काठमाडौं । मन्त्री मण्डलमा व्यापक हेरफेर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने तयारी गरेका छन् ।
पार्टीबाट छुट्ने अन्तिम तयारी गरेको खनाल–नेपाल समुहका नेताहरुलाई लक्षित गर्दै मन्त्री नियुक्तीमा ढिलाई गरेका प्रधानमन्त्री ओलीले अबको केहि दिनमै मन्त्रीमण्डललाई पूर्णता दिने तयारी थालेको वालुवाटार स्रोतले जनाएको छ ।
‘पार्टीभित्रको विवादलाई समाधान गर्नपनि मन्त्री मण्डल बिस्तारमा केही ढिलाई भएको हो’ स्रोतले भन्यो, अबको केही दिनमै सरकारलाई पूर्णता दिनेबारेमा छलफल भैरहेको छ ।’
शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा ७ वटा मन्त्रालयहरु खाली छन् । खाली रहेका रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार लगायतका महत्वपूर्ण मन्त्रालय छन् ।
खाली रहेका मन्त्रालयमा पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई समेत समेट्ने प्रधानमन्त्री ओलीको तयारी छ ।
मन्त्री बन्नेको सूचिमा यस्तो चर्चा छ
एमाले उच्च स्रोतका अनुसार खाली रहेका मन्त्रालयमध्ये रक्षा प्रधानमन्त्री ओलीले आफैंसँग राख्ने सम्भावना छ । नेपाली सेनाको समेत तालुकदार मन्त्रालय भएकाले रक्षा अहिलेपनि प्रधानमन्त्री आफैले राख्ने सोच बनाएका छन् ।
रक्षा बाहेकका बाँकी मन्त्रीहरु पार्टी भित्रका कम विवादित र केही नयाँ अनुहारलाई मौका दिने गरेर प्रधानमन्त्री ओलीले तयारी थालेका हुन् । यही साताभित्र सपथ खुवाउने गरेर मन्त्री मण्डललाई पूर्णता दिने तयारी वालुवाटारले गरेको छ ।
प्रधानमन्त्री ओलीले गृह मन्त्रालयमा चुनाव गराउन सक्ने भरपर्दो पात्रको खोजी गरेका छन् । यसक्रममा महेश बस्नेतको नाम चर्चामा आए पनि प्रहरी संगठनले उनलाई नरुचाएपछि खगराज अधिकारी र भर्खरै पदबाट हटाइएका निर्वतमना परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञावलीको नामपनि चर्चामा छ । पार्टी भित्र र बाहिर कमी अलिक कम विवादमा आउने भएकाले पनि ज्ञावली वालुवाटारको रोजाईमा पर्न सक्ने एक पक्षको दावी छ ।
तथापि बस्नेतले भने पार्टीलाई सफल बनाउनका लागि आफूले गृहमन्त्री पाउनुपर्ने प्रधानमन्त्री ओलीसँग माग गरेका छन् । गृहमा कर्ण थापाले पनि दाबी गरेको बुझिएको छ ।
एमालेका पूर्वसांसद नारदमुनि राना मन्त्री बन्ने पक्का भएको छ । राना कैलालीबाट काँग्रेस नेतृ आरजू राणालाई चुनाव हराएर सांसद बनेका व्यक्ति हुन् ।
कर्णालीबाट चारजनाको चर्चा
विगत देखिनैं मन्त्री मण्डलमा अर्थपूर्ण रुपमा नसमेटिएको कर्णाली प्रदेशबाट चार जनाको नाम मन्त्रीका लागि चर्चामा छ ।
एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, मोहन बाँनिया, पार्वती बिसुंखे र राजबहादुर बुढाको नाम पनि मन्त्रीका लागि चर्चामा छ । प्रतिनिधिसभा विघटन भएको र चुनावी सरकार भएकाले सांसदबाहिरका व्यक्ति पनि मन्त्री बन्न सक्ने भएकाले हुम्लामा बोगटीले यस पटक मन्त्रीका लागि दावी गरेको उनको निकट स्रतेले जनाएको छ । उता विघटीत प्रतिनिधिसभा सदस्य समेत रहेका एमाले केन्द्रिय सदस्य मोहन बाँनियाले पनि मन्त्रीका लागि दावी गरेका छन् ।

दैलेख घर भएका राजबहादुर र पार्वती बैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बेलामा उपस्थिति थिइन्न् । माधव नेपाल समूह छाडेर उनी ओली समूहमा लागेका कारण पनि उनीहरुलाई मन्त्रीका लागि संभावित व्यक्तिको सूचिमा राखिएको छ ।
सांसद बाहिरबाट ल्याउने संभावना भएपछि बोगटी वालुवाटारको रोजाईमा पर्नसक्छन्’ प्रधानमन्त्री स्रोत भन्छ, ‘सांसद भएकै व्यक्तिबाट मन्त्री बनाउने हो भने मुगुका बाँनिया र दैलेखका पार्वति र शाही मध्ये एकजना समेट्न सक्ने संभावना रहन्छ ।’
पूर्वबाट यि नाम पनि चर्चामा
यसैगरी अब बन्ने मन्त्री मण्डलबाट पूर्वबाट विशाल भट्टराई र राजेन्द्र राई (धनकुटा) को नाम चर्चामा छ । यसैगरेर गण्डकीबाट विद्या भट्टराईको नाम पनि चर्चामा छ । तर, खगराजलाई गृहमन्त्री बनाउने अवस्थामा एउटै प्रदेशका दुई जनालाई के गर्ने भन्नेबारे छलफल भइरहेको स्रोतले बतायो ।
पूर्वमाओवादीबाट आएलाई पनि समेट्ने तयारी
अब पूर्णता पाउने मन्त्री परिषदमा माअोवादी केन्द्रबाट आएका नेताहरुलाई पनि समेट्न तयारी प्रधानमन्त्री ओलीलिे गर्नु भएको बुझिएको छ ।
एमालेमै रहेका नेताहरुलाईमाओवादी केन्द्रले दलत्यागको कानूनलाई प्रयोग गरेर सांसद पद खोसिएका नेताहरुलाई चित्त बुझाउन पनि केहीलाई वर्तमान मन्त्रीपरिषदमा समेट् थालिएको स्रोतले बताएको छ । खासगरेर यसभन्दा अघि मन्त्रीमा नरहेका र राष्ट्रिय सभाको निर्वाचनमा पराजित भएका नेता पूर्वमाओवादीका चन्द्रबहादुर खड्कालाई मन्त्री बनाएर पूर्वमाओवादीको चित्त बुझाउने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन् ।
सुदूरपश्चिममा बोहोराको चर्चा
सबै क्षेत्र र भूगोललाई समेटेर सरकारको पूर्णता दिने मनस्थिती बनाएका प्रधानमन्त्रीले सुदूर पश्चिम प्रदेश सरकारको मन्त्रीबाट निकालिएका अछामका झपट बोहोरालाई पनि मन्त्री बनाउने तयारी गरेको बताइएो छ । पूर्वमाओवादी नेता बोहोरा अछामका हुन्न्।
भीम रावलको गृह जिल्लाका पूर्वमाओवादी नेता भएकाले भीम रावलको सेखी झार्न कैं लागि भएपनि प्रधानमन्त्री ओलीले प्रदेशको मन्त्रीबाट हटेका उनलाई संघीय मन्त्रालयमा ल्याउन लागेका हुन् ।
माओवादीबाट एमालेका आएका अछामे नेता झपट रावलसँगै अछाम क्षेत्र नम्बर २ का एमाले पूर्वसांसद यज्ञबहादुर बोगटीको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ । माधव नेपाल पक्षमा लागेका भीम रावल अछाम क्षेत्र नम्बर १ का पूर्वसांसद हुन् भने बोगटी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी पूर्वसांसद हुन्न् ।