काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलका नेता नेता गोकर्ण बिष्टले आज साँझ वा भोलि बिहानसम्म सहमति हुने बताएका छन् ।
सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विष्टले वार्ता सकारात्मक रहेको भन्दै छिट्टै सहमति हुने बताए । उनले भने, ‘‘आज साँझ वा भोलि बिहान पनि हुनसक्छ ।’
बिहीबार दिउँसो केहीबेर बसेर बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बैठक आन्तरिक तयारीका लागि स्थगित गरिएको नेताहरुले बताएका छन् । अहिले दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
छलफलबाट निस्केर संस्थापन पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले वार्ता सकरात्मक रहेको जानकारी दिए । “आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौँ, वार्ता सकरात्मक छ,” उनले भने ।
कार्यदलमा दुवै पक्षका पाँचरपाँच जना सदस्य छन् । ओली पक्षका सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल पक्षबाट डा।भीम रावलको संयोजकत्वमा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।