै प्रधानमन्त्री ओलीले चुनावमै जान नमान्ने भएपछि चुनाब चिह्न चाँही किन चाहियो रु भन्दै प्रश्न गर्नुभयो ।
उहाँले सूर्य चुनाव चिह्न चाहिने भए पार्टीको बैठकमा आउनसमेत आग्रह गर्नुभयो । अहिलेसम्म प्रचण्डले सूर्य चिह्नमा चुनाव लडेको भन्दै अहिलेसम्म एक पटक सुर्य चिन्हमा लडेको मान्छेलाई समेत यो चिन्ह चाहिनु आश्चर्य रहेको बताउनुभयो ।