युवराज भण्डारी
चैत्र १७ हुम्ला । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले पहिलो पटक अदानचुलीमा अदानचुली गाउँपालिकामा खुल्ला आमसभा गरेको छ ।
नेपाल सरकारबाट करीब २ वर्ष प्रतिबन्दीत रहेको उक्त पाटीले आन्तरीक रुपमा कार्यक्रम गर्दै आएता पनि गएको फागुनमा नेपाल सरकारर र विप्लव नेतृत्वको पाटीले ३ बुँदे सहमती भए पश्चात खुल्ला रुपमा कार्यक्रम गर्ने बाटो खुले पछिको पहिलो कार्यक्रम सम्पन्न गरेको उक्त पाटीले जनाएको छ ।
हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने,,थुनामा रहेका नेता–कार्यकर्ता रिहाइ तथा उनीहरूमाथि लागेका ‘राजनीतिक मुद्दा’ फिर्ता गर्न सरकार सहमत भएपछि मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको थीयो ।
हुम्ला जिल्लाका जनसरकार प्रमुख भनिने विश्वदीपले सँविधान बनाउनेहरुले कार्यान्वयन नगरेको आरोप लगाउदै टाट पल्टाउने हो भने कुनै न कुनै दिन उनिहरुको हिसाब किताब जनताले गर्ने बताउनु भयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुगु जिल्लाका जनसरकार भनिने अडीकले भने जनताको पक्षमा काम गर्नु भन्दा पनि सत्तामा रहेका कम्युनिष्टहरुलआफु र आफ्नो घरपरिवारलाई हेर्ने तिर केन्द्रीत रहेको आरोप लगाउनु भयो ।
उक्त पार्टी मुगुका जिल्ला सेक्रेटरी भनिने आकर्षणले भने “पुजीवाल लाई पुजी कसरी बढाउने भन्ने तिर चीन्ता रहेको छ भने यता गरीब पिडत नागरीकहरुलाई कसरी बिहान बेलुका हातमुख जोड्ने होला भन्ने चिन्ता छ त्यसैले पनि हाम्रो जस्तो देशमा समाजवाद आबश्यक रहेको बताउनु भयो,उनले भने माओबादीले जित्यो भनेर हामी लाग्यौ तर त्यसो भएन अन्ततः बिदेशीले जितेको रहेछ । त्यसैले हामी बैज्ञानीक समाजबाद ल्याउनको लागि हिडेको बताए ।
भेरी कर्णाली ब्युरो सदस्य भनेर चिनिने समाजले हाम्रो पाटी कसै सँग गाभिन र संसदीय ब्यबस्थामा सामेल हुँन होइन,संसदीय ब्यबस्थालाई अन्त गरी बैज्ञानीक समाजबादको स्थापना गर्न खुला राजपिनतिमा आएको बताउँनु भयो ।