काठमाडौं । नेकपा एमालेको ६२ जिल्लामा भएको अधिवेशनको परिणाम आएको छ ।
६८ जिल्लामा अधिवेशन भएको भए पनि ६२ जिल्लाको मात्र परिणाम आएको एमालेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोक, दैलेख र पर्सामा भने अधिवेशन उद्घाटन भएर पनि स्थगित गरिएको छ । मौसमको प्रतिकुलताले मनाङ, मस्ताङ, मुगु, हुम्ला, पूर्व रुकुम, बझाङ अधिवेशन हुन सकेको छैन ।
आउँदो माघ २२ गतेभित्र सबै जिल्लामा अधिवेशन सक्ने निर्देशन दिइएको भए पनि कोरोना भाइरसको सङ्क्रमण दर तीब्र रूपमा फैलिएकाले जिल्ला अधिवेशन प्रभावित हुने देखिएको पनि उनले जानकारी दिए ।
कालीकोटमा परिणाम १ बजे भित्रमा आउँदै
नयाँ नेतृत्वको लागि भएको नेकपा एमाले कालीकोटको मत गणना परिणाम अजौ परान्ह १ बजे भित्रमा आउने भएको छ ।
बिहिबार राती बाट शुरु एको मतगणनाको अहिलेसम्मको परिणम अनुसार संस्थापन समुहबाट लडेका जसीप्रसाद पाण्डेले झण्डै एक सय मतले अग्रता कायमै गरेका छन् । अहिले बिहान ११ बजेसम्मको मत गणनाको परिणाम अनुसार पाण्डेले अध्यक्षका प्रत्यासी रमेशकुमार शाहीलाई एक मतले पछि पारेका हुन् ।
उपाध्यक्ष पदका लागि पाण्डे समुहका दयाराम सिंखडाको जित लगभग निश्चित भएको छ । उनले प्रतिद्धन्द्धीमा अनिलबहादुर शाहीलाई १५० मतले पछाडि पारेका हुन् ।
जिल्ला कमिटिको सचिव पदका लागि भने शाही प्यानलका पारवति सिंह सञ्ज्याल र टेकबहादुर बुढा बिच कडा प्रतिष्पर्धा छ । उनिहरुबीच झिनो मतान्तरको फरक परेको बताइएको छ ।