सिमकोट । हिन्दु महिलाहरुको पर्व तिजमा हुम्लाका बौद्धधर्मालम्बीहरुले समेत छमछमी नाचेका छन् ।
तिजको अवसरमा आज हुम्ला सदरमुकाम सिमकोट आयोजना गरिएको तिज विषेश कार्यक्रममा बौद्ध धर्मालम्बी महिलाहरुले आप्mनो धार्मिक पोशाकमा तिजको नृत्य नाचेका छन् ।
तिज पर्वमा भगवान महादेवलाई नै पुजा गरिने भएकोले बौद्धर्मालम्बीले समेत महादेवको पुजा गर्ने भएकाले हुम्लाका बौद्धधर्मालम्बीले यो वर्षदेखि औपाचारिक रुपमा तिज मनाएको बताएका छन् ।
नारीहरुका दुख बेदना पोख्ने र आप्mना पतिको दिर्घायुको कामना गर्ने पर्वका रुपमा तिज मान्ने भएकाले सिमकोट गाउँपालिकाले औपचारिक रुपमा सबै धर्म र वर्गका महिलालाई तिज मनाउन कार्यक्रमको आयोजना गरेपछि हुम्लाका बौद्धधर्मालम्बी महिलाले औपचारिक रुपमा तिज पर्व मनाएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए ।
सिमकेट गाउँपालिकाको आथिृक सहयोगमा सिमकोटको बालमन्दिर माध्यमिक विद्यालयमा आयोजना भएको तिज नृत्य प्रतियोगितामा सिमकोट गाउँपालिकाका आठवटै वडाका सबै महिलाले औपचारिक रुपमा तिज मनाएका छन् ।
देउडाको चालमा तिजको नृत्य
सँधै देउडा गित र देउडा नृत्यमा रमाएका हुम्लाका गाउँका महिलाले आज पहिलो पटक तिजको गितमा नाच प्रस्तुत गरेका छन् ।
ऋाफूले पहिलो पटक तिजको गितमा नाचेको बताएकी सिमकोट गाउँपालिका ३ ठेहेकी कलसुरा भण्डारीले गित तिजको भएपनि आफूले देउडाको तालमा नाचेको बताइन । पहिलो पटक नाच्दा निकै अनौठो महशुस गरेकी भण्डारीले नेपाबोटसँग भनिन “गएका वर्षमा त हाी रेडियो बाट पतज आएको मात्रै भन्ने सुनेका थियौ । तर यो वर्ष आफैले नाच्न पायौ ।”
भ्ण्डारी मात्रै होइन गाउँपालिकाले आयोजना गरेको तिज नृत्य प्रतियोगितामा ठेहेकी जौमती बोहराले पनि देउडाकै लयमा तिन नृत्य प्रस्तुत गरिने । गाउँकै ६ जना महिलासँगै नाचेकी बोहराले साथी नाचेको लय बिर्सेपछि एकछिन वालमन्दिर माध्यमिक विद्यालयको चौरभरी बसेका दर्शकलाई समेत निकै हँसाइन । आफू शहरिया गितमा तिजको नाच कहिल्यै नी ननाचेको बताएकी उनले नाचेपछि भने निकै रमाइलो महशुस गरेकी छन् ।
प्हिलो पटक गाउँपालिकाले विवाहति रअविवाहित महिलाहरुका लागि फरक फरक अन्तर वडा स्तरिय तिज नृत्य प्रतियोगिता आयोजना गरेपछि सिमकोट १ र ४ का लामा समुदायका महिलाले आप्mनै लामा समुदायकै पोशाकमा तिज नृत्य प्रस्तुत गरेका छन् ।