काली बहादुर थापा हुम्ला
अषाढ १५ हुम्ला । सडक खन्ने क्रममा माथिबाट आएको पहिरोमा पुरिदा जेसीबी चालक शन्तोश थारुको मृत्यु भएको छ ।
सोमबार साँझ साढे ६ बजेको समयमा उनि अदानचुली गाउँपालिकाको लौठी देखी कालीका करगई सम्मको सडक अन्त्रग सेरा ज्युलोमा खनिरहेको अबस्थामा माथिबाटको ढिस्को झर्न लागे पछि झाग्न खोज्दा उनि ढिस्कोमा पुरिएका हुँन् । पुरिदा लगत्तै त्यहाँ भएका स्थानीयले निकाल्न खोज्दा नसके पछि श्रीनगर प्रहरी चौकीको टोली गएर उनलाई निकालेर थप उपचारको लागि भन्दै तत्काल गाउँपालिकाको जिप मार्फत कोल्टी लगिएको थियो । निकाल्दा खेरी नै अबस्था गम्भीर थियो,त्यहाँका स्थानीयले मृत्यु भैसकेको बताएका थिए तर त्यति बेला सम्म प्रहरी चौकीले भने मृत्युको पुष्टि गरी सकेको थिएन ।
उनलाई अहिले सामुदायिक अस्पताल कोल्टीमा पोष्टमाटमको लागि राखीएको जनाइएको छ ।
बर्दिया घर भएका २६ वर्षिया चालक शन्तोश थारुको एक मात्र छोरी रहेको पारीवारीक सोतले जनाएको छ । उनि करिब २ वर्ष देखी नै अदानचुलीमा बाजुराका जंगलाल बुडथापा भनिने राजनको जेसीबी चलाउँदै आएका थिए , जेसीबी मालीक राजनको पनि केही दिन अघि कोरोनाले ज्यान लिएको थियो । के कसरी काम गर्ने भन्ने अन्यौलमै थिए । त्यति बेलै सडकको बिबाद समाधान भए पछि अब सडक खन्न सुरु गर म पछि श्रीमान्को काजकिरिया सकेर त्याहाँ आउला भनेर राजनकी श्रीमतीले भने पछि सडक खन्न सुरु गरेको राजनका भाइले केही दिन अघि भनेका थिए । सडक बिबादका कारण धेरै लामो समय सड खन्न पाएनन् केही दिन अघि बसेस बिबादको समाधान भए पछि उनले कडा चट्टान फोडेर सजिलो ज्युलोमा खन्ने क्रममा उनको मृत्यु भएको हो ।
माटाको ढिस्को काटी रहेको अबस्थामा माथीबाट पुरै आउन लागेको थाहा पाए पछि भाग्नको लागि जेसीबीबाट बाहिर निस्कदा बित्तीकै पुरै ढिस्को आएर आधा भन्दा धेरै शरिरको भाग छोपीएको अदानचुली गाउँपालिका ५ का दल बहादुर शाहीले बताउनु भयो उनले भने मैले निकाल्न खोज्दा सकिन त्यस लगत्तै प्रहरी आएर निकालेको तर त्यतिन्जेल सास गैसकेको हुँनु पर्ने बताए तर पनि प्रहरी चौकीले भने त्यती बेला सास थियो पछि बिचबाटोमा मृत्यु भएको प्रहरी सहायक उपरिक्षक हेरम्ब शर्माले बताउनु भयो ।
त्यहाँका स्थानीय भन्छन् उनि आत्तिएर भाग्न खोज्दा उनको ज्यान गयो भाग्न नखोजी जेसीबी भित्रै बसेको भए उनि बच्ने थिए । जेसीबीको अन्य भागमा क्षेती भए पनि चालक सिटमा भने केही नभएको वडा नम्बर ३ का वडा अध्यक्ष दत्त बिष्टले बताए,उनले भने म पछि घटनास्थलमै पुगे जेसीबीको आधा भाग भन्दा धेरै भाग छोप्पीएको छ तर चालक सिटमा कुनै क्षेती भएको छैन उनि नभागेर सिटमै बसेको भए बच्ने रहेछन् ।