सिमकोट । नेकपा एमाले हुम्ला जिल्ला कमिटिको अधिवेशन नजिकीदैं गर्दा नेतृत्वका लागि आकांक्षीहरुको संख्या बढ्न थालेको छ ।
पार्टीको दोस्रो केन्द्रीय कमिटिले देशभरका जिल्लाहरुको अधिवेशन यही पुस २३ गते गर्ने निर्णइ अनुसार नवौं जिल्ला अधिवेशनको मिति नजिकिदैं गर्दा नेतृत्वका लागि आकांक्षीहरु थ्पिन लागेका हुन् ।
जिल्ला कमिटि हुम्लाको २० औं बैठकले जिल्लाका सातवटैं गाउँपालिकाका ४४ वटा वडालाई प्रतिनिधि छनोट गर्ने क्षेत्रका रुपमा लिने निर्णय गरे अनुसार शुक्रबार प्रतिनिधि छनोट भएपछि नेतृत्वका लागि आकांक्षीहरुको संख्या बढ्न थालेको हो ।
अध्यक्षका आकांक्षी चार
लामो समयपछि हुन लागेको नेकपा एमालेको नवौं जिल्ला अधिवेशनका लागि अध्यक्षका लागि चार जनाले आकांक्ष गरेका छन् ।
आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित भएका निर्वतमान अध्यक्ष दल रावल दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएपछि २०औं जिल्ला कमिटिको बैठकबाट कार्यबहाक अध्यक्षको जिम्मेवारी प्राप्त गरेका उपाध्यक्ष ज्ञामी वुमीसहित चार जनाले नयाँ नेतृत्वका लागि आकांक्षा गरेका छन् । आफू लामो समय उपाध्यक्षको जिम्मेवारीमा रहेको र नवौं जिल्ला अधिवेशन सम्क्पन्न गर्न थोरै समयका लागि कार्यबहाक अध्यक्षको जिम्मेवारी लिएको हुनाले स्वतः अध्यक्षको दावी वुमीले गरेका छन् ।
आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा उपाध्यक्ष रहेर काम गरेको र आप्mनो कार्यकालका अध्यक्ष दल रावल केन्द्रीय सदस्यमा निर्वानिच भएपछि सव्भावतै आफूले अध्यक्ष पाउने पर्ने तर्क सहितको दावी आफूले गरेको वुमीले नेपालवोटलाई बताए । “लामो समय पूर्णकालिन पार्टीको सदस्य भएकाले पनि नवौ अधिवेशनबाट आफूले जिल्ला नेतृत्व पाउनु पर्छ भन्ने दावी मैले गरेको छु” वुमीले भने, “मेरो काम र अहिलेको आवश्यक्ताले पनि जिल्लाका प्रतिनिधिले मलाई अध्यक्षको जिम्मेवारी दिनु
हुनेछ ।”
अध्यक्षका अर्का आकांक्षी सिमकोटका डबल रावत छन् । सातौं विजल्ला अधिवेशनबाट निर्वाचित उपाध्यक्ष तथा अहिलेका कर्णाली प्रदेश कमिटि सदस्य रावत
पार्टीको नेतृत्वमा आकांक्षी अन्य व्यक्ति भन्दा आफू अघिल्लो कार्यकालमै उपाध्यक्ष भएकाले पनि यो पटक पार्टीको नेतृत्वका लागि स्वाभाविक रुपमा अध्यक्ष पदको दावी गरेको बताउँछन् । भौगोलिक रुपमा डोल्पा पछिको दोस्रो ठूलो जिल्ला हुम्लामा पार्टीको उपस्थितीलाई क्षेत्रगत रुपमा प्रभावकारी बनाउनकै लागि पनि नवौ अधिवेशनबाट आफूले अध्यक्षको जिम्मेवारी पाउनु पर्ने तर्क उनको छ । सदरमुकाम सिमकोटका रैथाने रावत पार्टीको अन्य नेतृत्व (स्थायी कमिटि, केन्द्रीय कमिटि र प्रदेश कमिटि)मा सदरमुका आसपासको प्रतिनिधित्व नभएकाले पनि यो पटक पार्टीको नेतृत्व आफूले पाउनु पर्ने दावी गर्छन् ।
“प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेशसभा निर्वाचन क्षेत्र दुई भएको हुम्लामा माथिल्लो निर्वाचन क्षेत्र (सिमकोट आसपास)मा हाम्रो पार्टी (एमाले) निकै कमजोर छ” उनले भने, “पार्टीको नीतिगत तहमा पहुँच नभएका कारण यस क्षेत्रमा एमाले कमजोर भएको भन्ने आम नेता तथा कार्यकर्ताको ठहरले पनि यो पटक जिल्ला नेतृत्व मैले (सिमकोट)ले पाउनु पर्छ ।” आठौं जिल्ला अधिवेशनमै आफूले अध्यक्षको दावी गरेको भएपनि सर्वसम्मत नेतृत्व छनोट गर्दा बाधक नबनेको बताएका रावत यो पटक नेतृत्व हात पार्ने गरी लगोका छन् ।
एमाले हुम्लाको पाँचौं जिल्ला अधिवेशनबाट उपसचिव भएका अखिल नेपाल किसान महासंघका कर्णाली प्रदेश सहइन्चाज तथा एमाले कर्णाली प्रदेश कमिटि सदस्य कलबहादुर हमालपनि अध्यक्षका अर्का आकांक्षी हुन् । एमाले हुम्लाको संस्थापक दावी गर्ने हमाल आफूलाई जिल्लाको नेतृत्वको जिम्मेवारी दिएपछि समग्र पार्टी संस्थापकको सम्मान हुने तर्कसहित अध्यक्षको दौडमा छन् । “पार्टीको सक्रिय राजनीति गर्ने अब यो अधिवेशन मेरो लागि अन्तिम हो,” उनले नेपालवोटसँग भने, “पार्टीमा गरेको योगदानका हिसाबले पनि यो पटक मैले जिल्लाको नेतृत्प पाउँछु भन्ने आशाका साथ दावी प्रस्तुत गरेको छु ।”
पार्टीलाई समस्या पर्दा आफूले जहिलेपनि साथ दिएको बताउने हमाल यस अघि जिल्लाका नेता तथा केन्द्रीय सदस्यद्धय दल फडेरा र दल रावलले यस अघि आफूलाई जिल्लाको नेतृत्व दिने बाचा गरेकाले पनि यो पटक आफूले नेतृत्व पाउने दावी गर्छन् ।
अध्यक्षका लागि नयाँ जेनेरेसनबाट गोविन्द शाहीले दावी गरेका छन् । पार्टीको अघिल्लो पुस्तालाई सम्मानजनक स्थान दिएर जिल्लाको सक्रिय राजनीतिमा नयाँ पुस्ता आउने पर्ने बताएका शाहीले आप्mनो पनि अध्यक्षमा दावी रहेको बताएका छन् । अहिले पार्टीको प्रदेश कमिटि सदस्य र वुद्धिजिवी परिषदको केन्द्रीय सचिव रहेका शाहीले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनका लागि पनि आफूलगायतको नयाँ पिडिलाई पार्टीको जिम्मेवारी दिनुपर्ने माग सहित अध्यक्षको दावी पेश गरेको बताए ।
उल्लेखित चार वोहक नाम्खाका छेपालदोर्जी लामा र अदानचुलकिा देवीशरण फडेराले समेत पार्टी नेतृत्वको दावी प्रस्तुत गरेका छन् ।
सचिवमा नयाँ पुस्ताको चासो
जिल्ला अधिवेशनबाट निर्वाचित हुने एक सचिव पदका लागि नयाँ पुस्ताले चासो गरेका छन् । हरेक पार्टीमा युवाहरुmले नेतृत्वमा चासो राखिरहेका बेला हुम्लाको एमालेमा पनि थुप्रै युवाहरुले नेतृत्वको दावी गरेका छन् । अध्यक्षपछि को कार्यकारी पदका रुपमा चिनिने सचिवमा यो समाचार तयार पारुञ्जेलसम्म पाँच जान आकांक्षी देखिएका छन् ।
आकांक्षी हुनेमा अहिलेका सचिव पुर्णप्रसाद ढकाल, सचिवालय सदस्य गोकुल बुढा, विनोद बोहरा, कमल बोहरा र जिल्ला कमिटि सदस्य नवराज महतारा छन् ।
आठौं जिल्ला अभिवेशनबाट उपसचिव निर्वाचित ढकाल सचिव तिर्थराज रोकाया पार्टी फुटेर नयाँ बनेको नेपका एीकककृत (समाजवादी)को जिल्ला उपाध्यक्ष भएपछि सचिवको जिम्मेवारी पाएका ढकाल आफूले थप एक कार्यकालका लागि सचिवमै रहेर काम गर्न दावी प्रस्तुत गरेका छन् ।
सर्केगाड गाउँपालिका १ का वडा अध्यक्ष रहेका गोकुल बुढाले पनि सचिवमा आप्mनो दावी गरेका छन् । लामो समय पार्टीको सदस्यका रुपमा काम गरेको दावी गरेका बुढाले यो पटक आफूले सचिवको जिम्मेवारी प्राप्त गर्ने बताए ।
छैटौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटिका जिम्मेवारी लिएका सचिवालय सदस्य विनोद बोहराले पनि यो पटक आफूले सचिवको दावी गरे । साठौं जिल्ला अधिवेशनमा उपसचिवमा पराजित भएका बोहराले लामो समय पार्टीमा काम गरेकाले पनि यो पटक सचिवको जिम्मेवारी आफूले दावी गरेका हुन् ।
नेकपा एमाले र माओवादी केन्दबीच एकिकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यालय सचिव भएका कमल बोहराले पनि पार्टीको सचिवमा दावी गरेका छन् । पार्टीमा जिल्ला युवा पुस्ताको आकर्षण बढाउनका लागि पनि आफूले सचिवको दावी गरेको तर्क उनको छ ।
एमाले हुम्ला सचिवमा पत्रकार नवराज महताराको दावी छ । लामो समयदेखि पत्रकारितामा क्रियासिल महताराले समाजमा विद्यमान राजनीतिकर्मीको परिभाषालाई परिवर्तन गर्नकाल लागि पनि आफूले सचिव पदमा दावी गरेको बताए । एमालेको राष्ट्रिय स्तरको राम्रो छवि भएपनि हुम्लामा तेस्रो दलका रुपमा रहनुमा युवा र नयाँ पुस्ताको अकर्षण नभएको दावी गरेको महताराले नयाँ पुस्तालाई राजनीतिमा समाहित गर्न पनि आफूले सचिवको दावी गरेको उल्लेख गरे ।
उपाध्यक्ष र उप–सचिवका आकांक्षी खुल्दै
एक उपाध्यक्ष र दुई उप–सचिव पदका आकांक्षीहरु आप्mनो दावी शुरु गर्न थालेका छन् ।
अध्यक्ष र सचिवका आकांक्षीको तुलनामा निकै न्यूनको दावी रहेको उपाध्यक्षका लागि सर्केगाड १ तुम्चका उब्जन मल्ल र नाम्खाका नोरजाङ तामाङले दावी गरेको एमाले स्रोतले जनाएको छ । यसैगरी उपसचिवमा सिमकोट ७ का जयबहादुर शाहीले दावी गरेको बताइएको छ । जिल्ला कमिटिको बैठकको निर्णय अनुसार शुक्रबार प्रतिनिधि छनोट गरेर प्रतिनिध जिल्ला आउने क्रम भर्खर शुरु भएकाले पनि आकांक्षीको संख्या थपिन सक्ने अनुमान एमाले स्रोतले गरेको छ ।