सिमकोट । गएको दुई सातामा हुम्लानमा ८ सय ३५ जना विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् ।
धार्मिक र सांस्कृतिक महत्व बोकेको कैलास मानसरोवारको नेपाली भूमिबाट दूरदर्शन गर्न सकिने भएपछि छोटो समयमा यति धेरै पर्यटकले भ्रमण गरेका छन् ।
गएको भदौं ७ गते देखि छिमेकी मुलुक भारत लगायतका देशबाट आउन शुरु गरेको बाह््य पर्यटकमध्ये अहिले सम्म ८ सय ३५ जना पर्यटक जिल्ला भित्रिएको नेपाल प्रहरीको सिमकोट विमानस्थल चौकीले जानकारी दिएको छ ।
अहिलेसम्म आएका ८ सय ३५ जनामध्ये १ जा भूटानका, २ जना क्यानडाका, १ जना अष्ट्रेलीयाका र बाँकी ८ सय ३१ जना भारतीयमूलका पर्यटकले हुम्ला भ्रमण गरेका छन् । भारतीइ मुलका पर्यटकमध्ये पनि भारतको नागरिकता त्यागेर अन्य देशमा बसेको नागरिक भएको विमानस्थल स्रोतले जनाएको छ ।
जिल्लामा बाह्य पर्यटकको संख्यामा वृद्धि भएसँगै जिल्लाका सिमकोट र नाम्ख गाउँपालिकाको आन्तरिक आम्दानी समेत वृद्धि भएको हो । भारतबाट आउने प्रति पर्यटकबाट एक हजार एक सय त्यो भन्दा बाहिरका पर्यटकबाट स्एक हजार पाँच सय रकम राजश्व स्वरुप उठाउने प्रावधान अनुसार जिल्लाका सिमकोट र नाम्खालाई गरेर झण्डै दश लाख भन्दा बढि राजश्व संकलन भएको नाम्खाका लागि पर्उटकबाट राजश्व उठाउन सिमकोट विमानस्थलमा खटिएका कुम्मेर रोकायाले जानकारी दिए ।
‘जिल्लामा आएका बाह्य पर्यटकबाट संकलन गरिने रकमको ६० प्रतिशत सिमकोट गाउँपालिकाले लिने र ४० प्रतिशत नाम्खा गाउँपालिकाले लिने व्यवस्था अनुसार अहिलेसम्म सिमकोटमा नौ लाख ८७ हजार ५०० भन्दा बढि रकम राजश्व स्वरुप संकलन भएको छ’ रोकायाले नेपालवोटसँग भने ‘पर्यटक शुल्कवापत नाम्खा गाउँपालिकाका लागि दुई सातामा पाँच लाख ८७ हजार एक सय बढि रकम संकmन भएको छ ।’
जिल्लामा आउने पर्यटकबाट राजश्व रकम संकलन गर्नकालागि सिमकोट गाउँपालिकाले दिपेन्द्र भण्डारी र प्यारी रावत, नाम्खा गाउँपालिकाले कुम्मेर रोकायालाई जिम्मा दिएको छ ।