सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीले जनाएको छ ।
कर्णाली प्रदेशको प्रथम अधिवेशन भोलिदेखि सुर्खेतमा सुरु हुने भएको छ । कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने उक्त अधिवेशनको उद्घाटन पार्टिका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको तयारी पूरा भएको र अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष ओली सुर्खेत आउने जानकारी दिए ।
रत्नराजमार्ग अवलोकन गर्दै अध्यक्ष ओली सुर्खेतमा हुने अधिवेशनको बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने शाहले बताए । कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी हुनेछन् ।
अधिवेशनलाई अवसरको रुपमा लिएको र तयारीका लागि एमाले प्रदेश तहको सम्पूर्ण शक्ति लागिरहेको जनाउँदै शाहले भने, ‘कर्णाली प्रदेशमा नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्ने प्रयास छ ।
अधिवेशनमा पार्टी महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
यस्तै, अधिवेशनमा १० जिल्ला र मोर्चासंगठन बाट ६ सय चार जना प्रतिनिधिले भाग लिनेछन् ।
जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन् । जसमध्ये ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जना दलित प्रतिनिधित्व रहनेछ ।
जसमा जिल्लागत प्रतिनिधित्व ९भूगोल अन्र्तगत० सुर्खेतबाट एक सय १२, जाजरकोट ७५, दैलेख ७४, कालीकोट ६५, हुम्ला ४८, जुम्ला ४८, डोल्पा ३९, मुगु ३३, रुकुमपश्चिम २३ गरी पाचँ सय ५४ जना र विभिन्न २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ ।
साथै, विहीवारे विहान ८ बजेदेखि बन्दसत्र शुरु हुनेछ । बन्दसत्रले पार्टीको राजनीतिक,सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ, भने पाचँ जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । ९५० अधिवेशनको उदघाटन सत्रमा कम्तीमा पाचँ हजार जनसहभागिता रहनेछ ।