काठमाडौं । आप्mनै पार्टीको सरकार गिराउन विश्वाशको मत दिने समयमा संसद बैठकमा अनुपस्थित नेकपा एमाले नेता माधव नेपाल पक्षलाई कांग्रेस सभापतिले उपनिर्वाचनमा जिताउने ललिपप बाँढ्न शुरु गरेका छन् ।
नेपाल पक्षिय सांसदले प्रतिनिधिसभा सदस्यबाट राजीनामा नदिएसम्म आप्mना सत्ता सपना तत्काल पुरा नहुने भएपछि कांग्रेस सभापति देउवाले नेपाललाई भेटेर तत्काल साँसद पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
सभापति शेरबहादुर देउवालाई गठनबन्धन सरकारको प्रधानमन्त्री बनाउन सक्रिय उनि निकट नेताहरूले एमालेको माधव नेपाल पक्षका नेताहरुसँग यस्तो प्रस्ताव गरेका हुन् ।
केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भवना रोक्न माधव पक्षका सांसदहरू राजीनामा दिन तयार छन् यद्यपि संख्या यकिन भइसकेको छैन । कांग्रेसले माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदहरूले राजीनामा दिने अपेक्षा गरेको छ । संसदको अंकगणितमा माओवादी केन्द्र र जसपा (उपेन्द्र पक्ष) को समर्थन पाइसकेको कांग्रेसले माधव पक्षका सांसदहरुले राजीनामा दिए बहुमत पुग्ने निष्कर्ष निकालेको छ ।
‘महन्थ ठाकुरहरूले समर्थन नगरेको अवस्थामा पनि विकल्प छ । माधव पक्षले सहयोग गर्यो भने बहुमत पुग्ने देखिन्छ । त्यसका लागि माधव पक्षलाई मनाउने प्रयास छ’, कांग्रेसबाट वार्तामा सहभागी एक नेताले भने । ती नेताका अनुसार माधव नेपाल र भीम रावलले जति सांसदले राजीनामा दिँदा ओलीको सम्भावना टर्छ त्यति जनाको राजीनामा गराउने वचन दिएका छन् ।
कांग्रेस सभापति देउवाले मंगलबार बेलुकी नेपाल र रावलसँग निवासमै छलफल गरेका थिए । सोही छलफलमा सभापति देउवाले आफूलाई सहयोग गर्ने एमाले सांसदहरुलाई उपनिर्वाचनमा सहयोग गर्ने वचन दिएका हुन् । ‘योबेला सांसदबाट राजीनामा दिनेहरूलाई उपनिर्वाचनमा सहयोग गरेर पुनः संसदमा ल्याउने प्रस्ताव पनि भएको छ । अब हेरौं नतिजा के हुन्छ’, कांग्रेस स्रोतले भन्यो ।
सामूहिक राजीनामा दिने विषयमा माधव पक्षमै सहमति जुटिसकेको छैन । अधिकांश सांसदले पद र पार्टी दुवै त्यागेर राजनीतिक कसरी जोगाउने रु भनी प्रश्न गर्दै आएका छन् । यहीकारण उपनिर्वाचनमा एमालेको ओलीपक्षका उम्मेदवारविरुद्ध कांग्रेस र माओवादीले माधव पक्षका उम्मेदवारलाई सहयोग गर्ने गरी सहमति जुटाउन खोजिएको हो । रिक्त रहने सांसद पदमा ६ महिनाभित्र उपनिर्वाचन हुने संवैधानिक प्रावधान रहेको छ ।