माघ १० हुम्ला । अदानचुली गाउँपालिकाको थलोहाल्ना मोडमा भएको निर्मम् कुटपिटको घटनाको बिषयलाई लिएर अदानचुली गाउँपालिकाले आज एक प्रेष बिज्ञप्ती जारी गरेको छ ।
माघ ४ गतेका दिन अदानचुली गाउँपलिकाका वडा अध्यक्ष माथि भएको कुटपिटमा आफु संलग्न नरहेको भन्दै उल्टै गाउँपालिकाको बजेटबाट घाईतेलाई उपचार गर्न लिएको प्रति आपप्ती जनाउँदै प्रेष बिज्ञप्ती जारी भए पछि उक्त घटना र बिज्ञप्तीको खण्डन गर्दै गाउँपालिकाका अध्यक्ष दल फडेरा द्धारा हस्ताक्षरीत बिज्ञप्ती आज प्रकासीत भएको छ ।
उक्त बिज्ञप्तीमा १ नम्बर वडा अध्यक्षको अनुरोधमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्त्रगतको स्थगीत भएको बाटो स्थानीय सरकारको स्वीकृती बिना कुनै प्राबिधिकको लगत स्टमेट र प्राबिधिक अध्ययन बिना मान बहादुर थापाले १ नम्बर वडाका सर्बसाधारण नागरीकलाई धम्क्याई मनोमानी ढङ्गले झुक्यानमा पारी काम गराएको जानकारी पश्चात म लगायत १ नम्बर वडाका वडा अध्यक्ष सदस्य सहित नागरीक समाज,सञ्चारक्रमी र गाउँका अगुवाहरुको टोलीले अनुगमन गर्दै गर्दा भएको उक्त घटना प्रति गम्भीर ध्यानआक्रर्षण भएको उल्लेख गरीएको छ ।
उक्त बिज्ञप्तीमा उल्लेख भए अनुसार अनुगमनको क्रममा तपाईहरुले कसको सल्लाहमा बाटो निमार्ण गर्न लागेका हौ,प्राबिधिक स्टमेट बिना समस्या आउँछ रकम तपाईहरुकै हो तर स्थानीय सरकार र प्राबिधिक स्टमेट बिना काम गर्यौ भने पैसा पाईदैन् भन्दै कामदारहरुसँग परामर्श गर्ने क्रममा त्यहाँ आएका केही साथीहरुसँग वडा अध्यक्षको भनाभन टेलाठेल पछी सुझाई बुझाई गाउँपालिका तिर फर्की सकेको अबस्थामा पटक पटक वडा अध्यक्षलाई धम्क्याई रहेका मान बहादुर थापाले कर्ण रोकाया सुधारलाई फोन गरी डिल बहादुर फडेरा,गोरख थापा सहितको टोली श्रीनगरबाट आई दुबै तिरबाट घेरा हाली बिच भागमा निर्मम कुट पिट गरेको उल्लेख गरीएको छ ।
भ्रटचारीलाई काट्छौ,मार्छौ,यो ठाउँमा बस्न पाउँदैनौ भन्दै ढुंङगामुडा प्रहार गरी लखेटेकाले कोही भाग्न सफल भए त कोहीलाई सख्त खाईते बनाएको कुरा सबैले देखेको उल्लेख गर्दै ८ गते नेपाल कम्युष्टि पाटीको माधब प्रचण्ड समुह द्धारा प्रकासीत प्रेष बिज्ञप्ती झुटको खेती गर्ने उपाय र भ्रमपुर्ण भएको उल्लेख गरीएको छ । ८ गते प्रकासीत बिज्ञप्तीमा गाउँपालिकाको बजेटमा हेलीकप्टर चार्टर गरेको आरोप लगाईएकोमा गाउँपालिका अध्यक्ष द्धारा जारी बिज्ञप्तीमा जसले घटना घटाएको होसैले तिर्ने उल्लेख गरीएको छ । आफुलाई लक्षित गरी जुन कुरा आएको छ त्यो जनताको जनमतले पुष्टि गरेको पनि उल्लेख गरीएको छ ।
जनताले नाङ्गेझार गरेका केही जमातले सडकमा कराउँदैमा केही नहुँने उल्लेख गर्दै भ्रमपुर्ण कपोकल्पीत जती निन्धा र भत्र्सना गरे पनि नपुग्ने उल्लेख गरीएको छ । बिज्ञप्तीको अन्तमा घाईते वडा अध्यक्ष थापाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अपराधी मानसीकता,कुटपिट मानिसलाई मार्ने,अपहरण र हिंसामा रमाउने उदण्डहरुलाई कानुनी दायरामा ल्याई कारबाहीको लागि सम्बन्धीत सरोकारवालासँग जोडदार माग गरीएको उल्लेख गरीएको छ ।
सो दिनको घटनामा परि १ नम्बरका वडा अध्यक्ष सहित मक्क थापा लगायत धेरैलाई ढुंगा प्रहार हुँदा वडा अध्यक्ष थापा अहिलै उपचार गरी रहेका छन् ।