सिमकोट । हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडलले सञ्चार जगतबाट आफू (स्थानीय प्रशासन)ले सकारात्मक सहयोगको आशा र अपेक्षा गरेको बताएका छन् ।
भरखरै मात्र सुरुवा भएर हुम्ला जिल्ला प्रशासनको नेतृत्व लिएका अधिकारी पौडेलले स्थानीय प्रशासनलाई सफल पार्न सञ्चार जगतको ठूलो भूमिका हुने भएको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
पर्वत जिल्लाबाट सरुवा भएर हुम्लामा आउनु भएका पौडेलले सञ्चारकर्मीहरुले सहयोग र समन्वय गर्नुभएमा जिल्लामा हुने जुनसुकै कामलाई पनि सहज ढङ्गले सफल पार्ने प्रतिवद्धता व्यक्त गरे ।
यस अघि जिल्ला प्रशासन कार्यालयले गर्दै आएको कामको हौसला दिंदै आफू नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा रहे पनि सकेसम्मका विकासे योजना, सुरक्षाका सवाल, जिल्लामा अति आवश्यक पर्ने विधुत, सडक, सञ्चार, खानेपानी, हवाई उद्धार, खाद्यान्न लगायतका यावत विषयलाई पहिलो प्रथामिक्तामा राख्ने उल्लेख गरे ।
जिल्लामा कार्यरत क्रियाशिल पत्रकारहरुसंग भेडघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेका अधिकारी पौडेलले हुम्ला जिल्लाका लागि नयाँ भएकाले स्थानीय विषयमा बुझ्ने क्रम जारी रहेको र अधिकांस व्यक्तिहरुसंग परिचय गर्ने कार्य पनि भई रहेको बताए ।
पत्रकारसंग परिचयात्मक कार्यक्रममा बोल्दै हुम्ला जिल्लामा देखिएका हरेक समस्यालाई आफूले प्रदेश हुँदै संघ सरकार समक्षा पहल कदमीका लागि पहिलो प्रथामिक्तामा राख्ने जानकारी दिए । त्यस्तै जिल्ला प्रशासनबाट हुने शुशासन कायम, सेवाप्रावहमा सहजता गरिनुका साथै जिल्ला प्रशासन कार्यालय संधै प्रादशिक रुपमा चुस्तदुरुस्त बनाउने तर्फ सदैव लागि पर्ने विश्वास दिलाए ।
कार्यक्रममा सहभागि भएका पत्रकारहरुले पछिल्लो समय प्रशासनले निर्धारण गरेको गाडि भाडाको दररेड एकरुप्ता, सडक निर्माण कार्यलाई तिव्रता, बजार अनुगमनदेखि लिएर सरसफाई लगायतका थुप्रै विषयलाई उठान गर्दै यसको समाधानका लागि परिणाममूखि कदम चाल्न आग्रह गरे ।