सिमकोट । जिल्ला बाहिरबाट आवागमन हुने पर्यटकका लागि हुम्लाको नाम्खा गाउँपालिका वार्ड नम्वर ६ को लिमी लाप्चा उपयुक्त रहेको पाइएको छ ।
विभिन्न देश विदेशबाट पर्यटकीय स्थलको रुपमा हुम्ला हुँदै मानसरोवर कविलास दर्शन गर्न आउने गरेका पर्यटकहरुलाई हुम्लाको लिमी लाप्चाबाट अति उपयुक्त हुने देखिएको छ । कोभिड–१९ का कारण आ–आफ्नै देशमा थन्कीएका पर्यटकहरु फागुन २६ गतेबाट हुम्ला भित्रिएका छन् ।
नाम्खा गाउँपालिका वार्ड नम्वर ६ को लिमी लाप्चाबाटै पर्यटकीय टोलिद्धारा फाुगन २७ गतेका दिन मानसरोवर कविलासको दर्शन गरेको छ । सो टोलिमा सात जना इन्डियन र सिता एयरका चियर म्यान लगायत एमडी समेत रहेका थिए ।
माउण्टेन हेलिकप्टर र सिता एयरको समन्वय तथा साझेदारीमा हुम्लाको पर्यटकीय क्षेत्रको विश्लेषण सिता एयर सिमकोट स्टेसनका सहायक मेनेजर सुर्य लामाले बताए । टोलि काठमाण्डौँ हुँदै हुम्ला आई पुगेको थियो ।
हुम्लाको लिमि लाप्चा पर्यटकीय स्थलको उद्गमशिल क्षेत्र रहेकोले मनसरोवर कविलाशको दर्शन गर्ने र विगत डेड वर्षदेखि हुम्लामा पर्यटकहरुको आवागमन नभएपछि त्यसको प्रमिसन यात्राको सम्भावना कत्तिको छ भन्ने उदेश्यकासाथ सो टोलि हुम्ला पुगेको हो ।
गत डेड वर्षदेखि हुम्ला हुँदै मानसरोवर कविलाश जाने गरेका पर्यटकहरु कोभिड–१९ का कारण रोकिए पनि पुनः नियमित हुन सक्ने भएको छ । पर्यटकहरु लिमि लाप्चासम्म पुगेर पर्यटकिय क्षेत्रको अनुगमन गरि फिर्ता भएको विमान स्थलका प्रमुख मोहन गिरीले बताए । हुम्ला पुगेको टोलिले सुरक्षा निकायको अनुमति पत्र समेत लिएको थियो । देश भरि नै मनाउँदै आएको पर्वका रुपमा रहेको शिवरात्रीको अवसर पार्दै प्रमिसन यात्राका लागि सो टोलिद्धारा मानसरोवर कविलाश दर्शन गरेको हो ।
दर्शनको यात्रा भने सुखमय भएको सो टोलिले जानकारी गराएको छ । दर्शनका लागि हुम्ला पुगेको टोलिले टुरीजम तथा दर्शनका लागि फलदायीक र उत्तम रहेको जनाएको छ ।