सिमकोट । हुम्ला सदरमुकामसमेत रहेको गाउँपालिकाकैं १ सय ५ जना सुत्केरीले सरकारद्धारा प्रदान गर्दै आएको सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् ।
गाउँपालिकाको वडा नम्वर १ देखि ८ सम्मका १ सय ५ जना सुत्केरी महिलाले कर्णाली प्रदेशले उपलव्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता नपाएको बताएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी भएबापत कर्णाली प्रदेश सरकारले प्रत्येक सुत्केरी महिलालाई २ हजार रुपैयाँका दरले उक्त प्रोत्साहन स्वरुप भत्ता उपलव्ध गराउँदै आएको छ । तर सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा सुत्केरी भएकी महिलाको संख्या बढि र प्रदेशले छ्ट्याएको रकम कम भएका कारण यहाँका करीव १ सय ५ जना सुत्केरी महिलाले उक्त भत्ता पाउनबाट बन्चित भएका हुन् ।
चालु आर्थिक वर्ष २०७८।०७९ को कर्णाली प्रदेशबाट उपालव्ध गराउँदै आएको सो भत्ता आथिक वर्षको अन्तसम्म पनि नपाएपछि सिमकोट गाउँपालिकाका सुत्केरी महिलाले गुनासो गरेका हुन् । सुत्केरी महिलाका लागि प्रदेश सरकारले पोषण प्याकेज भत्ता भन्दै २ हजार रुपैया छुट्याउने गरेको भएपनि आफूहरुले सुत्केरी महिलाहरूले उक्त आर्थिक वर्षको अन्त्यसम्म पनि नपाएको स्थानीय गीता परियारले गुनासो गरिन । उनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी भए मार्फतको ३ हजार संघ सरकारको ससेत अनुदान मार्फतको रकम आफूले पाउने भएपनि प्रदेश सरकारले कर्णाली पोषण प्याकेज भनेर छुट्याएको रकम नपाउँनु दुःखद हो ।
यस भन्दा पहिले उक्त रकम स्वास्थ्य सेवा कार्यालयमा आउने र यो वर्षबाट प्रदेशले गाउँपालिका मताहतमा पठाने गरेको हुँदा स्वास्थ्यकर्मी आफै अन्यौलमा परेका छन् । प्रदेश सरकारले उपल्बध गराउने सुत्केरी भत्ताका बारेमा सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले असार २० गते ९२ हजार रकम निकासी भएको थियो भएपनि गाउँपालिकाका सुत्केरी महिलाहरुका लागि प्रयाप्त नभएपछि आफुले पुनः बजेटको माग गरेको प्रतिक्रिया दिए । आप्mनो मागलाई कर्णाली प्रदेश सरकारले स्विकृत गरेर रकम निकासा नगरेका कारण वितरणमा समस्या आएको हो ।
जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले प्रदेशबाट उपलव्ध हुने सुत्केरी प्रोत्साहन भत्ता गाउँपालिका मार्फत वितरण हुने विषयमा विभिन्न समयमा गाउँपालिका स्वास्थ्यकर्मीहरूलाई जानकारी गराएको बताइन । ‘गाउँपालिका भन्दा सिममकोट गाउँपालिकामै जिल्ला अस्पताल रहेको र स्वास्थ्य संस्थामा भन्दा जिल्ला अस्पतालमै सुत्केरी हुनेको संख्या बढि हुनसक्छ भनेर सिमकोट गाउँपालिकालाई कम वजेट पठाउन सक्छ’ बोहोराले भनिन, ‘सरोकारवालाले समयमै ख्याल नगरेका कारण पनि सुत्केरी महिला पाउने रकमबाट बञ्चित भएका हुन् ।’
जिल्लाका सात वटा गाउँपालिकामध्ये चंखेलीमा १ लाख ५० हजार, ताँजाकोटमा ६ लाख, नाम्खामा ३ लाख रकम निकासी भई वितरणको प्रकृयामा रहेको स्वास्थयकर्मीहरुले जनाएका छन् । तर सिमकोट गाउँपालिकामा भने प्रदेशले पठाएको रकम भन्दा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढि भएपछि यस्तो समस्या आएको हो ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १८:५९