सिमकोट । बढ्दो कोरोना संक्रमणलाई थप फैलन नदिन जारी निषेधाज्ञको अवसरलाईछोपेर जिल्लाका विभिन्न जंगलमा काठ, जडिवुटीको चोरी निकासी र वन्यजन्तुको चोरी शिकारी बढेको छ ।
जिल्लामा कोरोना संक्रमण पुष्टि भएपछि गएको वैशाख २२ गतेमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञको समयमा जिल्लाका विभिन्न सामुदायक वन र सरकारी वनमा चोरी निकासीका घटना घटेको बताइएको छ ।
निषेधाज्ञको समयमा सुरक्षा निकाय र जिल्लाका नियमनकारी निकायका प्रतिनिधिको गाउँमा अनुगमन जान नसक्ने भएकाले स्थानीय स्तरमा मनपरी ढंगबाट वन र वन्यजन्तुको चोरी शिकारी बढेको खार्पुनाथ गाउँपालिका–४ नल्नाका टेकबहादुर शाहीले जानकारी दिए ।
‘निषेधाज्ञको मौका पारेर खार्पुनाथको पानीमुल सामुदायिक वनमा काठमो चोरी निकाशी घटनामा अत्याधिक वृद्धी भएको छ’, उनले भने, ‘बिनापूर्जि जंगलको काठ काट्ने, जडिवुटी निकाल्ने र जंगलबाट आलो तथा सुको काठ घरमा ल्याएर थन्क्याउने काम भैरको छ ।’ वनको काठको तचोरी निकासीमा स्थानीय जनप्रतिनिधिपनि संलग्न भएको आरोप लगाएका शाहीले निषेधाज्ञाको मौका छोपेर खार्पुनाथ गाउँपालिका भित्रका स्थानीय वासीन्दाले लुकिछिपी आलो काठ काट्ने, दाउरा चोरेर सिमकोट लगायतका क्षेत्रमा निकासी गर्ने, बन फडानी गर्ने गरेको बताए ।
खार्पुनाथ–५ दुर्पाका एक स्थानीयका अनुसार निषेधाज्ञको अवसरमा लुड्प्या लगायतका क्षेत्रको जंगलमा समेत काष्ठजन्य तथा गैरकाष्ठजन्य वस्तुको चोरी निकासीका घटना बढेको जानकारी दिए ।
निषेधाज्ञको मौकालाई छोपेर चंखेली गाउँपालिकाको नेप्का, बोहोराबाडाका जंगलमा वन्यजन्तुको शिकारी गर्ने, काठ निकाल्ने काम भएको चंखेली गाउँपालिका–५ का एक स्थानीयले जानकारी दिए । आप्mनो नाम उल्लेख नगर्न आग्रह गरेका शाही थरका ती स्थानीयका अनुशार निषेधाको अवसरमा स्थानीय स्तरमा भएका प्रहरी चौकीका सुरक्षाकर्मीको समेत गाउँ आवतजावतमा कमी आएपछि खुलेआम काठ तथा वन्यजन्तुको चोरी निकासीका घटना बढेका छन् । त्यस्तै जिल्लाको दक्षिण भेगको अदानचुलीका वनमा मृगको शिकारी गर्ने क्रम बढेको छ भने ताँजकोट गाउँपालिका–३ को मासपुरमा समेत वन्यन्तुको शिकारी बढेको बताइएको छ ।
अनुगमन पश्चात स्टेप लिन्छौं–वन अधिकृत न्यौपाने
जिल्लाका सामुदायिक वन तथा सरकारी वनहरुमा बढ्दै गएका चोरी निकाशीका घटनाहरुका बारेमा डिभिजन वन कार्यालय हुम्लाले निषेधाज्ञ पश्चात समग्र वनको अनुगमन गरेर मात्रै आवश्यक प्रक्रिया चाल्ने डिभिजन वन कार्यालय हुम्लाले जनाएको छ ।
वन संरक्षण तथा समग्र सबै वन क्षेत्रको रेखदेख गर्ने जिम्मेवारी स्थानीय तहको भएको डिभिजन वन कार्यालय हुम्लाका अधिकृत रेणुका न्यौपानेले जानकारी दिइन् । निषेधाज्ञका कारण जिल्लाबाट नियमनकारी निकाय डिभिजन कार्यालयका प्रतिनिधि गाउँमा जान नपाएका कारण पनि यस्ता घटनामा वृद्धी भएको हुनसक्ने बताएकी वनअधिकृत न्यौपानेले जिल्लाका सबै स्थानीय तहको अनुमगन गरेर त्यसको थप प्रक्रिया चाल्ने जानकारी दिइन् ।
‘वनजङ्गल फडानी हुन दिनका लागि विशेष भूमिका स्थानीय तहको रहेको र जिल्ला डिभिजन वन कार्यालयको पनि समन्वयमा नियन्त्रणमा पहल भई रहेको छ’, उनले भनिन् ‘हाम्रो कार्यालयका सामाजिक परिचालकहरु फिल्डतिर गएका छन्, उनिहरुको रिर्पोट अनुसार स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य गर्दै थप सचेतना मुहलक कार्यक्रम तथा कानूनी पहल चाल्छौं ।’