काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र १५ एसएसपीको सरुवा सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उनिहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।
प्राप्त विवरण अनुसार प्रदेश १ मा डिआइजी अरुणकुमार विसीलाई पठाइएको छ । प्रदेश २ मा उमेश रञ्जितकार, वाग्मती प्रदेशमा प्रकाशजङ कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा कुमुन्दराज आचार्य, कणाली प्रदेशमा गणेशबहादुर ऐर र सुदुरपश्चिम प्रदेशमा पुरुषोत्तम कँडेललाई पठाइएको छ ।
कर्णाली प्रदेशका डिआइजी वसन्तकुमार पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेशका घनश्याम अर्याललाई प्रहरी प्रधान कार्यालय विशेष व्यूरो, सुदुरपश्चिम प्रदेशका उत्तमराज सुवेदीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, लुीम्बनी प्रदेशका रविन्द्रबहादुर धानुकलाई प्रहरी प्रधान कार्यालय कार्य एबं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालय, वाग्मती प्रदेशका वसन्तकुमार लामालाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।
यस्तै २ नं प्रदेश प्रहरी कार्यालयबाट डिआइजी धीरजप्रताप सिंहलाई केन्द्रिय अनुसन्धान व्यूरो, १ नं प्रहरी प्रदेश कार्यालयका ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, केन्द्रिय अनुसन्धान व्यूरोका सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालय काठमाडौँमा तथा प्रहरी महानिरीक्षकको सचिवालयका प्रकाश अधिकारीलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।
त्यस्तै गृह मन्त्रालयले नेपाल प्रहरीका १५ जना एसएसपीको पनि सरुवा गरेको छ । गृहमन्त्री खगराज अधिकारीले आज प्रहरी वरिष्ठ उपरिक्षक ९एसएसपी० हरूको सरुवा गर्नु भएको हो । मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।
श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ ।
कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजना र टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ । एसएसपी दिपक थापालाई प्रदेश२ प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ ।