सिमकोट गाउँपालिका भित्रका ४६ जना महिला स्वास्थ्य स्वयम सेविकाहरूलाई आधार विकास हुम्लाले सहयोग गरेको छ । लामो समयदेखि जिल्लामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सो संस्थाले असोज २२ गते एक कार्यक्रमका विच सिमकोट गाउँपालिकाका आठ वटै वडाका महिला स्वास्थ्य स्वयम सेविकालाई स्वास्थ्य सामग्रि वितरण सहित अभिमूखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थाले पछिल्लो समय स्थानीय स्तरमा महिला स्वास्थ्य स्वंयम सेविकाहरूको भूमिका महत्वपुर्ण रहेको भन्दै एक दिने गोष्ठी सहित उनिहरुलाई स्वास्थ्य सामग्रि वितरण गरिएको आधार विकास नेपाल हुम्लाका स्वास्थ्य संयोजक क्याम्वा लामाले बताइन् । संयोजक लामाले महिला स्वास्थ्य स्वयम सेविकाहरूलाई कोभिडसंग बच्ने उपाया तथा स्थानीय स्तरमा काम गर्दा स्वंयम सेविकाले गर्नु पर्ने कार्य सम्पादनका बारेमा प्रशिक्षण गराउँदै उनिहरुलाई कोभिड सम्वन्धिका स्वास्थ्य सामग्रि उपलव्ध गराएको जानकारी दिइन् ।
स्वास्थ्य संयोजक लामाले भनिन् स्वयम सेविकाहरुको सहजका लागि प्रतिव्यक्ति झोला एक पिस, सेनेटाइजुर एक बोतल, गाउन एक पिस, पानी बोतल एक पिस, केएन ९५ मास्क पाँच पिस, टु ग्वोलव्स एक बक्स, अक्सिमिटर एक पिस, थर्ममिटर एक पिस, क्याप १५ पिस, सर्जिकल मास्क ५० पिस, टर्च एक सेट, साबुन दुई पिस, एक हजार एमएलको सेनिटाइजर एक बोतल, बुट एक सेट र निर्देशिका एक पिस समेत आफुहरुले उपलव्ध गराएका छौँ ।
सहभागि स्वास्थ्य स्वयमसेविका चाँदनी सुनारका अनुसार आफुलाई गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय हुम्लाले त्यती सोचे अनुसारको सहयोग नगरेको गुनासो गरिन्। स्वास्थ्य जस्तो संवेदनलशिल क्षेत्रमा खटिनु पर्दा आफुहरुलाई प्रयाप्त स्रोत साधन नहुँदा विभिन्न समस्या झेल्नु परेको सुनारको भनाई छ ।
त्यस्तै गाउँका महिला तथा बालबालिकाहरूमा केही समस्या आएमा सवै भन्दा ठूलो भूमिका महिला स्वास्थ्य स्वयंम सेविकाहरुको रहेको छ । त्यसलाई सम्वन्धित निकायले भरपुर सहयोग गरेमा समस्या समधान हुने सिमकोट गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष छविचन्द लामाले बताए । महिला स्वास्थ्य स्वयमसेविकाहरूले गरेको गुनासो अनुसार स्वास्थ्य सेवा कार्यालयको हातमा नरहेको र बाँकी सवै अधिकार गाउँपालिकालाई हुँदा आफुहरूलाई कठिनाई भएको जिल्ला अस्पताल हुम्लाकी शिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।
आधार विकास नेपाल हुम्लाले दुई वर्षदेखि कोभिडको संकटलाई मध्य नजर गर्दै अग्रपंतिमा खटि रहँदा आफुहरुलाई सहज भएको सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताए । उनभले भने महिला स्वास्थ्य स्वयम सेविकाहरुको सेवा सुविधा तथा पहुँजका लागि गाउँपालिकाले नियमित रुपमा नेपाल सरकारलाई पहल गरि रहेको छ । तर महिला स्वयम सेविकाहरूले गाउमा रहेर निरन्तर काम गर्न आग्रह गरे ।
त्यस्तै केही दिनपछि आधार विकास नेपाल हुम्लाले नाम्खा गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई समेत स्वास्थ्य सामग्रि वितराण गर्ने भएको छ । संस्थाले लामो समयदेखि शिक्षा र स्वास्थ्य सम्वन्धिको कार्यमा योग्दान पुराउँदै आएको छ ।