काठमाडौं । क्रिप्टोकरेन्सी कारोवारमा संलग्न नहुन राष्ट्र बैङ्कले सबैलाई अनुरोध गरेको छ ।
नेपाली अर्थबजारमा पछिल्लो समय क्रिप्टो करेन्सी कारोवारमा संलग्न हुनेको सङ्ख्या बढ्न थालेपछि यस्तो अनुरोध गरिएको हो । भर्चुअल मुद्रा अर्थात अनलाइनबाट अनलाइनमा नै जोडिने र कारोबार गर्न नेपालमा रोक लगाइएको छ ।
क्रिप्टोकरेन्सी अनलाइन मुद्रा भएपनि यसलाई हामीले चलाउदै आएको पैसा जस्तो भौतिक रुपमा छुन वा कारोबार नमिल्ने भएकाले यसबाट ठगिन सक्ने भन्दै राष्ट्र बैङ्कले यसको कारोबारलाई रोक लगाएको छ ।
राष्ट्र बैंकले जारी गरेको मुद्रा विश्वका जुनसुकै स्थानमा चल्ने यसमा कुनै प्रकारको क्षति भए राष्ट्र बैङ्कले भरपाई गरेपनि क्रिप्टोकरेन्सीमा पारदर्शिता नेखिएको र रकम मात्रै बढिरहेको पाइएपछि यसलाइ नेपालमा खुल्ला नगरिएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले बताउनुभयो ।
क्रिप्टोकरेन्सीलाई साल्भाडोर र पेरुले कानुनी रुपमा नै मान्यता दिएका छन् भने अमेरिका, जापान, क्यानडा जस्ता देशले यसको माध्यमबाट कारोबार गरिरहेका छन् । भारतले पनि केही दिन अघि यसलाई खुल्ला गरेको छ । नेपालमा भने यो मुद्रालाई खुल्ला गर्ने नगर्ने बारेमा अझै बहस चलिरहेको छ । पर्याप्त जानकारी र कानून बिना यसको प्रयोग गर्न नहुने पूर्व अर्थसचिव रामेश्वर खनालले बताउनुभयो ।
१२ वर्ष पहिले जापानबाट सुरु भएको क्रिप्टोकरेन्सी अनलाइनको माध्यमबाट हुने रकमको कारोबार हो, जुन यसैसँग सम्बन्धित केही प्राबिधक शब्दहरूको प्रयोग गरेर चलाउन सकिन्छ । विश्व डिजिटल प्रविधि तर्फ उन्मुख रहेका अवस्थामा डिजिटल रूपैंयालाई मान्यता दिनुपर्ने वा दिन नहुने बारेमा नेपालमा मात्रै नभइ विश्वका धेरै मुलकमा बहस जारी नै छ ।