चैत्र ८ हुम्ला । ताँजाकोट गाउँपालिकाले ८ सय वटा च्याङ्लर ओखर बितरण गरेको छ । संघिय सरकारको ससर्त अनुदान प्रधानमन्त्री कृषि आधुनीकीकरण पकेट क्षेत्र बिकास कार्यक्रम अन्त्रगतको २१ लाख रकमले दुई वटा पकेट क्षेत्रलाई आठ सय वटा च्यांङ्लर ओखरको बिरुवा बितरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष बागदल मल्लका अनुसार हामीले हरेक वर्ष पकेट क्षेत्र बिकासको लागि पनि बजेट बिनियोजन गरी कृषि क्षेत्रलाई प्रथामीकताका साथ काम गरी रहेका छौ , उनले भने संघ प्रदेस र स्थानीय तहबाट पकेट क्षेत्र बिकासको लागि बजेट बिनियोजन गरेको हुँन्छ त्यसैलाई हामीले ब्यबस्थापन गरी नदोहोरीने गरी सबै कृषकलाई समेट्ने गरी समान तरीकाले पकेट क्षेत्र बिस्तार गरी रहेका छौ ।
यस वर्ष हामीले ससर्त अनुदान तर्फको २१ लाखले बौलाइना कृषक समुह र थापागाउँ कृषि सहकारी संस्थालाई मात्र बितरण गरेका छौ भने बाँकी वडाहरुलाई पालीका र जिल्ला तथा प्रदेश पकेट क्षेत्रमा समाहीत गराउने गरी कार्यक्रम अघि सारीएको कृषि प्राबिधिक शक्ति बुमीले बताए ।
उनले भने वडा नम्बर ३ को थापागाउँ कृषि सहकारी संस्थालाई ४ सय बिरुवा र वडा नम्बर १ बौलाइना कृषक समुहलाई ४ सय वटा बिरुवा बितरण गरेका छौ । २१ लाख बजेटमा १ लाख तालिम तथा मेसीनरी औजारहरु खरीद गर्यौ भने बाँकी २० लाखले आठ सय च्याङ्लर ओखरका बिरुवाहरु खरिद गरेर गाउँपलिका सम्म ढुवानी गरेर बितरण गरेका छौ ।
थापागाउँ कृषि सहकारी संस्थाले धौलाभिर भन्ने ठुलो सामुहीक जग्गामा ४ सय वटा बिरुवा लगाएको छ भने बौलाइना कृषक समुहले पनि बौलाइना भन्ने सामुहीक जग्गामा ४ सय वटा बिरुवा लगाएका छन् यो क्रमागत बजेट भएकाले पछिल्ला वर्षहरुमा पनि यिनै पकेट क्षेत्र बिकास गरी गाउँपालिकाकै नमुना समुह बनाउने समुहका अध्यक्षले बताए ।
यसको सीजन माघ महिनामा भए पनि टर्कीबाट ल्याईने भएकाले एक बिरुवाको नौ सयमा गाउँपालिकामा पुगेको बताउँदै केही ढिला आइ पुगेको स्वाकार गर्नु भयो ।
बुटा दिएकोमा खुसी ब्यक्त गर्दै थापा गाउँ कृषि सहकारी संस्थाका अध्यक्ष सर्पलाल थापाले श्रमीकको ज्याला,सिचाइको लागि पानी र घेरबारको ब्यबस्था गरी दिए अँझै खुसी हुँने बताउँनु भयो । उने भने “हामीले पानीको लागि ब्यक्तिगत पैसा खर्च गरेर २ क्वाइल पाईप खरिद गरेर हाम्रो फारममा पानी पुगाएका छौ आज र भोली गरेर ४ सय बिरुवा लगाएर सक्ने छौ” ।