जिल्ला अस्पताल हुम्लामा भदौ १२ गतेदेखि सञ्चालन भएको शिविरमा हुम्लाका ६ सय ५० जना नागरिकहरूले सेवा लिन पाएका छन् । आँखा, नाक, कान, घँटी र अपङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन भएको शिविरमा सोही व्यक्तिहरले उक्त सेवा लिन पाएका हुन् । हिमाली जिल्ला हुम्लाका लक्षित वर्गका व्यक्तिहरूका लागि केही राहत होस भन्ने उदेश्यका साथ जिल्ला बाहिरबाट आएको टोलिले निशुल्क रुपमा शिविर सञ्चालन गरेको थियो ।
गोर्खा वेल्फेयर ट्रष्ट नामक संस्थाको आर्थिक सहयोग तथा जिल्ला अस्पताल र सिमकोट गाउँपालिकाको समन्वयमा सो शिविर संञ्चालन भएको हो । शिविरमा आँखा, नाक, कान, घाँटी र हात खुट्टामा समस्या भएका व्यक्तिहरूलाई निशुल्क रुपमा औषधि उपचार गरिएको शिविर सञ्चालकका म्यानेजर जय लिम्बुले बताउनु भयो ।
भदौ १२ गतेदेखि सञ्चालन गरिएको शिविरमा जिल्लाका सातवटै गाउँपालिकाका सेवाग्राहीहरूले सेवा लिन पाएका छन् । चार दिनको अवधिमा जम्मा ६ सय ५० जना मध्ये २ सय ९३ जना कान, २ सय ९५ जना आँखा, ४५ जना अपंगता भएका व्यक्ति र अन्य १७ जनालाई उक्त सेवा दिएको म्यानेजर लिम्वुले जानकारी दिए ।
त्यस्तै आँखा, कान र अपंगता भएका व्यक्ति गरेर १५ जनालाई जिल्ला बाहिर काठमाण्डौँ र नेपालगंज पठाएको लिम्वुले बताए । म्यानेजर लिम्वुका अनुसार सोही १५ जना व्यक्तिहरूलाई जिल्लामा उपचार गर्न नसकिएपछि जिल्ला बाहिर पठाउनु परेको हो । दुर्गम जिल्लाका विरामी नागरिकहरू आर्थिक अभावका कारण जिल्ला बाहिर जान नसक्ने भएपछि शिविर टोलि जिल्लामै आएर उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।
शिविरमा पाँच जना विशेषज्ञ डाक्टर र २४ जना स्वास्थ्यकर्मी गरेर २८ जनाको टोलिले सेवा दिएको थियो । कान नसुन्नेलाई सभ नियन्त्रक, कानको समस्या भएका विरामीको अप्रेशन, आँखाको मोति विन्दु अप्रेसन, अपङ्गता भएका व्यक्तिहरूलाई फिज थेरापी संगसंगै कृतिम अंगहरु समेत प्रदान गरिएको लिम्वुले जानकारी दिए । लगतार चार दिनदेखि सञ्चालन भएको सो शिविर मंगलबार सम्पन्न भएको छ ।