काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निलम्बित नेता माधवकुमार नेपालको प्रस्ताव सुनेर झस्किनु भएको छ ।
होटल मेरियटमा आज भएको बार्तामा नेता नेपालले पुस ५ गतेपछि आफूलाई सघाउने तात्कालिन माओवादी र एमालेका नेताहरुलाई हटाउनु पर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओली झस्कनु भएको हो ।
प्रतिनिधिसभा बिघटनपछि प्रचण्डतिर लाग्नुभएका नेता नेपाल सर्वाेच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि एमालेमै सांसद पद जोगाउन फर्किएको घोषणा गर्नुभएको थियो । त्यसबेला तात्कालिन माओवादीका नेता रामबहादुर थापा, बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलगायतका नेताहरु ओलीकै नेतृत्वमा परिवर्तन संभव भएको निश्कर्षसहित सांसद पद त्यागेर एमालेमै रहने घोषणा गर्नुभयो । एमालेमै रहने उहाँहरुको घोषणाका कारण अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक राखेर बादलसहितका नेताहरुलाइृ एमाले केन्द्रीय कमिटीमा सहभागी गराउनु भयो ।
आजको बार्तामा नेता नेपालले बादलसहितका नेताहरुलाई केन्द्रीय कमिटीबाट हटाएर बैठक बोलाउनु पर्ने प्रस्ताव राखेपछि ओली झस्कनु भएको हो । नेपालको यो प्रस्तावलाई अध्यक्ष ओलीले ‘प्रचण्डले दिएको निर्देशनको पालना’को रुपमा लिनुभएको छ । अध्यक्ष ओलीसमक्ष प्रचण्डले बादलहरुलाई जसरी पनि माओवादीमै फिर्ता पठाउनु भन्ने निर्देशन माधव समुहलाई दिएको सूचना त्यसबेलै पुगिसकेको छ । आजको छलफलमा नेपालले प्रचण्डको निर्देशनअनुसारकै प्रस्ताव राखेपछि अध्यक्ष ओलीले असंभव भन्ने जवाफ फर्काउनु भएको स्रोतले बतायो ।
आजको छलफलमा नेता नेपालले शुक्रबार आयोजित दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक रोक्न र २०७५ जेठ २ अघिको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने सर्त राख्नुभएको थियो । सो सर्तलाई अध्यक्ष ओलीले ठाडै अस्वीकार गर्नुभएको छ । त्यस्तै २०७७ चैत २८ गते र त्यसयताका सबै निर्णय खारेज हुनुपर्ने सर्त पनि ओलीले अस्वीकार गर्नुभएको छ । माधव नेपालले पूर्वमाओवादी नेतालाई अपमान गरेर माओवादीमै पठाउने योजनासहित राखेको सर्त स्वीकार गर्दा रामबहादुर थापा बादलसहित माओवादीमा नफर्की आफूसँग रहेका नेताहरू पार्टीविहीन हुने भन्दै ओलीले कुनै पनि हालतमा त्यो शर्त मान्न नसकिने जवाफ दिनुभएको हो ।
‘यो हुनै नसक्ने कुरा नगर्नाेस, यो त प्रचण्डको कुरा भयो,’ नेपाललाई अध्यक्ष ओलीले दिनुभएको जवाफ उधृत गर्दै एमाले स्थायी कमिटीका एक सदस्यले जनताटाइम्ससँग भने । उनका अनुसार अध्यक्ष ओलीले प्रचण्डको कुरा लिएर एमालेमा हुडल्ने कोशिष नगर्न र आफ्नो लचकतालाई कमजोरी नठान्न भन्दै आफूमाथि प्रचण्ड र माधव मिलेर गरेको ज्याद्धतीको स्मरण गर्नुभएको छ । नेता नेपालले नेकपा एकीकरणताका थपिएका केन्द्रीय सदस्यसमेत हटाउन २०७५ जेठ २ मा फर्कने सर्त राख्नुभएको हो । यस्तै नेता नेपालले राख्नुभएको एमालेका २०७५ जेठ २ अघिका जिल्ला अध्यक्षहरूलाई नै पुनर्वहाली गर्नुपर्ने सर्त पनि अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको छ ।
एमाले बनाउनेलाई कार्वाही, प्रचण्डको आदेशपालक बनेर बिगार्नेहरुलाई पुरस्कार दिन सकिन्न भन्दै अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको ती सदस्इले बताए । ‘
पुस ७ गते मलाई नेकपा अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइसकेपछि बनेका जिल्ला नेतृत्वहरू नै अहिलेको एमालेका शक्ति भएकाले तीनिहरुलाई तलमाथि गर्न सकिन्न,’ नेपाललाई ओलीको जवाफ थियो । अध्यक्ष ओलीले हिजो एमालेकालका अध्यक्षहरूलाई माथिल्ला कमिटीमा व्यवस्थापन गर्न सकिने तर अहिले चलिरहेका नेतृत्वलाई हटाएर पुरानालाई पुनःस्थापित गर्न नसक्ने बटमलाइन सुनाउनु भएको हो । अध्यक्ष ओलीले नेकपा एकीकरणका क्रममा समेटिएका एमाले र माओवादी दुवैतर्फका केन्द्रीय सदस्य यथावत रहने प्रष्ट जानकारी पनि गराउनु भएको छ ।
यसैगरी ओलीले बिगतको कमजोरी महसुस गरी बिनासर्त एमालेमा समाहित हुँदा हिजोका पदहरू यथावत रहने र तत्कालीन एमालेको जिल्ला अध्यक्ष लगायतका जिम्मेवारीमा रहेका तर यसबीचमा प्रचण्ड माधव पक्षमा लागेपछि नयाँ अध्यक्ष चयन भएकाले ती व्यक्तिलाई अरु कमिटीमा बढुवा गर्ने प्रस्तावमा सहमति जनाउनु भएको छ । ओलीले माधव नेपालसँग आफूलाई पार्टीको साधारण सदस्यसमेतबाट हटाएर पार्टीविहीन बनाउन खोजेको चोट भुल्न नसके पनि एकताका लागि सकेसम्म हदैसम्म लचिलो बन्न तयार रहेको जानकारी पनि गराउनु भएको छ ।