सिमकोट । दलितको लाशलाई सार्वजनिक बाटोमा लिन नदिएको घटनामा जिल्ला प्रशासन कार्यालय हुम्लाले अबउ प्रान्त यस्ता जातीय घटना घट्न नदिने प्रतिवद्धता जनाएको छ ।
चंखेली गाउँपालिकाको स्थलगत अनुसन्धन र छलफलको निचोटका आधारमा राष्ट्रिदलित आयोगले पठाएको पत्रको जवाफ लेख्दै प्रशासन कार्यालय हुम्लाले यस्तो प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रशासनले आयोगलाई यहि वैशख ६ गते चलानी नम्बर १३११ को पत्रमार्फत चंखेली गाउँपालिकाले एक दुई जना बुढापाकाले मात्रै भनेको भए पनि विवाद सामान्य भएको उल्लेख गगरेको छ ।
आयोगको पत्र अनुशार आफूले चंखेली गाउँपालिकालाई स्थलगत बुभ्mन गरेको परिपत्र बमोजिम चंखेली गाउँपालिकाबाट गएको बैशाख ३ गते प्राप्त चलानी नम्बर १२८१ को पत्रलाई कोड गर्दै प्रशासन कार्यालयले पत्रमा भनेको छ, ‘चंखेली गाउँपालिका वडा नम्बर ४ का पदमविरे लुवारको लाशलाई सार्वजनिक वस्तीबाट मसानघाटसम्म लैजाँदै गर्दा ठकुरी समुदायका बुढापाका एक–दुई जनाले सार्वजनिक बाटोबाट लैजान रोक लगाएको भन्ने घटनालाई यस गाउँपालिकाद्धारा सत्यतत्थ्य छानविन गर्दा विवाद सामान्य भएको कुरा अवगत गराउँदै उक्त मृतक लाशलाईसार्वजनिक बाटोबाट नैं लिएको भन्ने बुझिएको र दुवै समुदायबीच मिति २०८०।०१।०४ गते भएको छलफलमा अबउप्रान्त यस्ताखालका जातीय विभेदका घटनाहरु नघटाउने तथा सार्वजसनक बाटोको प्रयोग गर्ने विषयमा कुनैपनि रोकावट नगर्ने भनि सहमती भएको निर्णय यसै पत्रसाथ पठाइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
प्रशासन कार्यालयले पठाएको पत्र
![DAO Letter Reply for Dalit commission1682597783.jpg](https://www.nepalbot.com/uploads/posts/DAO Letter Reply for Dalit commission1682597783.jpg)
चंखेलीमा अब ठकुरी र दलित बीचको विभेदका घटना नघटाउने
घटनाका विषयमा चंखेली गाउँपालिकाले आयोजना गरेको बैठकमा स्थानीय ठकुरी र दलित समुदायबीचका जातीय विभेदका घटना नघटाउने सहमती भएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त पत्रका आधारमा छलफल गर्न वैशाख ४ गते पालिकाले आयोजना गरेको बैठकमा यस्तो सहमती भएको हो ।
पालिकाका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा बसेको बैठकले एकल निर्णय गर्दै चंखेलीमा ठकुरी समुदाय र दलित समुदायबीच हुने सबैखाले घटना अबउप्रान्त घट्न नदिने निर्णय भएको हो ।
यस्तो छ, बैठकले गरेको निर्णय
![minute 11682600992.jpg](https://www.nepalbot.com/uploads/posts/minute 11682600992.jpg)
![minute 21682600999.jpg](https://www.nepalbot.com/uploads/posts/minute 21682600999.jpg)
गएको २०७९ चैत १९ गते दलित समुदायको मृत लासलाई सार्वजनिक बाटोमा लिन नदिएको भन्दै राष्ट्रि दलित आयागले स्थानीयले सार्वजनिक बाटोमा लिनबाट रोक लगाएको नेपालवोटले प्रकाशन गरेको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लाको लिखित रुपमा ध्यानाकर्षण भएको जनाएको थियो ।
चंखेली गाउँपालिकाको वडा नम्बर ४ का ७४ वर्षिय पदमविरे लुवारको लाशलाई गएको चैत १९ गते स्थानीयले सार्वजनिक बाटोमा लिनबाट रोक लगाएको समाचार नेपालवोटले प्रकाशन गरेको थियो ।
उक्त घटनालाई लिएर दलित आयोगले जिल्ला प्रशासनलाई औपचारिक पत्रालय गरेपछि चंखेली गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
![Letter for DAO Humla from Dalit commission1682601206.jpg](https://www.nepalbot.com/uploads/posts/Letter for DAO Humla from Dalit commission1682601206.jpg)