सिमकोट । नेपाली भूमिबाटै कैलास मानसरोवरको (दूर) दर्शन गर्न ९ सय भारतीय पर्यटक हुम्ला पुगेका छन् ।
गएको भदौ सात गतेदेखि हवाई मार्ग भएर सिमकोट आउन शुरु गरेका भारतीय पर्यटकको संख्या विहिबारसम्म ९ सय ५५ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणले चीनले अन्तरािष्ट्रय नाका बन्द गरेपछि हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चा भञ्ज्याङबाट दूरदर्शन गर्नका लागि दुई सातामा साढे नौं सय भारतीय पर्यटक हुम्ला पुगेका हुन् । धार्मिक र सांस्कृतिक महत्व बोकेको कैलास मानसरोवारको नेपाली भूमिबाट दूरदर्शन गर्न सकिने भएपछि छोटो समयमा यति धेरै पर्यटकले भ्रमण गरेको सिमकोट विमानस्थल सुरक्षागार्ड प्रमुख प्रहरी सहायक निरिक्षक मनिस गुरुङ जानकारी दिए । उनका अनुसार विहिबारसम्म सिमकोट भएर आउने पर्यटकहरुमध्ये १ जना भूटानका, २ जना क्यानडाका, १ जना अष्ट्रेलीयाका र बाँकी ९ सय ५१ जना भारतीयमूलका धार्मिक पर्यटक छन् ।
‘विहिबारसम्म ५ सय ६७ महिला र ४ सय ४९ पुरुष पर्यटकले हुम्लाबाट मानसरोवरको दर्शन गरेका छन् भने दर्शन गरेर २ सय ६४ महिला र २ सय २० पुरुष पर्यटकले हुम्ला भ्रमण गरेर विमानसथ्ल हुँदै जिल्ला छोडेका छन् । जिल्ला आउनेको संख्या हरेक दिन ६० का दरले बढ्दै गएको छ’ प्रहरी सहायक निरिक्षक गुरुङले भने ।
गएको २ वर्ष देखि चनीको स्वशासीत क्षेत्र तिब्बत र हुम्लाको हिल्सा नाका बन्द भएपछि जिल्लामा आउने पर्यटकको संख्या सुन्य थियो । भौतिक रुपमा कैलास मानसरोवरको दर्शन गर्न नाका बन्दले संभव नभएपछि वैकल्पीका मार्गका रुपमा गएको तिन वर्षदेखि नाम्खा गाउँपालिका ६ को लाप्चा भञ्ज्याङबाट सहजै रुपमा दूरदशर्न गर्न सकिने कुरा प्रचारमा आएपछि गएको वर्षदेखि भारतीय पर्यटकहरुको आवागमन शुरु गएको छ ।
गएको वर्ष चर्चित भारतीय योग गुरु ‘सद्गुरु’ले लाप्चाबाट कैलास मानसरोवरको दर्शन गरेपछि यो वर्ष पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिए । गएको वर्षपनि ठूलै संख्यामा आएका सद्गुरुले स्थलमार्गबाट दूरदर्शन गरेको खबर फैलिएपनि यो वर्ष एक हजार चार सय भन्दा बढि भारतीय धार्मिक पर्यटकले हुम्लाको भूगोल लाप्चाबाट कैलाशको दर्शन गरेका हुन् ।
स्थानीय तहलाई दश लाख राजश्व संकलन
जिल्लामा आएका धार्मिक पर्यटकहरुबाट जिल्ला स्थानीय तहका लागि पर्यटक शुल्क वापत साढे १० लाख राजश्व संकलन भएको छ ।
जिल्ला भएर आउने प्रति भारतीय पर्यटक स्थानीय तहले लिने एक हजार १ सय र त्यस बाहेकका देशबाट आउने पर्यटकका लागि १ हजार ५ सय शुल्क लिने नीति अनुसार जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाका लागि दुई सातामा १० लाख ५० हजार बढि राजश्व संकलन भएको नाम्खा गाउँपालिकाका कर्मचारी कुम्मेर रोकायाले जानकारी दिए । उनका अनुासर पर्यटक शुल्कवापत संकलन भएको राजश्व रकमको ६० प्रतिशत सिमकोट र ४० प्रतिशत नाम्खा गाउँपालिकाले उठाउने सहमती भएको छ ।
जिल्लामा आउने पर्यटकको रेकर्ड राख्न र राजश्व संकलन गर्न नाम्खा गाउँपालिकाले रोकाया र सिमकोट गाउँपालिकाले दिपेन्द्र भण्डारी र प्यारी रावतलाई विमानस्थलमा खटाएको छ ।
पर्यटकले भरिए हुम्लाका होटल
कैलास मानसरोकारको दर्शन गर्न आएका भारतीय पर्यटकहरुको संख्या ह्वात्ते बढेपछि जिल्ला सदरमुकामका होटेलहरु पर्यटकले भरिएका छन् ।
नेपाली भूमि नाम्खा गाउँपालिकाको लाप्चा भञ्ज्याङ बाट बाट मानसरोवर कैलाशको दूरदर्शन गर्न धार्मिक पर्यटकहरुको चाप बढेपछि सिमकोटका होटलमा पर्यटकको चाप बढेको हो ।
दुई वर्ष बढीको समयसम्म कोरोनाले सुनसा नबनेका हाम्रा होटेलमा यो वेला भने केहि पर्यटकहरु आएको कैलाश होटल सिमकोटकी सञ्चालक पेमा लामाले बताइन् । ‘ठूलो लगानी गरेर सञ्चालन गरेको होटेलमा दुई वर्षपछि बल्ल राहत मिलेको छ उनले थपिन्, ‘सद्गुरुका कारण भारतीयमूलका पर्यटकहरुको आगमन भएपछि होटेल व्यवसाय दुई वर्ष अघिकै लयमा फकिएको अनुभव हामीले गरेका छौं ।’
पर्यटकको संख्या छोटो समयमा ह्वात्तै बकढेपछि उनिहरुलाई व्यवस्थापन गर्न भ्याइ नभ्याइ भएको बीजय होटेलका सञ्चालक बबीजय लामाले बताए । आप्mनो होटलमा अहिले दैनिक ८० जनाभन्दा बढी पर्यटक बस्ने गरेको जानकारी उनले दिए ।