सिमकोट । सिमकोट गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सिमकोटमा शुरु भएको छ ।
पालिकाको वडा नम्बर ७ को कैलास माध्यमिक विद्यालयको आयोजना र सिमकोट गाउँपालिकाको व्यवस्थापनमा प्रतियोगिता शुरु भएको छ । सिमकेटको खेलमैदानमा आजदेखि शुरु भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्दीर सिंहको अध्यक्षतामा शुरु भएको प्रतियोगितामा शुरु भएको प्रतियोगितामा पालिकाका सात वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको छन् । माध्यमिक विद्यालय स्तरिय प्रतियोगितामा सिमकोट गाउपालिका वडा नम्बर २ को रामदेव माध्यमिक विद्यालय, ३ को रलिगं माद्यमिक विद्यालय, ५ को वालमन्दिर माध्यमिक विद्यालय, ६ को मानसरोवर माध्यमिक विद्यालय, ७ का कैलास र कर्णाली माध्यमिक विद्यालय र ८ को सैपाल माद्यमिक विद्यालयको सहभागिता रहेको आयोजक कैलास माध्यमिक विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन शत्रमा प्रतिनिधि सभा सदस्य छिरिङडम्डोल लामा कार्चेन, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावल, मानसरोवर नमुना माध्यमिक विद्यलायका प्रचार्य अमरबहादुर शाही र कैलास माध्यमिक विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढाले शुभकामना मन्तव्य राख्नु भएको आयोजक कैलास माध्यमिक विद्यालय डाँडाफयाका व्यवस्थापन समिति अध्यक्ष मन्दीर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उद्घाटनमा गत वर्षको बिजेता मानसरोवर र उपबिजेता वालमन्दीर माध्यमिक विद्यालय बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । उक्त खेलमा बालमन्दीरलाई पराजित गर्दै मानसरोवरले खेल जितेको छ ।
लथालिंग खेल मैदान निर्माणको जस लिदैं नेता र शिक्षक
नेपाल सरकार, कर्णाली प्रदेश सरकार र जिल्लाका स्थानीय तहहरुको ठूलो लगानीमा सिमकोट खेल मैदान निर्माणको काम शुरु भएको लामो समय भएपनि निर्माण सम्पन्न नहुँदा अपुरो मैदानमै फेरी सिमकोट गाउँपालिकाका माध्यमिक विद्यालय स्तरिय राष्ट्रत रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । तर सोही खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन शत्रमा जिल्लाका सांसददेखि विद्यालयका शिक्षकले मैदान निर्माणको जस आफू संलग्न रहेको राजनीपतक दललाई दिन भ्याएका छन् ।
करोडौको बजेटमा निर्माणको काम शुरु भएको लामो समयसम्म पनि लथालिंगको अवस्थामा रहेको सिमकोट खेल मैदानमा आजदेखि शुरु भएको सिमकोटको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उद्घटान मन्तव्य व्यक्त गर्दै हुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य छिरिङ डम्डोल लामा (कार्चेन)ले जिल्लाको खेल मैदान निर्माण आफू संलग्न भएको दल माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला आएको बेला तत्कालै तीन करोड रकम विनियोजन गरेर खेल मैदान निर्माण भएको दावी गर्दै गरे । खेल मैदान निर्माणको शुरुवात आफुहरुले गरेको घुमाउरो दावी गर्नु भएका पुर्वमन्त्री समेत रहनु भएका सांसल लामाले खेल मैदान निर्माणको बाँकी काम आप्mनो कार्यकालमा सम्पन्न गर्ने बाचा समेत गरे ।
‘जिल्लाको खेल मैदानको लागि जिल्लालाई ठूलो आवश्यकता छ भनेर हामीले उहाँ (प्रचण्ड) जिल्ला आएको वेला माग गरेका थियौं’ उनले थपे प्रचण्डा कमरेडले तत्कालै मौखिक रुपमा तीन करोड रकम दिने घोषणा गर्नु भएको हो ।’
खेल मैदानको बाँकी निर्माणको कामका लागि आफूले पहल गर्ने बताएका लामाले हुम्लाका सवाल संसदमा उठाउने बताए ।
प्रतिनिधि सभा सदस्य लामा मात्रै होइन गाउँपालिकाबाट प्रतियोगिता आयोजनको जिम्मा पाएको कैलास माध्यमिक विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढाले स्वागत मन्तव्यमा समेत राजनीतम रंग दिने भनाई राख्दै खेलकुद मैदानको निर्माणको जस माओवादीका अध्यक्ष नेतृत्वको सरकारलाई दिन समेत चुक्नु भएन । तर झट्ट हेर्दा खेल मैदान निर्माणमा ठूलो रकम खर्चिएपनि रकम अनुसार निर्माणको कामले सर्थकता नपाएको अनुमान गर्नेको संख्या कम छैन् ।
जिल्ला सदरमुकाम सिमकोटमा एउटा खेल मैदान पनि नभएकाले आयोजित खेल प्रतियोगिताहरु माथिल्लो बजारमा भएको जिल्ला प्रशासनको खाली जग्गामा र रानीवनका निजि जग्गमा सञ्चालन हुँदा २०७६ सालमा जिल्लाका राजनीति दल, खेलकुद विकास समिति र सरबकारलाई दवाव दिन रेडियो कर्णाली आवाजले जिल्लामा खेलकुद मैदान निर्माणको नैतिक दवाव स्वरुप तिहारमा द्येउसी भैलो खेलेर ७५ हजार सरकारी खातामा जम्मा गरेको बताइएको छ ।