सिमकोट । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको नेतृत्वको सुरक्षा निकायको टोली जिल्लाको दक्षिण क्षेत्रको स्थलगत अनुगमनमा तल्लो क्षेत्रमा निस्कीएको छ ।
असार मसान्तमा दक्षिण भेगमा भएको विकास निर्माण, शान्ति सुरक्षाको अवस्था र अख्तियारमा परेका योजनाहरुको प्रारम्भीक अनुगमनका लागि तीनवटा सुरक्षा निकायका प्रमुख सहित प्रजिअ आचार्य नेतृत्पको टोली बाजुरा हुँदा त्यसतर्फ प्रस्थान गरेको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।
‘पहिलेदेखि नैं तय भएको जिल्लाको दक्षिण भेगको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी ज्यूसहित शसस्त्र प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक, अनुसन्धानका प्रमु्ख लगायतको टोली हुम्लाबाट बाजुरा हुँदै जिल्लाको ताँजाकोट गाउँपालिकामा पुगेको छ’ सहायक प्रमूख जिल्ला अधिकारी राइले भने, ‘आज ताँजाकोट गाउँपालिका पुगेको सुरक्षा अधिकारीको टोली भोली अदानचुली हुँदै मध्ये क्षेत्रका गाउँपालिकामा समेत पुगेर स्थलगत अनुगमन गर्नेछ ।’
जिल्लास्तरमा हुने कुनै पनि कार्यक्रममा चार वटा गाउँपालिकाकाका जिम्मेवार व्यक्तिको कहिल्यै पनि उपस्थिती नहुने गरेको गुनासो पाईएपछि दक्षिणी हुम्ला अर्को जिल्ला भएको टिका टिप्पणी आईरहेका बेला प्रजिअ आचार्य सहित सुरक्षा अधिकारीको टोली जिल्लाको दक्षिणी क्षेत्रमा आएको ताँजकोटमा रहेका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
समग्र सुरक्षा अवस्थाको बारेमा बुझ्न र विकासे गतिका बारेमा जानकारी लिने उद्देश्यले आप्mनो टोली दक्षिण भेगमा गएको बताएका प्रजिअ आचार्यले विभिन्न निकायबाट प्रवाह भएका सेवा र सुविधाका बारेमा समेत अनुगमन गर्ने बताए ।
टोलीले अख्तियारमा परेका उजुरीको प्रारम्भिक अध्ययन गरेर अख्तिया दूरुपयोग अनुसन्धान आयोग समेक्ष प्रतिवेशन पेश गर्ने तयारी गरेको छ । टोली ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका हुँदै पैदल मार्गबाट सदरमुकाम सिमकोट फिर्ता हुनेछ । टोलीमा चार वटै सुरक्षा निकायका प्रमुखको उपस्थिती रहेको छ ।