ऐजेन्सी (अलजजिरा) । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अदालतबाहिर भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् ।
प्रधानमन्त्री शहबाज शरीफले यो हमलासँगै सोही दिन बिहान अफगानिस्तानसँगको सीमानजिकैको एक क्याडेट कलेजमा भएको अर्को हमलाका लागि भारतलाई दोष लगाएका छन् ।
आफ्नो भनाइलाई पुष्टि गर्ने बिना कुनै प्रमाण प्रधानमन्त्री शरीफले भने, “यी दुवै हमला यस क्षेत्रमा भारतीय राज्य आतंकवादका सबैभन्दा खराब उदाहरणहरू हुन् ।”
सरकारको ‘एक्स’एक्समार्फत उनले थपे, “अन्तर्राष्ट्रिय समुदायले भारतका यस्ता कपटी षड्यन्त्रहरूको निन्दा गर्ने समय आएको छ ।”
आतंकवादको विपत्तिलाई पूर्णरूपमा समाप्त नगरुन्जेलसम्म उनीहरूविरुद्धको युद्ध जारी राख्ने उनले बताएका छन् ।
राष्ट्रपति जरदारीले जिल्ला न्यायिक परिसरनजिक भएको घटनालाई आत्मघाति विस्फोट भन्दै त्यसको निन्दा गरेका छन् ।
गृहमन्त्री मोहसिन नक्वीका अनुसार विस्फोट दिउँसो १२ः३९ बजे भएको थियो, जसलाई उनले आत्मघाति हमला भएको पुष्टि गरे ।
विस्फोट जिल्ला अदालतको प्रवेशद्वारनजिक भएको थियो, जुन क्षेत्र दिनको समयमा वकिलहरू, मुद्दाका पक्षहरू र आगन्तुकहरूले भरिएको हुन्छ ।
रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान युद्धको अवस्थामा रहेको बताएका छन् । उनले यस बम विष्फोटलाई चेतावनीको घण्टी भनेका छन् ।
विस्फोटपछि चीन, युरोपेली संघ, बेलायत र अमेरिका सबैले समवेदना वक्तव्यहरू जारी गरेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२ ०७:२१