सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र हुम्ला जिल्लामा राष्ट्रिय साप्ताहिक पत्रिका फिल्को मिसन विमोचन भएको छ । बुधबार एक कार्यक्रमका विच जिल्लाका लागि नयाँ राष्ट्रिय साप्ताहिक पत्रिका फिल्को मिसन विमोचन भएको हो । विमोचन कार्यक्रममा बोल्दै सडक सञ्जालसँग नजोडिएको एक मात्र हुम्ला जिल्लामा यो पत्रिका पृथक रहेको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।
सदरमुकाम सिमकोटमा बिमोचन तथा उद्वघटन गरिएको फिल्को मिसन साप्ताहिक पत्रिका उद्वघटन गर्दैँ प्रजिअ पौडेलले यस्तो बताएका हुन् । सडक सञ्जालसँग नजोडिएको जिल्लामा साप्ताहिक राष्ट्रिय पत्रिका नियमितता दिने काम सहराननिय रहेको प्रजिअ पौडेलको भनाई छ ।
पत्रपत्रिका अध्ययनशिल व्यत्तिका लागि लत हुने भएकोले फिल्को मिसन पत्रिकाले पाठकहरूलाई पनि अध्ययन गर्न लतको रूपमा अघि बढ्न उद्दघाटन कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले जानकारी दिए । हुम्ला जिल्ला अन्य जिल्ला भन्दा पृथक भएकोले पत्रकार समाजको पहरेदारीको रूपमा भुमिका खेल्नुपर्न प्रजिअ पौडेलले बताए ।
पत्रिका उद्वघटन कार्यक्रममा सञ्चार क्षेत्र सत्य तथ्य निष्पक्ष रूपमा अगाडी बढ्नुपर्ने सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकायाले बताइन । उनले पत्रकारिता क्षेत्र एक निष्पक्ष हुने भएकोले विकास निर्माणमा समेत टेवा पुुगाउने बताइन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा बढी केन्द्रीत हुने भएकोले पत्रपत्रिका प्रेरित गर्न आवश्यक रहेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । जिल्लामा हुने विकृति, विसंगतिका विषयमा फिल्को मिसन साप्ताहिक पत्रिकाले सत्यतथ्य सुचना सम्प्रेशनण गर्न सुझाव दिए ।
फिल्को मिसन साप्ताहिक पत्रिका उदघाटनमा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला रोकाया, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराई, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रहरी नायब उपरिक्ष शंकरसिह धामी, राष्ट्रिय अनुसन्धानका नायब उपरिक्षक सत्यबहतदुर रावत, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिलक भट्टराई लागयतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।