विवेक लोप्चन
काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं १ तल्लो सिमलचौरमा बुहारी हरी माया तामाङ (नाम परिवर्तन) माथी निर्घात कुटपिट गर्ने जेठाज्यु पर्ने‘दिले’ भनिने दिल बहादुर तामाङलाई हिरासतको लागि ५ दिन म्याद थप गरिएको छ । सिडियो कार्यालयले विहिबार म्याद थप गरिएको हो । जिप्रका का भ्रेकाइन्स्पेक्टर रजोस घिमिरेका अनुसार थप ५ दिन अनुसन्धानको लागि म्याद थप गरेको जानकारी दिए ।
कसरी भएको थियो घटना
२०७९ जेठ १६ गते सोमबार दिउँसो साँढे ४ बजे हरी माया (नाम परिवर्तन) आफ्नै घरमा घरायसी काममा व्यस्त थिए ।आफ्नो बारीमा कुखुरा गएको भनी सासु पर्ने कान्छी तामाङले गाली गलौज गर्दै घर माथीबाट ढुङ्गा मुढा गर्न थाले । हरी माया (नाम परिवर्तन) ले आफुले कुखुरा छोपेर राखेको र नगएको बताइन । अश्लील अपशब्द प्रयोग गर्दै गाली गलौज गरेपछी कान्छीमाया तामाङले हातपात गरिन । एक्कासी कान्छी तामाङका छोरा दिल बहादुर तामाङ आएर मुक्का प्रहार गरे ।
हरीमाया (नाम परिवर्तन) माथी दिल बहादुर तामाङले निर्घात कुटपिट गरे । घटनाका प्रत्यक्षदर्शिका अनुसार पीडित हरी माया (नाम परिवर्तन) को लुगा च्याते । उनी विक्षिप्त भइन । पीडित हरी माया (नाम परिवर्तन) ले हार गुहार गरिन तर उनको केही लागेन । प्रत्यक्षदर्शिले कुराकानीमा भने – ‘कान्छी तामाङको परिवार नै आएर हरिमाया माथी कुटपिट भयो । आमा र छोरा मिलेर कुटे अरु परिवारका सदस्यहरु मार मार भन्दै हौस्याइरहेका थिए ।’ प्रत्यक्षदर्शीका अनुसार दिल बहादुरले आफ्नी आमासंग रहेको हंसिया खोसेर प्रहार गर्नै लाग्दा युवराज तामाङले खोसेका थिए ।
घटनालाई ढाकछोप र मिलापत्र गर्ने कोशीस
घटनालाई ढाकछोप र मिलापत्र गर्ने अनेक कोशीस भएको त्यहाँका स्थानीयबासीले बताए । काभ्रे भञ्ज्याङ स्थित रहेको प्रहरी चौकीको टोली घटनास्थल पुग्यो ।
पिडक र पीडित दुवै पक्षलाई काभ्रे भञ्ज्याङ प्रहरी चौकिमा ल्याए । दिल बहादुर तामाङले प्रहरीसामु आफुले कुटपिट नगरेको भनिरहे । उनले आफुलाई लातहानेको र छुट्याउन जाँदा आमाले नै हरी माया (नाम परिवर्तन) लाई मुक्काप्रहार गरेको बताए ।प्रहरीसामु पिडकको आफन्तले खिचेको भिडियो देखाइयो र प्रहरीले दिल बहादुर तामाङलाई हप्काए । प्रहरीसँग दिल बहादुर तामाङले आफ्नो गल्ती स्विकार्दै आफु आमा र बुहारीलाई छुट्याउन जाँदा आफु एक्कासी बेहोस भएको र आफुले कुटपिट गरेको गैर जिम्मेवारपूर्ण अभिव्यक्ती दिए ।
प्रहरीले घाइते हरी माया र उनका आफन्तलाई २० हजार रुपैंया क्षतिपुर्ति दिने र मिलापत्र गर्ने बारम्बार कोशीस गरे । पीडित हरी माया (नाम परिवर्तन) ले आफुलाई यो भन्दा अगाडी पनि उनले कुटपिट गरेको र मिलापत्र नगर्ने बताए । पीडित हरी माया (नाम परिवर्तन) का अनुसार आफुमाथी जातिय विभेद गरी कुटपिट गरेको र अब यस्तो घटना आफुबाट कहिल्यै नहुने भन्दै दिल बहादुर तामाङले मिलापत्र गरेका थिए ।
घटनाको मिलापत्र गर्ने कोशीस असम्भव भएपछी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा पीडित र पिडक दुवै पक्षबिच इन्सपेक्टर रजोस घिमिरेको कार्यक्षमा छलफल भयो । राती करिब ११ः३० बजे पीडित पक्षलाई घर पठाइयो र पिडकसँग केही घण्टा छलफल गरेपछी पिडकलाई इन्सपेक्टर रजोस घिमिरेले १७ गते बिहान १०ः०० बजे प्रहरी कार्यलयमा उपस्थित हुने गरी घर जान भने । पीडित पक्षले इन्सपेक्टर घिमिरेलाई पिडकलाई किन थुनामा नराखी घर पठाइयो भन्ने प्रश्न गरे । उनले थुनामा राख्न नमिल्ने र दुवै पक्ष आएको हुनाले घर पठाइयो भने ।
१७ गते बिहान घाऊ जाँचको लागि प्रहरी कहाँ पीडित हरी माया (नाम परिवर्तन) ले निवेदन दिए । पुनः छलफलको लागि १८ गते आउनुस अहिले धुलिखेल हस्पिटलमा घाउ जांच गरेर आउनुहोस भने ।
जाहेरी लिन आनाकानी
१८ गतेको बिहान ११ बजे गाउँका स्थानियसहित पीडित हरी माया (नाम परिवर्तन) जि.प्र.का. धुलिखेल पुगे र दुवै पक्षलाई प्रहरी हवलदार के तामाङले छलफलको लागि बोलाए । दिल बहादुर तामाङले आफ्नो गल्ती स्विकारे र झगडा छुट्याउन जाँदा आफु एक्कासी बेहोस भएको आफुले कुटपिट गरेको हो भने जवाफ दिए ।
प्रहरी हवालदार तामाङले पीडित हरी माया (नाम परिवर्तन) लाई के गर्दा हुन्छ भनेर सोधे । हरी माया (नाम परिवर्तन) ले आफुमाथी आफ्नो घरमा एक्लै भएको मौका पारी गाली गलौज गर्दै कुटपित गरेको र यो भन्दा अगाडि पनि आफु
माथी कुटपिट भएको बताउँदै कानुन बमोजिम कार्वाही गर्न आग्रह गरे ।
छलफल पछी पीडित पक्षले ‘दिले’ भनिने दिल बहादुर तामाङ विरुद्ध जाहेरी दिए तर प्रहरीले लिन मानेनन् । जाहेरी लिन आनाकानी गरे । महिला सेलका प्रहरी अधिकारीले मुद्धा फाँटमा के कारण जाहेरी रोकियो भनेर सोधे । त्यसपछी प्रहरीले पुनस् छलफलको लागि दुवै पक्ष बोलाए । कानुन बामोजिम कार्वाही अगाडि बढाउन प्रहरीले जाहेरी लिए र दिल बहादुर तामाङलाई हिरासतमा राख्यो।
पीडितलाई धम्की
पिडितका अनुसार पिडकको आफन्तहरुले पीडित र उनका परिवारलाई ज्यान मार्ने दिदै आइरहेका छन । पीडितले दिल बहादुर तामाङ छुटेपछी राम्रो नहुने भन्दै पिडकका आफन्तले गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको बताउँदै आएका छन । पीडित हरी माया (नाम परिवर्तन) ले भनिन – ‘गाउँ घरमा दिल बहादुर तामाङको आफन्तले ज्यान मार्ने धम्की दिइरहेका छन । खुकुरी उदाएर राखेका छौ दिले निस्केपछी राम्रो हुँदैन भनेर भनिरहेको छ ।’ जि.प्र.का. काभ्रेमा आफुहरुले पिडक् पक्षबाट धम्की आएको भनी जानकारी गराएको बताए । ‘प्रहरीले केही पर्यो भने फोन गर्नु भनेका छन ।’ पीडित हरिमायाले बताइन ।