सिमकोट । कर्णाली कोरिडोर राजमार्गबाट भर्खर ट्रयाक खुलेको हुम्लाको सर्केगार्ड, चंखेली, अदानचुली र ताँजकोटमा ठगीको नयाँ भेरियन्टले स्थानीय ठगिन शुरु गरेका छन् ।
सडक सञ्जालले जोडिएसँगै यातायातमा केही सहज भएको हुम्लाको मध्ये र दक्षिण क्षेत्रमा लाइसेन्स, विलवुक नभएका मोटरसाइकलले गैर कानूनी रुपमा यात्रु सार्ने समस्या निकै बढ्दै गएको छ । जिल्लाको मध्ये र दक्षिण क्षेत्रका गाउँपालिकामा स्थानीयलाई मोटरसाइकबाट यातायातको सुविधा दिने फटल सेवाका नामम ठूलो ठगी शुरु भएको छ ।
जिल्लाको सर्केगार्ड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकामा लाइसैनस नभएका, हेमेट नलगाएका र एकै मोटरसाइकलमा तीन जनालाई चढाएर चर्को शुल्कमा यात्रु ओसारपसार गरिरहेका मोटरसाइकल चालकहरुले प्रदान गर्ने फुटल सेवाबाट निकै धेरै ठगिने गरेको त्यस क्षेत्रकाका यात्रुहरुले बताउने गरेका छन् ।
चंखेलीको सलिसल्लादेखि सर्केगाड, सलिसल्लादेखि चंखेलीसम्म स्थानीय यात्रुलाई ओसार्दै आएका फुटल व्यवसायीहरुले निकै जोखिमपूर्ण यात्रु ओसार्ने र यात्रुबाट चर्को भाडा असुल्ने गरेको आप्mनो नाम नबताउने सर्तमा चंखेलीका एकजना यात्रुले गुनासो गरेका छन् । सलिसल्लादेखि ९ किलोमिटर दुरीको सर्केगाडको २ हजार रकम ति व्यवसायीले असुल्ने गरेका छन् भने दुई किलोमिटरको दूरीमा रहेका चंखेलीको एक हजारदेखि एक हजार पाँच सय रुपैयासम्म भाडा असुल्ने गरेको ति यात्रुले रेडियो कर्णाली आवाजसन्ग गुनासो गरे ।
लाइसन्स नभएका मोटरसाइकल चलाउने, विलबुक नगरेका मोटरसाइकल चालकले मनपरी तरिकाले भाडा असुल्दैं यात्रुलाई निकै जोखिपूर्ण तवरले यात्रु ओसार्दा स्थानीय स्तरको दुर्घटनाको संख्यामा पनि वृद्धी भएको स्थानीय वासिन्दाको दावी छ । एकै मोटरसाइकलमा कच्ची रोडमा तीनजनालाई बोक्दा धेरै स्थानमा मोटरसाइकल लडाउने गरेका कारण थप समस्या हुने गरेको छ । हेलमेट समेत नलगाएका चालकले मनपरी तरिकाले ट्राफिक नियम विपरितका क्रियाकलापलाई स्थानीय सुरक्षा निकाय र प्रशासनले भने केहि नगरेको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।
अध्ययन गरेर दोषीलाई कारबाही गर्छौ– डिएसपी ओझा
नियम विपरितका कार्य गरिरहेको अवस्थामा प्रहरी आउने तर हेरेर फर्किने गरेकाले थप त्यस्ता गतिविधिले बढवा पाएको बताइएको छ । तर जिल्लामा त्यस्ता गतिविधिका बारेमा जानकारी नआएको जिल्ला प्रहरी प्रमुख कृष्णराज ओझाले बताए ।
आफूले पहिलो पटक त्यस्तो काम भएको जानकारी पाएको बताउनु भएका प्रहरी नायव उपरिक्षक ओझाले अध्ययन गरेर दोषी उपर कारबाही गर्ने चेतावनी दिए । जिल्लाको मध्ये र दक्षिण क्षेत्रमा ट्राफिक प्रहरीको व्यवस्था गरेको बताएका प्रहरी प्रमुख ओझाले पहिलो पटक त्यस्तो समस्याका बारेमा जानकारी पाएको बताए ।
“तपाईको सूचनाले मात्रै जिल्लाको तल्लो क्षेत्रमा यात्रु ठगिएको र लाइसेन्स नभएर मोटरसाइकल चलाउने गरेको थाहा पाएका छौं”, प्रहरी उपरिक्षक ओझाले नेपालवोटसँग भने, “अब त्यसका बारेमा थप खोजविन गरेर दोषीलाई कानूनी कारबाही गछौं ।”