सिमकाेट । गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरूले सफथ ग्रहण खाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा जिल्लाका सातवटै गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सफथ ग्रहण खाएका हुन् ।
सफथ ग्रहणमा चंखली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही सहभागिता हुनु नभएको र अन्य ६ वटा गाउँपालिकाका अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत जगत बहादुर पौडेलले सफथ ग्रहण खुवाएका थिए ।
शुक्रबार हुम्लाका सातवटै गाउँपालिकामा भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र धांदलि रहित तरिकाले निर्वाचन सम्पन्न गरेकोमा सातवटै गाउँपालिका निर्वाचन अधिकृत, ४४ वटै वडाका मतदान अधिकृत, कर्मचारी र मतदाताहरुले निर्वाचन सम्पन्न गराएको पौडेलको भनाई छ ।
त्यस्तै सिमकोट गाउँपालिका नव निर्वाचित अध्यक्ष विजय भण्डारीले सिमकोट गाउँपालिका उपाध्यक्ष र वडा नम्वर १ देखि ८ सम्मका अध्यक्ष लगायत वडा सदस्यहरुलाई सफथ ग्रहण खुवाएका थिए ।
नव निर्वाचित जनप्रतिनिधिका तर्फबाट यो पटक गरेर दुइटा कार्यकाल खान सफल भएका खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले देश र जनताका नाममा सफत खुवाएर हुम्ला जिल्लाको कायपलट नै परिवर्तन गर्न लागि लिएको सफथको विश्वास दिलाउने र नियमवद्ध रुपमा कार्य पालना गर्ने खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।
त्यस्तै प्रमख जिल्ला अधिकारी परियार, खापूृनाथ गाउँपालिका निर्वाचन अधिकृत कमल कुमार आचार्य र नाम्खा गाउँपालिका निर्वाचन अधिकृत हरि प्रसात अधिकारीले नव निर्वाचित जनप्रतिनिधिहरुलाई टसिखाता र अविर लगाई सम्मान तथा स्वागत गरेका थिए ।