काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको चर्को बिरोधमा लागेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले फेरि मध्यावधिमा जान खोजेको त होइन भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।’
विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा सोमबार भएको छलफलमा भाग लिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक झगडाका कारण प्रधानमन्त्रीले संसद भंग गरेको आरोप लगाए ।
संसद भंग गरेर प्रधानमन्त्रीले सांसदहरुलाई जबरजस्ती मर्यौं भनेको भन्दै उनले अघि भने, ‘तपाईले विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीजी ?’
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीले स्वीकार गर्नुभयो होला भन्ने लागेको भएपनि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा फैसला मान्न तयार नभएको प्रष्ट पारेको उनले बताए । प्रचण्डले अघि भने, ‘आज यदि तपाईले विश्वासको मत प्राप्त हुँदैन । त्यसपछि संविधानको अर्को धारामा जान्छु र सदनलाई फेरि विघटन गर्न र मध्यावधिमा जान आउनु भएको त होइन रु’
यदि विश्वासको मत लिन चाहेको भए सर्वोच्चले एमाले र माओवादी अलग अलग हुने फैसला गरेपछि नै प्रधानमन्त्री संसदमा आउनुपर्ने उनले बताए । संविधानको धारा ७६(१) बाट (२) को प्रधानमन्त्री भएपछि प्रधानमन्त्री ओलीले त्यतिबेलै विश्वासको मत लिनुको साटो समर्थन किन फिर्ता नलिएको भनेर प्रश्न गरिरहेको प्रचण्डले बताए ।
नीति तथा कार्यक्रम र बजेटका लागि नियमित अधिवेशन बोलाउनुपर्ने बेला विश्वासको मत लिन विशेष अधिवेशन बोलाउनु पनि सन्देहात्मक भएको उनले बताए । प्रचण्डले अघि भने, ‘नियमित अधिवेशन बोलाएर त्यसमै विश्वासको मत लिए हुन्त्यो तपाईंले यो सब छल्न यो (विशेष अधिवेशन) बोलाएको त होइन ?’