हुम्ला । भर्खरै राष्ट्रिय सडक सञ्जालमा जोडिएको जिल्लाकाने ताँजाकोट गाउँपालिकाको वडा नम्बर ४ को गोठेलबाडासम्म ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ ।
कर्णाली करीडोरसँग जोडीएको गाउँपालिकाको पुरइमा–सिरुपाटा हुँदै ताँजकोट–४ को वडा कार्यालयमा उक्त सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको हो ।
कर्णाली प्रदेश सरकार, ताँजाकोट गाउँपालिका र भौतीक पुर्वाधार बिकास कार्यालयको आर्थिक सहयोगमा उक्त सडक निर्माणको काम भएको गाउँपालिका अध्यक्ष बागदल मल्ले जानकार दिए । अहिलेको निर्वाचित पदाधिकारीको टोलीले २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनताका सबै वडामा सडक बिस्तार गर्ने प्रतिवद्धता अनुसार अहिले वस्तीलाई सडकले जोड्ने काम भएको अध्यक्ष बल्ले दावी गरे ।
‘म सहितको टोली निवार्चीत हुदैं गर्दा कुनै पनि ठाउँमा सडक खन्ने प्रकृया सुरु भएको थिएन’,गाउँपालिका अध्यक्ष मल्ले नेपालबोटसँग भने, ‘कर्णाली करिडोरको सडक निर्माणको काम शुरु भएकै समयमा मैले निकै मेहनताका साथ गाउँपालिकाका चारवटा वडालाई सडक सञ्जालमा जोड्ने महत्वपूर्ण काम सम्पन्न भएको छ ।’ बाँकी रहेको ५ नम्बर वडालाई निकट भविष्यमै डक पुर्याइने दावी प्रतिवद्धता अध्यक्ष मल्लको छ ।
हुम्ला र बाजुर ाजिल्लाको सिमानामा पर्ने कवाडी खोला हुदैं गाउँपालिकाको केन्द्र छप्रेलाबाट रामासम्म सडक पुगी सकेको बताएका मल्लले ३ नम्बर वडाको रामा गाउँमा डोजर लगाएर सडक खन्ने काम भैरहेको वडा नम्बर ४ का वडा अध्यक्ष धनलाल जैसीले बताए । उनले भने, ‘अब ५ नम्बर मात्र सडक जोड्न बाँकी छ, त्यही पनि केही समयमा जोडने काम हुदैंछ ।’
वस्तीमा सडक पुगेपछि गाउँका स्थानीय खुशी भएका छन् । कवाडी देखी वडा नम्बर ३ को बाईगाउँ खोला सम्म १७ किलोमिटर र पैमा खोला देखी वडा नम्बर ४ को गोडालबाडा सम्म ११ किलोमीटर सडकको ट्र्याक खन्ने काम सकिएको गाउँपालिकाले जनाएको छ । पैमादेखी सिरुपाटा हुदैं गल्लाबाडा सम्म र कवाडी खोला देखी गाउँपालिकाको केन्द्र छप्रेला सम्म निरन्तर रुपमा सवारी साधन सञ्चालनमा आएका छन् ।
गाउँपालिकाले खनेको २८ किलोमिटर सडक निर्माणको लागि कर्णाली प्रदेश सरकारको १ करोड ७५ लाख, गाउँपालिकाको बवभिन्न शिर्षकबाट २ करोड ८३ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद बवकास कोष) को ५० लाख र १२ लाख ५० हजार कामका लागि खाद्यन्नको गरेर कूल ५ करोड २० लाख ५० हजारको लगातमा सबै सडक निर्माणको काम भएको कार्यवहाक अध्यक्ष समेत रहेको वडा नम्बर ४ का वडा अध्यक्ष जैसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले फेरी २५ लाखको टेण्डर गरिसकेको छ । जसले दुबै सडकबाट २ वटा डोजरले सडक खनेर चालुआर्थिक वर्षभित्र ५ नम्बर वडा कार्यालयमा सडक जोड्ने काम सम्पन्न गरिनेछ ।