सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट र छिमेकी गाउँपालिका नाम्खाविच थप सम्वन्ध प्रगाढ बनाउनका लागि समोनायात्मक तथा साझेदारी सम्झौता गरेको छ । छिमेकी गाउँपालिका रहेका यी दुई गाउँपालिकाले एक आपसमा थप समन्वय गरेर अघि बढ्ने भन्दै मङगलबार विहान सिमकोट गाउँपालिकामा एउटा बलियो सम्झौता गरेको हो ।
कुनै पनि काम कार्यहरु समोनायात्मक र साझेदारी भएर अघि बढ्ने जनाउँदै दुवै गाउँपालिकाका अध्यक्ष द्धय विजय भण्डारी र प्रेम लामाको साझेदारी सम्झौतामा हस्ताक्षर गरिएको छ । गाउँपालिका कार्यालयमा बसेको समोनयात्मक बैठकले आगामी ०८० सालको जेठमा सञ्चालन हुने स्वास्थ्य शिविरका लागि यी दुईवटा गाउँपालिकाले समन्वय गरेर कार्यगत अघि बढाउने भएको छ ।
सदरमुकाम सिमकोट स्थित सिमकोट नागरिक पर्यटन उड्यान प्राधिकरणको प्रङगाडमा व्यवस्थापन तथा मर्मत संभार गर्नका लागि लगत स्टेमेट गरि सो लागत अनुमान अनुसार दुई गाउँपालिकाले व्यहार्नुका साथै ०७९ चैत मसान्तसम्म सम्पन्न गर्ने उक्त हस्ताक्षेरीत सम्झौतामा उल्लेख गरिएको छ ।
सोही गाउँपालिकाको पर्यटकीय सुचनाको लागि ब्रोसर पर्यटकीय सुचना बोट ०७९ चैत १५ गतेसम्म सम्पन्न गर्ने, आन्तरिक पर्यटक तथा वाहिय पर्यटक जिल्लाको नाम्खा र सिमकोट गाउँपालिका हुँदै लिमि लाप्चासम्म आगामन हुने भएकाले फोहोर व्यवस्था तथा सहजताका लागि नाम्खा गाउँपालिकाको टाक्चिमा खाने पानी तथा सौचालयको व्यवस्थापन गर्ने भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।
त्यसै गरी सिमकोट र नाम्खा गाउँपालिकाको अन्तर सम्वन्धलाई आत्मासाथ राख्न र अझैँ लामो समयसम्म सम्वन्धको लागि अवोलोकन भ्रमण गर्ने, सिमकोट गउँपालिका अन्तरगत पर्ने सिमकोट लाक्ना लिमि चाप्चा सडक अन्तरगत आवसीय विद्यालयदेखि चिसामुल सडक मर्मत गर्न सिमकोट र नाम्खा गाउँपालिका विचमा पर्ने हेप्का खोला काठेकपुल तत्काल मर्मतका लागि पुर्वधार विकास कार्यालयलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको ।
त्यस्तै सिमकोट गाउँपालिकाले अवदेखि अन्य गाउँपालिकासँग पनि समोनायात्मक तथा साझेदारी कार्य गर्ने भएको अध्यक्ष भण्डारीले जानकारी दिए ।