चैत्र १२ हुम्ला । हुम्लाको सलिसल्लामा बाजा गाजा सहित स्वागत गरेको मिनि बस सञ्चालनमा समस्या भएको छ ।
हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ४ का दन्त बहादुर शाहीले गत महिनाको १८ गते अदानचुली ताँजाकोट लगायतका नागरीकहरुलाई ल्याएर सुर्खेत हुँदै २० गते बाजुराको कोल्टीमा पुगेको हो ।
यस भन्दा अघि हुम्ला र बाजुरामा बोलेरो जिपहरु चल्ने भए पनि उक्त क्षेत्रमा पहिलो पटक ३० सिट भएको यात्रुबस पुग्दा गाउँ गाउँमा खुसीयाली सँगै फुलमाला र अबिर जात्रा समेत गरे तर उक्त जात्रा बोलेरो जिपहरुको सिन्डीकेटले तोडी दिएको छ ।
मंसिर महिनाको २७ गते तिर हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संघिय संसद छक्कबहादुर लामा सहित जिल्लाका उच्च पदस्थको टोलीले अनुगमन गरे पछि बिधिवत रुपमा बाजुराको धुलाचौर देखी हुम्ला सर्केगाडको बालुकुना सम्म सडक सञ्चालन गर्ने निर्णय गरे सँगै त्यसको ठिक ३० दिन पछि पौष २८ गते सार्वजनीक यातायात ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीबी गिरिको अध्यक्षतामा धुलाचौरमा बसेको बैठकले यात्रु बाहक जिप १२ वटा र मालबाहक मझौला ट्रक ४ वटा सञ्चालन गर्ने निर्णय गर्यो तर ठुला बसहरु सञ्चालन गर्ने नगर्ने निर्णय भने गरेको थिएन ।
त्यो सँगै धुलाचौरबाट ताँजाकोट,अदानचुली बालुकुना सम्मको लागि बाजुराका यातायात प्रालीहरुले १२ वटा जिपहरु सञ्चालन गर्न थाले । त्यहाँ जुन अगाडी पुग्यो उहि जिपको नम्बर लाग्ने गरे पछि जिपहरु धेरै यात्रुहरु थोरै हुँदा जिपहरु धुलाचौरमै १।२ दिन बस्न थाले ।
यात्रुहरु नपाएर जिपहरु त बसि रहेको अबस्थामा ३० सिट भएको यात्रुबाहक बस आउँदा जिप मालीकहरुले उक्त बसलाई पनि हामीहरुकै नम्बरकै आधारमा हिड्नु पर्ने नभए चल्न नदिने भन्दै धेरै दिन चल्न दिएनन् । उता बस मालिक दन्तबहादुर शाहीले भने यात्रु भए पनि नभए पनि आफु दिनहू हिडी रहने भन्न थाले बस दिनहू चल्न थाले पछि ति जिपहरुले यात्रुनै नपाउँने भए पनि जिप मालिकहरु मर्कामा पर्न थाले त्यस पछि बसलाई ठप्प गर्ने निर्णय गरे त्य भन्दा पछि बसलाई चल्न दिएनन् यदी चल्नेहो भने हामीहरुको जस्तै नम्बरको आधारमा चल्नु पर्ने भन्दै ठप्प गरे ।
यता धुलाचौरमा ४ वटा यातायात प्रालीहरु सञ्चालनमा भए पनि उनिहरुले प्रतिस्प्रधाका आधारमा नभई मिलेर एक पछि अर्को जिप छुट्ने रुटिङ् अनुसार चल्न थाले पछि यात्रुहरुले समेत सास्ती खेप्नु पर्ने बाध्यता छ जिपहरु धेरै छन् एक बस पनि सञ्चालनमा छ तर पनि कोल्टीबाट आएका नागरीकहरु बाध्य भएर धोलाचौरमा एक।२ दिन बस्नै पर्ने बाध्यता रहेको छ ।
उक्त बसलाई धुलाचौर चल्न नदिने भए पनि बस दिनहरु घाटामा गैरहेको छ केहि दिन अघि मात्र नेपाली सेनाले बालुकुना देखी सलीसल्ला सम्मको सडकको ट्रयाक खोले पछि उक्त ३० सिट भएको यात्रुबाहक बस नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोरको अन्तीम पोइन्ट सलीसल्लामा पुगे पछि त्यहाँ स्थानीय नागरीकहरुले बाजागाजा सहित स्वागत गरेका छन् ।
कर्णाली प्रदेश ००६ ख ०४०२ को बस चंखेली गाउँपालीका ४ का दन्त बहादुर शाहीले आफ्नै जन्म स्थानमा यात्रुबाहक बस पुगाए पनि बस सञ्चालनमा समस्या भएको सञ्चालक शाहीले गुनासो गरे ।