काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भित्र नयाँ रडाको शुरु भएको छ ।
पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जसरी पनि ढाल्ने धाउन्यमा लागेको वरिष्ठ नेता माधवकुमार नेपाल समुह भित्र विश्वाशको मत दिने सम्बन्धमा गम्भीर मतभेद देखिएको छ ।
शनिबार वेलुका देखि नैं सांसद पदबाट सामुहिक राजीनामा दिने विषयले पक्षभित्र प्रवेश पाएपछि खनाल–नेपाल पक्षका स्थायी कमिटीका नेताहरू नै दुक्ष्ईभागमा विभाजित भएका छन् ।
केही नेताहरुलाई लिएर पार्टीलाईविभाजनको अन्तिम अवस्थामा पु¥याएको नेपाल समुह यसले थप अप्ठ्यारोमा परेको छ ।
खनाल–नेपाल पक्षका प्रभावशाली नेता घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरुले नेपालले अघि सारेको राजीनामाको विपक्षमा उभिएपछि वरिष्ठ नेता नेपाल अप्ठ्यारोमा परेका हुन् ।
नेपाल पक्षका सांसदहरूको केही समय अघि सिंहदरबारमा सकिएको बैठकमा पनि घनश्याम योगेश पक्षले राजीनामा दिन नहुने बताएको थियो । केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि खनाल–नेपाल पक्षलाई राजीनामा दिने निणय गर्न निकै सकस भएको स्रोतले बतायो । अध्यक्ष व्यक्ति प्रति असहमती हुनसक्छ तर त्यसो भन्दैमा पार्टी नैं छोड्ने कुराले हामी कहाँ पुग्छौं, बैठकमा नेताहरुले नेपालसमक्ष भनेका थिए, ‘अँझै ओलीसँग संवाद र छलपलको विषय अघि बढाउ तर राजीनामै दिने विषयमा सोचौं ।’
प्रभावशाली नेताहरुको उक्त भनाई पश्चात सामुहीक राजीनामाको पक्षमा नेता नेपाल हच्किएका थिए । त्यसपछि सांसदहरुको बैठकले आज हुने प्रतिनिधिसभा बैठकमा सहभागि नहुने भन्दै टुंगिएको बताइएको छ ।
सांसद बैठक सकिए लगत्तै घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरु छुट्टै बैठकमा बसेको बताइएको छ ।