सिमकोट । फागुन २४ गते मार्च ८ तारिखमा हुने ११३ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बाल विवाह न्युनिकरण सम्बन्धिको जनचेतना मुलक कार्यक्रम सन्चालन गरिएको छ । मङगलबार नेपाल अष्ट्रिया साझेदारी संस्थाको आयोजनामा बाल विवाह न्यनिकरण सम्वन्धि देउडा गित मार्फत जनचेतान मुलक कार्यक्रम सन्चालन गरिएको हो ।
सिमकोट गाउँपालिका–५ र ६ मा सञ्चालन गरिएको जनचेतना मूलक कार्यक्रममा बोल्दै संस्थाका संयोजक छेपालदोर्जे लामाले जिल्लामा बाल विवाह गर्नेको संख्यामा वृद्धि हुँदै गएपछि विगतका वर्ष झैँ यो वर्ष पनि आफ्नो संस्थाले बाल विवाह न्यनिकरण तथा रोकथाम गर्ने उदेश्यका साथ विभिन्न स्थानमा जनचेतना मूलक कार्यक्रमहरू सन्चालन गर्दै आएको बताए ।
उनले बाल विवाह न्युनिकरण सम्बन्धि सिमकोट गाउँपालिकाका–५ र ६ का महिला समूहमा आवद्ध महिलाहरुले देउडा गीतबाट बाल विवाह विरुद्धको रोकथाम गर्ने सम्वनिधका सवाल र जवाफ दिंदै देउडा खेलको आयोजना गरिएको बताए ।
हरेक वर्ष मार्च ८ तारिखका दिनमा मनाउने गरिएको नारि दिवस गाउँका महिलाहरुलाई जागरुक बनाएर बाल विवाह कम गर्ने लक्ष्यकासाथ यो कार्यक्रमको थालनी गरिएको संस्थाका संयोजक लामाको भनाई छ ।
कार्यक्रममा सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चिन रावतले गाउँमा सचेतना सम्वनिधका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेमा महिलाहिंसा, घरेलुहिंसा र बाल विवाह लगायतका विभिन्न घटनाहरु निर्मुल हुने विश्वास व्यक्त गरे ।
त्यस्तै गाउँघरमा हुने अधिकांश अपमान र हिंसा लुकाएर नबस्न सिमकोट गाउँपालिका–६ का वडाध्यक्ष नन्द रावतले जानकारी दिए । समाजमा हुने बाल विवाह हिंसा लुकाउनु भन्दा महिलाहरु सक्रिय रहेर अघि बढ्न द्धय वडाध्यक्षको भनाई छ ।
दुवै वडाका गरेर २० वटा महिला समूह र वडा नम्वर ४ का देउडा खेलमा सहभागि भएका महिलाहरुलाई प्रोत्साहनका स्वरुप संस्थाले २६ हजार रुपैयाँ प्रदान गरेको थियो । खेलमा सहभागि हुँदै स्थानीय महलाहरुले नेपाल अष्ट्रिया साझेदारी संस्थाले विभिन्न समयमा दिएको प्रशिक्षणका कारण यतिवेला हरेक सभामा बोल्न र भन्न पाउने साहस बढेको भनाई राखेकी थिइन् । ६ नम्वरको तिनधारमा विहान ८ वजे र ५ नम्वर वडाको चौपाडीमा दिउसो १ वजे कार्यक्रम सन्चालन गरिएको थियो ।