‘राठको बैरी राठै काठकौ बैरी काठै’
(फलामलाई फलामले नै काट्छ, काठलाई काठले नैं काटछ्)
कर्णाली क्षेत्रको रैथाने यो उखान पछिल्लो समय नेपालको राजनीति क्षेत्रमा निकै मेल खान थालेको छ ।
नेताको व्यतित्व र समाजमा उसले गरेको कामका कारण नागरिक र अन्य राजनीतिक दलहरुले विश्वाश गरेपनि पार्टी भित्रकै गुटले लत्याइएपछि नेपालका प्रमुख राजनीतिक दलहरुमा यो भनाई निकै उच्चारहण गर्न थालिएको हो । जसको ज्वलन्त उदारहणका रुपमा पछिल्लो राजनीतिको वृतमा निकै चर्चा र चासोको विषय बनेको सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नेतृत्व छनोट प्रक्रियालाई पनि लिन सकिन्छ । अधिकांश कांग्रेस पदाधिकारीको निर्वाचनमा यो कथन लागु भएपनि यहाँ पिछडिएको क्षेत्रबाट निर्वाचित पार्टीको सह–महामन्त्रीमा पराजित कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको पराजयलाई अलिक गहिरो ढंगले यस प्रवृतीसँग तुलना गर्ने प्रयास गरेको छु ।
कर्णाली प्रदेशसभामा भएका २४ वटा निर्वाचन क्षेत्र (प्रत्यक्ष) मध्ये हुम्ला निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भएका हालका मुख्यमन्त्री जीवनबहादुर शाही कर्णाली प्रदेशसभामा प्रत्यक्ष निर्वाचित कांग्रेसका एक्ला साँसद हुन् । तर उनले कर्णाली प्रदेशसभामा नेकपा एमाले बाहेकका सबै राजनीतिक दलहरुको समर्थनमा प्रदेशको मुख्यमन्त्री हात पारेपनि लामो समयपछि भएको पार्टीको १४ औं महाधिवेशनमा पार्टी भित्रका १३ पदाधिकारीको सिटमा एक सिट (सह–महामन्त्रीमा पिछडिएको क्षेत्र) का लागि कांग्रेस पार्टीले पत्याएन ।
पिछडिएको क्षेत्र बाट सह–महामन्त्रीमा उम्मेदवारी दिएका मुख्यमन्त्री शाही बाजुरा जिल्ला निवासी नेविसंघका पुर्व नेता तथा पूर्व राष्ट्रियसभा सदस्य बद्री पाण्डे बद्रीसँग पराजित भए । प्रधानमन्त्री तथा पार्टीका नवनिर्वाचित सभापति सेरबहादुर देउवाको किचन क्याविनेटकै रुपमा चिनिने कर्णालीका मुख्यमन्त्री शाही कसरी पराजित भए ? भन्ने बारेमा कांग्रेसजन र कांग्रेस बाहिरका लागि पनि निकै चर्चाको विषय बनेको छ । २०७४ साल मंसिर १० गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा दश जिल्लाका २४ निर्वाचन क्षेत्रमध्ये कर्णाली प्रदेशसभामा कांग्रेसका सिंगल निर्वाचित प्रदेशसभा सदस्य शाही अन्नततः पार्टीको आन्तरिक प्रतिष्प्रर्धामा पछारिनु पर्यो । कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा भएको पदाधिकारीको शुक्रबार सार्वजनिक मतपरिणाम अनुसार पाण्डेबाट शाही पराजित भए । बिजेता पाण्डेले २ हजार ४११ मत ल्याउँदा शाहीले २ हजार १३३ मत मात्र ल्याए । सह–महामन्त्रीका अर्का उम्मेदवार चेतराज बजाल भने ९९ मतमै सीमित भए ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सत्ता गठबन्धनसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको सट्टामा कांग्रेस प्रदेश दलका नेता शाही कात्तिक दोस्रो साता मुख्यमन्त्री बनेका थिए । यसअघि संघीय सरकारको संस्कृती, पर्यटन तथा नागरिक उड्डययन मन्त्री बनिसकेका शाही फरक पार्टीबाट सत्ताको बागडोर सम्हाल्न पुगेपनि आखिर आप्mनै पार्टीको जिम्मेवारीका लागि देशभरका प्रतिनिधिले अयोग्य ठहर्याइ दिए । कर्णालीको समकालिन राजनीतिक पात्र मध्येका एक चतुर खेलाडीका रुपमा चिनिने मुख्यमन्त्री शाही आप्mनै महाधिवेशनबाट पराजय हुनुका अन्य थुप्रै कारण र पक्षहरु होलान् तर नेपाली राजनीतिमा पछिल्लो समय मौलाउँदै गएका प्रवृतीगत समस्यासँग जोडिएका प्रमुख चार कारणबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
क. राजनीतिमा युवा हस्तक्षेप
कर्णाली प्रलदशेका मुख्यमन्त्री शाही आफैमा युवा नेता भन्न रुचाउँछन र उनलाई चिन्नेले पनि युवा नेता भनेर नैं चिन्छन् तर उनका प्रतिष्प्रर्धी बद्री पाण्डे भन्दा उनि स्वभावतै केहि वर्ष जेठा हुन् । पचासको दशक पछि सिधै कांग्रेसको पार्टी राजनीतिमा जोडिएका जीवन शाही जसरी कर्णालीमा प्रचलित छन् त्यति नैं देशभरका कांग्रेसजनमा बद्री पाण्डेको तुलनामा प्रचलित नहुनु नैं उनको सह–महामन्त्री यात्राको पहिलो ब्रेक हो । यसका अलावान नेपाली कांग्रेस पार्टी भित्र जुनसुकै नेताको नाममा जस्तो सुकै गुट–उपगुट भएपनि नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिमा संलग्न युवा नेताहरुको हस्तक्षप कांग्रेसको १४ औं महाधिवेशनमा बढ्नु र सोहि अनुरुप पदाधिकारीमा नेताहरु बिजयी हुनुले पनि शाहीको सह–महामन्त्री यात्रामा पुर्णबिराम लागेको देखिन्छ । उनका प्रतिष्प्रर्धी पाण्डे नेविसंघकै पुर्व नेता भएर देशभरको युवाहरुलाई नेतृत्वमा ल्याउनु पर्छ भन्ने कांग्रेस प्रतिनिधिहरुको सन्टीमेन्टले शाहीलाई पार्टीकै जिम्मेवारीका लागि अयोग्य ठहरिनु पर्ने अवस्था आयो ।
ख. भेगिए सेन्टीमेन्ट
‘आप्mनो देशको काग पनि प्यारो हुन्छ’ भन्ने पौराणीक उखान नेपालको राजनीति वृतमा व्यवस्था र प्रर्णाली फेरिए तर त्यसको कार्यान्वयनको अवस्था थप संस्थागत हुँदै गएको छ । पार्टीको नेतृत्वबाटै कुनै अवसर वा जिम्मेवारी दिने सवालमा पहिलो आफन्त (नजिक र विश्वाशिलो पात्र) खोज्ने नेपालको राजनीतिक प्रवृतीका कारण पार्टीका कार्यकर्ताले पनि नेता छान्दा नजिकको र आफन्त छान्ने व्यवहारको मारमा कर्णालीका मुख्यमन्त्री शाही परेका छन् ।
उनको निर्वाचन जित्ने सबैभन्दा ठूलो आधार संस्थापन पक्षको नेतृत्व अर्थात सभापति सेरबहादुर देउवा नैं थिए र हुन् पनि । तर सभापति देउवा र शाहीका प्रतिप्रर्धी पाण्डे एकै प्रदेशबाट प्रतिनिधित्व गर्ने भएका कारण पनि केहि मतमा उनलाई सिण्डीकेट लागेको देखिन्छ । सूदरपश्चिमबाट प्रतिनिधित्व गर्ने नौं जिल्लाका संस्थापन पक्ष र संस्थापन इतरका कांग्रेस प्रतिनिधिहरुले भेगिय सेन्टीमेन्ट र कांग्रेसको सुदूरपश्चिमको भोलीको नेताका रुपमा पाण्डेलाई अथ्र्याएर अघि बढाउँदा राम्रो हुन्छ भन्ने आन्तरिक सर्कुलरका कारण पनि शाहीले अपेक्षाकृत मत प्राप्त गर्न नसकेको देखिन्छ । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने संस्थापन पक्षकै एक कांग्रेस नेताका अनुसार पार्टी भित्र जुनसुकै गुट भएपनि हामीले बद्री पाण्डे अघि बढायौ भने कांग्रेसमा देउवापछि सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने पात्रका रुपमा हामीले पाण्डेलाई पाउन सक्छौं भन्दै गुटउपगुट नहेरेर मत एकतृत भएको देखिन्छ । नौ जिल्ला भएको सुदूरपश्चिमका अधिकांश मत शाहीलाई भन्दा पाण्डेलाई गएपछि शाहीले पराजय भोग्नु परेको हो ।
ग. सत्ताप्रतिको असन्तुष्टी
राजनीतिक तर्क, मासलाई आकर्षण गर्ने क्षमता भएका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही सभापति सेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । पार्टी भित्रका धेरै आकांक्षीलाई पछार्दै शाहीले सत्ताको यात्रा संघीय सरकारले क्याविनेट मन्त्रीबाटै गर्ने अवसर पाए । त्यो वेलादेखि देउवाको साथमा रहेका धेरै नेताहरु शाहीप्रति चिढिएको चर्चा कांग्रेसवृत र बाहरिपनि सार्वजनिक भएको थियो ।
समकक्षी नेताहरुले त्यसको रिस फिराउने माध्यम १४ औं महाधिवेशनलाई प्रयोग गरेका कारण पनि शाही पार्टी भित्रैबाट पराजित हुनु परेको हो । भोटका आधारमा बढि संख्या भएको प्रदेश १, २ बाग्मती, गण्डकी, लुम्बीनीबाट अपेक्षाकृत रुपमा मत नआएको र स्वयम् कर्णाली प्रदेशकै कांग्रेस कार्यकर्ता प्रदेश सरकारप्रति टिकटिप्पणीमा उत्रिए पछि शाहीलाई सह–महामन्त्रीमा जित्न आवश्यक मत नआएको देखिन्छ । सत्तासँग सिमित साधन हुने र कार्यकर्ताका असिमित आकांक्षा हुने भएकाले सँधै सत्ताप्रति आम नागरिक र पार्टीका नेता तथा कार्यकर्ताले गर्ने असन्तुष्टीको प्रभावले पनि शाहीलाई पराजय हुन सहयोग गरेको हो ।
घ. नेपाली राजीतिमा 'हेड काउण्ट'को महत्व
लमो समयको एकात्मक राज्य व्यवस्थालाई परिवर्तन गरेर संघात्मक व्यवस्थामा गएसँगै राज्यको मूलप्रवाहमा समाहति नभएका वर्ग, क्षेत्र, जातजाती, लिंगको सहभागित सुनिश्चित नेपालको संविधानमा गरेको भन्दै हाम्रा प्रमुख राजनीतिक दलहरु र त्यसका नेताहरुले भन्दै आएका छन् । तर व्यवहार त नेपाली राजनीति अँझै पनि हेड काउण्टको मुलभूत मान्यताबाट बाहिरिन सकिरहेको छैन् भन्ने दृष्टान्त कांग्रेसको सहमहामन्त्रीका प्रत्यासी शाही र पाण्डे बीचको प्रतिप्रर्धा तथा मतपरिणामलाई पनि लिन सकिन्छ । कर्णाली स्वभावतै रुपमा सुदूरपश्चिम प्रदेश भन्दा कांग्रेसको केन्द्रीय नीति निर्माणको तहमा निकै कमजोर पहुँच भएको क्षेत्र हो । त्यस्ता क्षेत्रलाई समावेश गर्न कांग्रेसले बिधानमै सहमहामन्त्रीको पदलाई पिछडिएको क्षेत्रबाट प्रति प्रतिनिधित्व गर्ने व्यवस्था गर्यो तर परिणाम दुई कार्यकाल पार्टीको नेतृत्व र धेरै पटक देशको नेतृत्व गरेको प्रदेशबाट उक्त क्षेत्रको प्रतिनिधित्व गर्ने अवस्था आयो । यसको एउटै कारण हो नेपालको ‘राजनीतिमा हेडकाउन्ट’ को बढ्दो प्रभाव ।
जिल्लाको संख्यात्मक हिासबले सुदूरपश्चिम प्रदेश भन्दा कर्णालीमा बढि छ । सुदूरपश्चिममा ९ वटा जिल्ला छन् भने कर्णालीमा १० वटा जिल्ला छन् तर जनसंख्या र कांग्रसको क्रियासिल सदस्यताको संख्याका आधारमा सुदूरपश्चिम कर्णाली भन्दा निकै माथि छ । जहाँको संख्या बढि हुन्छ त्यतैको प्रतिनिधित्व हुने व्यवस्था लोकतन्त्रको मेरुदण्ड हो तर नेपालको समावेशी शाशन व्यवस्थाले अंगिकार गरेको भावना र मर्म अनुसार व्यवहारमा कार्यान्वयन गर्न त्यहि (‘राजनीतिमा हेडकाउन्ट’) तत्वले ठूलो काम गरेको छ । जसका कारण कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पार्टीको आन्तरिक प्रतिष्प्रर्धामा पछाडि परेका छन् ।
अन्तमा,
नेपाली राजनीतिमा पछिल्लो समय देखिएका आन्तरिक गुट–उपगुटहरु कसरी झाँंगिदै छन् ? यस्ता गुटहरु अन्य पार्टीभन्दा थप किन खतरानक हुदैछन् भन्ने प्रतिकात्मक रुपमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको पराजयको अवस्थालाई इंगित गरिएको हो । अन्य दलहरुले सत्ता सुम्पीदा पनि आप्mनै पार्टीले गुट बलियो हुँदाहुँदै पनि कनिष्ट पदाधिकारी पदमा विश्वाश भएन भन्ने नेपालको राजनीतिक प्रतृतीलाई उल्लेख गर्ने प्रयास गरिएको हो । तर नेपाली कांग्रेसको पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा बिजेता बद्री पाण्डे त्यसका लागि उपयुक्त होइनन् भन्न कदापी खोजिएको होइन् र कसैले त्यसरी बुझ्ने प्रयास गरेको खण्डमा पनि त्यो सरासर अन्याय हुनेछ ।
लामो राजनीतिक संक्रमणकालको अन्त्य गरेको नारा लगाएका नेपालका राजनीतिक दलहरु फेरी विगतकै राजनीतिक अस्थितरताको मार्गमा अग्रसर भैरहेको वर्तामान समयमा आप्mनो पार्टीको प्रमुख दुष्मन र मित्र शक्तिको विष्लेषणमा सास्त्रीय मान्यतालाई फलाक्दैं आन्तरिक गुट भित्रको व्यवस्थापन समयमा गर्ने होइन भने अन्य पार्टीले सत्ताको बागडोर सुम्पेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पार्टीकै जिम्मेवारीमा पराजय हुनु परेका दृष्टान्त हरेक राजनीतिक दलहरुमा दोहोरिरहने छन् । यसले देशको राजनीतिक व्यवस्थालाई अस्थिर मात्रै होइन अनिश्चयको दिर्शातर्फ उन्मुख गराउने छ ।
कांग्रेसको महाधिवेशनबाट बिजेता सबैलाई बधाई र उपबिजेता सबैमा सहानुभूती छ ।