काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७र७८ का लागि गहुँको न्यूनतम मूल्य तोकेको छ ।
मन्त्रालयमा आज आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले गहुँको मूल्य प्रति क्वीटल ३ हजार १ सय ११ रुपैयाँ तोकेको जानकारी दिए ।
यस्तै सरकारले होटल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका उद्योग मध्ये नियमित नवीकरण गरी कर विवरण पेश गरेका होटल तथा रेष्टुरेण्टलाई गत २०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म शतप्रतिशत छुट र २०७७ असोज १ गतेदेखि २०७७ माघ मसान्तसम्म ५० प्रतिशत छुट दिने निर्णय गरेको जानकारी दिए ।
जापान सरकारले उपलब्ध गराउने १ अर्ब ८ करोड रुपैयाँ बराबरको नसर्ने रोगको निदान र उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण वस्तुगत अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई नायव महान्यायाधिवक्तामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । साथै सहसचिव तोयानाथ अधिकारीलाई सचिवमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल तामाङलाई नियुक्त गर्नुका साथै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको अध्यक्षमा विनोदकुमार जोशीलाई नियुक्त गरिएको जानकारी मन्त्री गुरुङले दिए ।
२०७७ साल चैत्र ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू,
नेपाल न्याय सेवा, राजपत्राङ्कित प्रथम श्रेणीका सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराईलाई नायव महान्यायाधिवक्ताको पदमा बढुवा नियुक्त गरी महान्यायाधिवक्ताको कार्यालयको नायव महान्यायाधिवक्ता पदमा पदस्थापन गर्ने।
मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिकास्थित नेपाल ट्रष्टको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशलाई लिजमा दिन स्वीकृति दिने।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको अध्यक्ष पदमा अमरगढी नगरपालिका ९८ डडेलधुराका श्री विनोदकुमार जोशीलाई नियुक्ति गर्ने।
नेपाल र बङ्गलादेशबीच हुने Designation of Rohanpur-Singhabad railway route as an additional transit route for movement of traffic-in-transit between Nepal and Bangladesh and also for third country transit-trade (Amendment to Nepal-Bangladesh Transit Agreement) LoE स्वीकृत गर्ने र उक्त LoE मा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री दिनेश भट्टराईलाई अख्तियारी प्रदान गर्ने।
नेपाल र बङ्गलादेश बीच हुनेस् नेपाल र बङ्गलादेश बीच हुने ःMemorandum of Understanding on Strengthening Sanitary and Phytosanitary Cooperation मस्यौदा स्वीकृत गरी उक्त MoUमा नेपालको तर्फबाट हस्ताक्षर गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) श्री दिनेश भट्टराईलाई अख्तियारी प्रदान गर्ने।
नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीका सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री उदयराज सापकोटालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गर्ने।
नेपाल न्याय सेवा, कानुन समूह, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव तोयानाथ अधिकारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्त गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने।
तत्कालीन पञ्चायती शासन व्यवस्था विरोधी आन्दोलनमा सहभागी भएको कारण सरकार पक्षबाट हत्या भएका झापा जिल्ला विर्तामोड न.पा ९९ का स्व. चन्द्र डाँगी र बुद्धशान्ति गा.पा.९१ का स्व. रामप्रसाद प्रधानलाई शहीद घोषणा गर्ने।
नेपाली सेनाका प्राविधिक महासेनानी डा. सरीता के.सी.लाई प्राविधिक सहायक रथीमा र प्राविधिक प्रमुख सेनानी डा। मुन थापालाई प्राविधिक महासेनानीमा बढुवा गरी पदस्थापन गर्ने।
नेपाल सरकार र बंगलादेश सरकारबीच हुने Designation of Rohanpur-Singhabad railway route as an additional transit route for movement of traffic-in-transit between Nepal and Bangladesh and also for third country transit-trade (Amendment to Nepal-Bangladesh Transit Agreement) LoE समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने।
नेपाल सरकार र बंगलादेश सरकारबीच Memorandum of Understanding on Strengthening Sanitary and Phytosanitary Cooperation या तजभ एभयउभि’क च्भउगदष्अि या द्यबलनबिमभकज ायच तजभ थ्भबच द्दण्द्दद्द( द्दण्द्दछ मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने ।
नेपाल टेलिभिजनको महाप्रबन्धक पदमा श्री फूलमान बल तामाङ लाई नियुक्ति गर्ने।
संवत् २०७७ साल चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
२०७७ चैत १० देखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने दिगो विकाससम्बन्धी आठौं एसिया९प्रशान्त मञ्च विषयक भर्चुअल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। पुष्पराज कँडेल नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल मनोनयन गर्ने।
२०७८ वैशाख १४ देखि १६ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घ एशिया प्रशान्त आर्थिक सामाजिक परिषद् (UNESCAP) को ७७ औं सेशनमा नेपालको तर्फबाट भर्चुअल रूपमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। पुष्पराज कँडेल नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल मनोनयन गर्ने।
जापान सरकारले उपलब्ध गराउने करिव १ अर्ब ८ करोड रुपैयाँ बरावरको नसर्ने रोगको निदान र उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण वस्तुगत अनुदान सहायता स्वीकार गर्ने।
श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज‚ शिवपुरीमा सञ्चालन भइरहेको कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी तथा शिक्षकहरूलाई मिति २०७७।११।२९ गतेदेखि मिति २०७७।११।२९ गतेसम्म बंगलादेशमा गराइने शैक्षिक अध्ययन भ्रमण कार्यक्रमको टोली प्रमुखको रुपमा नेतृत्व गर्न नेपाली सेनाका उपरथी श्री हिरालाल जोशीलाई मनोनयन गर्ने।
नेपाली सेनाका पाइलट महासेनानी राम सुन्दर बोहरालाई पाइलट सहायक रथी दर्जामा बढुवा गरी पदस्थापन तथा पाइलट सहायक रथी आशिश नरसिंह राणाको सरुवा गर्ने।
महाकाली लोकमार्ग, दार्चुला (टिंकर सडकको निर्माण तथा स्तरोन्नति गर्न कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला अन्तर्गत परेका विभिन्न सामुदायिक वनहरूको २५३।३६ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिइ त्यहाँ रहेका १९०६६ रुखपोलहरू हटाउन समेत स्वीकृति दिने।
नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, अधिकृतस्तर दशौं तहका श्री नवीन गिरीलाई नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा।प।प्रथम (प्रा. श्रेणीको सह सचिव वा सो सरहको पदमा बढुवा नियुक्ति गरी वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ढुङ्गा, गिट्टी, वालुवा जस्ता साधारण निर्माणमुखी वस्तुहरूको उत्खनन्, सङ्कलन, बिक्री व्यवस्थापन एवम् सोसँग सम्वन्धित विषयहरूको नियमनसम्बन्धी कानूनको मस्यौदा तयार गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने।