काठमाडौं । विश्वकप फुटबल अन्तर्गत अहिले ब्राजिल र क्रोएसियाबीचको पहिलो क्वाटरफाईनलको खेल भइरहेको छ।
नेपाली समय अनुसार पौने ९ बजे देखि सुरु भएको यी दुई बिचको खेलमा मध्यान्तर सम्म दुबै टोलीले कुनै गोल गर्न सकेका छैनन्। बल नियन्त्रणमा ब्राजिल अगाडि रहे पनि गोल भने गर्न सकेन ।
आजको खेलमा ब्राजिलले यस अघि दक्षिण कोरिया विरुद्ध खेलेकै खेलाडीलाई मैदानमा उतारेको छ। त्यसैगरी क्रोएसियाले चाहिँ जापान विरुद्ध उतारेको दुई खेलाडीलाई परिवर्तन गरेको छ।
ब्राजिल प्लेइङ ११
एलिसन, ड्यानिलो, थियागो सिल्भा (कप्तान), मार्किन्हस, एडर मिलिसाओ, क्यसेमिरो, लुकास पाक्वेटा, नेयमार, राफिन्हा, भिनिसियस जुनिअर, रिचार्लीसन
क्रोएसिया प्लेइङ ११
डोमिनिक लिभाकोभिच, डेजान लोभ्रेन, जोस्को भार्दिओल, बोरना सोसा, जोसिप जुरानोभिच, माटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, लुका मोड्रीच (कप्तान), मारियो पासालीच, इभान पेरिसिच, आन्द्रे क्रामारिच