काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताबीच छलफल भएको छ।
समसामयिक राजनीतिक घटनाक्रम, प्राकृतिक विपत्ति र कोरोना महामारीको विषयमा छलफल भएको त्यहाँ सहभागी एक नेताले जानकारी दिए।
देउवा निवासमा भएको छलफलले गठबन्धनलाई निरन्तरता दिने र गण्डकी प्रदेशमा जस्तै अन्य प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियालाई अगाडि बढाउने कुराकानी भएको ति नेताको भनाइ छ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार राजनीतिक घटनाक्रम र प्राकृतिक विषयमा केन्द्रित छलफल भएको हो। देउवा निवासको छलफलमा प्रदेश १, बागमती र लुम्बिनीमा विपक्षी गठबन्धनको सरकार गठनको विषयमासमेत छलफल भएको स्रोतको दाबी छ।
छलफलमा नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई निरन्तरता दिने बताएका छन्। छलफलमा एमालेको तर्फबाट नेपालसँगै भीम रावल सहभागी थिए। कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत सहभागी थिए।
त्यसैगरी जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए। एमाले माधवकुमार नेपाल पक्षबाट भने नेता नेपालसँगै भीम रावल सहभागी थिए।
देउवा निवासमा भएको छलफलले गठबन्धनलाई निरन्तरता दिने र गण्डकी प्रदेशमा जस्तै अन्य प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियालाई अगाडि बढाउने कुराकानी भएको ति नेताको भनाइ छ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार राजनीतिक घटनाक्रम र प्राकृतिक विषयमा केन्द्रित छलफल भएको हो। देउवा निवासको छलफलमा प्रदेश १, बागमती र लुम्बिनीमा विपक्षी गठबन्धनको सरकार गठनको विषयमासमेत छलफल भएको स्रोतको दाबी छ।
छलफलमा नेकपा ९एमाले० वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई निरन्तरता दिने बताएका छन्। छलफलमा एमालेको तर्फबाट नेपालसँगै भीम रावल सहभागी थिए। कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत सहभागी थिए।
त्यसैगरी जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ, अशोक राईसँगै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी भएका थिए।