काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट नागरिकले आप्mनी आमालाई नाशोका रुपमा ल्याएको सिक्री खोसेर दैनिक क्विण्टल सुन तस्करीलाई प्रश्रय दिएको आरोप लगाउनु भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका पहिलो संसदीय दलका नेता तलसीलाल अमात्यको २६ औं स्मृती दिवशका अवसरमा एमाले मूख्यालय च्यासलमा आयोजित बिचार गोष्ठीलाई संवोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्तो आरोप लगाउनु भएको हो ।
‘विदेशमा पसिना बेचेर आप्mनी ममतामयी मातालाई ल्याएको सानो सिक्रीलाई भन्सारको हवाला दिएर विमानस्थलमा जफत गरिन्छ । निहत्था नागरिकले ल्याएको सियो पनि चेकजाँच नगरी छिर्दैन तर एक दश दिनअघि जानकारी हुँदा पनि तस्करीको क्विण्टल सुन कसरी आयात हुन्छ ? त्यस्ता संकास्पद सामान किन बरामत हुदैनन् ?’ सरकारलाई प्रश्न गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘कुरा उठान गर्दा अनुसन्धान भैरहेको छ मात्र भन्ने सरकार प्रमुखले संसदीय छानविन समिति बनाउँ भन्दा किन मानिरहेको छैन् ?’
ट्रली वसको कार्यालयबाट १३ टन तार चोरी गरेर ट्रली बस टाट पल्टाएको प्रसङ्गलाई उल्लेख गर्दै अध्यक्ष ओलीले प्रश्न गर्दै भन्नुभयो ‘सरकारले आफन्तलाई रोजेर विमानस्थलमा भन्सार किन राखेको ? जनतालाई मात्र दुःख दिन राखेको हो ? नक्कली सिग्रेट ल्याएर राखियो । एकाएक सुनसँग ल्याएको सिग्रेट कसरी चोरी भयो ? जहिलेपनि प्रधानमन्त्री जि पख्नुहोस् न त म छनविन गरिरहेको छु भन्नुहुन्छ ।’
संसदमा कुरा उठ्छ भनेर हामी संसद चलाउँ भनेका छौं तर सरकारले सभामुखलाई दवाव दिएर सुचना टाँस गरेर संसद स्थगन गरेको ओलीले दावी गर्नुभयो । संसदमा एक जना गृहमन्त्रीले मात्रै बोल्ने सांसदले बोल्न नपाउने कुरा गर्ने काम सरकारले गर्छ । सभामुखलाई बाध्य पारेर संसद किन रोक्छ सरकार ? भन्दै ओलीले प्रश्न गर्नुभयो ।
समृद्ध नेपाल निर्माणका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यक्तार्ला जोड दिनुभएका अध्यक्ष ओलीले जसले स्वतन्त्र नीतिका साथ अघि बढ्न सक्छ, देशको विकास स्वतन्त्र ढंगले गर्न सक्छ, त्यस्तो शक्ति निर्माणमा जोडिन हाम्रो (एमालेको) सार्वजनिक आग्रह छ । यसले राष्ट्रिय ढुकुटी खल्तीमा हाल्दैनन् । सामाजिक न्याय र समानता कायम गर्छ त्यस्तो शक्ति निर्माण गरौं भन्नेमा एमालेले अपिल गर्छ ।
नेकपा एमालेले राष्ट्रिय शक्तिको निर्माण गर्न मिशन ८४ को अभियानलाई अघि सारेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘म सबै पार्टीका साथीहरुलाई आग्रह गर्न चाहन्छु, देशलाई माया गर्ने शक्ति, परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउँ समुद्ध नेपाल, सुखि नेपालीको दिर्घकालीन लक्ष्यलाई सवलिभूत पारौं ।’
‘मिनश ८४ मार्फत राष्ट्रिय शक्तिको बहुमतको सरकार चाहिएको छ । यसको अगुवाई, नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गरौं आउनुहोस् सहकार्य गरौं । युवा, महिला, विद्यार्थी सबैलाई आग्रह गर्न चाहन्छु, आउनुहोस् हाम्रो देशको रक्षा गर्दै समृद्ध देश बनाउन कम्मर कसौं’ अध्यक्ष ओलीले भन्नुभयो ।
नेपाली राजनीति दुई धारमा विभाजन भएको बताउँदै अध्यक्ष ओलीले राष्ट्रिय हितको रक्षा संवद्र्धन गर्ने धार र गठबन्धनको धारा गरी देश दुई धारमा विभाजन भएको उल्लेख गर्नुभयो ।
सत्ताधारीले खुट्टा टेक्न नदिएको अवस्थामा पनि उठेर आएको कम्युनिष्ट पार्टीलाई अब कसैले छुन नसक्ने ठोकुवा पनि ओलीले गर्नुभयो । अहिले पनि जनताबाट विस्थापित गर्न एमालेविरुद्ध विभिन्न खालका गलत प्रचार गर्ने काम भइरहेका भन्दै उहाँले अव जस्ताको तस्तै जवाफ दिनुपर्ने आवश्यकता औल्याउनु भयो । एमालेको आन्दोलन जनताको आन्दोलन र राष्ट्रियताताको आन्दोलन भएकोले कसैले समाप्त पार्न नसक्ने उहाँले बताउनु भयो । ‘हामी बाहेक अरूले देश चलाउनै सकेनन, अब सक्दैनन, १० टाउके भएर चलाउँदा पनि चलाउन सकेनन’, अध्यक्ष ओलीले भन्नुभयो ।
शंसारलाई आक्रान्त पार्ने कोभिड हुँदापनि देश तहसनहस हुन सकेनन् तर अहिले निकै समस्या भएन । नागरिक विदेशीदा आउने पैशा कता गएको छ ? हुण्डी, सुन कताबाट आएको छ ? सरकारका मन्त्री उल्टी जनता, हामीलाई धम्काउँछन् तर जनतालाई आशा जगाउने कुनै पनि काम सरकारले नगरेको आरोप ओलीले लगाउनु भयो ।
अमात्य र पन्तको चर्चा
कार्यक्रममा अध्यक्ष ओलीले नेपाली कम्युनिष्ट पार्टीका प्रथम संसदीय दलका नेता तुलसीलाल अमात्यको यात्रा गान्धीवादी आन्दोलन चर्खा आन्दोलन, उपनिवेशवादी बिरोधी ब्रीटिश बिरोधी आन्दोलनबाट शुरु भएको उल्लेख गर्नुभयो । अर्थशास्त्रमा लखनउबाट एमएम गर्नु अघि भारत छोडउ आन्दोलनमा ५ महिना भारतमै जेल जीवन बिताउनु भएको उल्लेख गर्नु भएका ओलीले अमात्य नेपाल आउनु अघि नैं जेल जीवन बिताउनु भएको प्रतिक्रिया दिनुभयो ।
भिमदत्त पन्त २०१७ साउन १७ गते आजकै दिन डोटीमा आन्दोलनका क्रममा किसानका हकहितका लागि आन्दोलन गर्दा नेपाली कंग्रेसको सरकारले शत्रु घोषणा ग¥यो । आफूले नियन्त्रण गर्न नसकेर भारतीय प्रहरीमार्फत गिरप्mतार गरेर डोटी र डढेल्धुराको बिचमा गोली हानेर हत्या गर्यो । उहाँको टाउको काटेर बाँसको टुप्पोमा बाँधेर झुण्ड्याएको प्रसंगलाई उल्लेख गर्दै अध्यक्ष ओलीले २०७२ साल फागुन १९ गतेको मन्त्रीपरिषदको बैठकबाट पन्तलाई शहिद घोषणा गरेको जानकारी दिनुभयो ।
‘वि.सं. १९९३ सालमा प्रजापरिषदको स्थापना पनि नेपाली शैलीको संघर्ष थियो पछि ९४ सालमा मानवअधिकारी संगठनको स्थापना भएको बताउनु भएका ओलीले ०९५ मा मानवअधिकार सम्बन्धि वक्तव्य गंगाललाले दिनुभयो’, अध्यक्ष ओलीले थप्नुभयो ‘वि.सं. १०९७ साल मंसिर १३ गते गंगालालले राजनीतिक वक्तव्य प्रकाशन गर्नु भएको थियो ।’
नेपाल प्रजा परिषद संघ पुष्पलालले १९९८ मा स्थापना गर्नु भएको जानकारी दिदैं अध्यक्ष ओलीले पुष्पलाल र गणेशमान राणा बिरोधी संयुक्त आन्दोलनमा समाहित हुनु भएको उल्लेख गर्नुभयो ।
स्वर्गिय तुलसीलाल अमात्यका कारण किसानमा जागेको कम्युनिष्टप्रतिकै धारणमाका कारण चार सिट संसदमा प्रतिनिधित्व भएको नेकपा मालेका महासचिव सिपी मैनालीले जानकारी दिनुभयो । ‘डाल्टा घ्यू आयात गर्नेमा भएको बिरोधमा नेतृत्व गरेका नेता अमात्य संसदीय दलको नेताका रुपमा रहनु भएको हो । पछि १७ सालको दक्षिणपन्थी राजाको कदमपश्चात पछि त्यस बिरोधी आन्दोलनमा उहाँ सक्रिया हुनु भयो’ महासचिव मैनालीले भन्नुभयो ‘वि.सं. २०१० सालको पहिलो महाधिवेशनमा मनमोहन अधिकारी महासचिव निर्वाचित हुनुभयो । उहाँले सबै शक्ति संसदलाई दिनुपर्छ र थोरै शक्ति राजालाई दिनुपर्छ भन्नुभयो । त्यो कम्पुनिष्ट आन्दोलनका लागि नयाँ कुरा थियो । त्यस विषयमा २०१० सालमै नेपाली कम्युनिष्ट पार्टी भित्र विवाद सृजना भएको थियो । २००६ वैशाख १० गते कोलकत्तको श्याम बजारमा नेपाल कम्युनिस्टको स्थापना भयो । त्यसबेला भारत १०४७ मा भारत मुक्त शुँदा ५५६ राजा सक्रिया थिए । स्थानीय नेताहरुले सञ्चालन गर्ने ५५६ राजा रजौटाहरु सक्रिय थिए । भारतीय गणतन्त्रलाई संस्थागत गर्न ५५६ स्थानीय राजा रजौटालाई बहिर्गमन गर्नु थियो ।’
नेपाल ५५७ औं रजौटाका रुपमा रहेको थियो । ब्रिटिस र भारतीय नेताहरुले नेपाललाई ५५७ औं रजौटाका रुपमा स्थापित गर्ने थियो । तत्कालै नेपाललाई भारतमा मिसाउन तत्कालीन प्रधानमन्त्रीले नेपालमा दुत पठाएको थियो । २००७ सालमा भएको ५ बुधें दिल्ली संझौताको आखिरी बुंदा १÷२ वर्षमा बिधान सभा गरेर तत्कालै गणतान्त्रीक बिधानबाट शासन चलाउने कुरा उल्लेख भएको मैनालीले बताउनुभयो ।
मातृका प्रसाद कोइराला ७ दिन भारतमा बसेर नेपाललाई डाउन साइज गर्ने काम भयो । नेपालको कर्मचारीलाई पनि डाउन साइज गर्न खोजेको थिए । त्यो बेला २००७ सालमा भारतले भने अनुसार बिधान सभा भएको बताउनु भएका नेता मैनालीले भन्नुभयो, ‘मोहन समशेरले विपिलाई म प्रधानमन्त्री भएकै बेला बिधान सभाको निर्वाचन गराउनु भएको भए संभव हुन्छ नत्र पछि राजाले गराउन दिनेवाला छैनन् भने र भन्नु भएको रहेछ । त्यसवेला भारतले ३०।४० जनाको बिधान सभाको निर्वाचन गराउन खोजेको रहेछ । पछि विपिलेपनि विभिन्न पुस्तकमार्फत सार्वजनिक गर्नु भएको छ । भुटान प्रोटेक्टर र सिक्कीमको डिजायनबाट नेपालमा भारत आएको थियो यद्यपी सफल भएन । त्यसबेला नेपालीले नबुझेपनि अब त बुझ्ने बेला आएको छ । त्यो वेला नेपाललाई सिक्कीम र भुटान बनाउनु थियो । त्यसबेला बोल्ने भनेका मनमोहन अधिकारीले मात्रै राजालाई थोरै अधिकार दिउँ र सम्पूर्ण अधिकार संसदलाई दिउँ भन्नुको पछि भारतको प्रपञ्च अधिकारीले बुझ्नु भएको थियो ।’
कार्यक्रममा नेपाली कंग्रेसका नेता तथा राष्ट्रिय सभा सदय जीतेन्द्र नारायण देवले तुलसिलाल अमात्य मेरो पनि नेता भएको बताउनु भयो । ‘म उहाँको कार्यकर्ता र शिष्य थिए । कमरेड भिमबहादुर क्षृत्रीको साथमा अमात्यको घरमा जाने गर्थे । उहाँको व्यवहार र चिनजानबाट सन्नीकट हुने गर्थे । उहाँको चिन्तन र बिचारको बारेमा मेरो नजरमा उहाँ आर्दशवादी नेता हुनुहुन्छ ।’
पुँजिवादी बिचारको कालखण्डमापनि माक्सवाद र लेलिनवाललाई क्रान्तीकारी कार्यक्रमिक रुपमा ल्याउन विशष्ठि योगदान रहेको थियो । लोतन्त्र, गणतन्त्रको सन्दर्भमा नेपाली कम्युनिस्ट आन्दोलनमा कमरेड तुलसीलाल अमात्यलाई आदर गर्ने र चिन्ने गरेका छौं । कम्युनिष्ट आन्दोलन जब संकटग्रस्त अवस्थाबाट गुज्रिएको वेला जननेता मदन भण्डारीले नयाँ तबरले परिभाषित गर्ने सन्दर्भमा जननेता मदनकुमार भण्डारीले नयाँ उचाई प्रदान गर्नु भएको उल्लेख गर्नु भएका नेता देवले कम्युनिष्ट पार्टीलाई लोकतान्त्रीकरण गर्ने, नेपालीकरण गर्ने सन्दर्भमा मदन भण्डारीको देन सबैभन्दा ठूलो योगदा रहेकोमा जोड दिनुभयो । प्रगतीशिल राष्ट्रवादको बिचार नेकपा (एमाले)ले अघि सारेको छ । यसलाई नेपालको राष्ट्रवादको नीतिका रुपमा भण्डारीको प्रगतीसिल राष्ट्रवादलाई अघि सार्नुपर्नेमा जोड नेता देवले दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, माधव पौडेल, तुलसीलाल अमात्य प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यलगायतका नेताहरुले आप्mनो धारणा राख्नु भएको छ ।
हाजिर जवाफ बिजेतालाई ४० हजार नगद
नेपाल कम्युनिष्ट पार्टीका प्रथम संसदीय दलका नेता स्वर्गिय तुलसीलाल अमात्यको २६ औं स्मृती दिवशका अवसरमा आयोजित हाजिरजवाफ प्रतियोगितामा प्रथम विद्यालयलाई ४० हजार नगद र शिल्ड प्रदान गरिएको छ ।
तुलसीला अमात्य प्रतिष्ठानले आयेजना गरेको उपत्यकाका विद्यालय स्तरिय हाजिरजवाफ प्रतियोगितामा प्रभात माध्यमिक विद्यालयले ४० हजार नगद, शिल्ड र प्रमाण्पत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा भ्यमली पब्लीक माध्यमिक विद्यालय दोस्रो भएको छ । विद्यालयलाई ३० हजार नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी प्रतियोगिताको तेस्रो स्थान हाँसिल गरेको ब्राइट फ्युचर माध्यमिक विद्यालय सात दोबाटोले २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । गत वर्षको प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको उत्तः विद्यालयले यो वर्ष तेस्रो स्थान प्राप्त गरेको हो ।
यमराज माध्यमिब विद्यालय चापागाउँ सान्तवना स्थान प्राप्त गरेको थियो । विद्यालयलाई १० हजार नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागि भएका विद्यालय र विद्यार्थीहरुका लागि प्रतिष्ठानले नगद पुरस्कार र प्रमाण्पत्र प्रदान गरिएको प्रतिष्ठानका अध्यक्षगोपाल शाक्यले जानकारी दिनुभयो ।