सुर्खेत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेले वर्तमान सरकार आयु लम्ब्याउने धाउन्यामा मात्र केन्द्रीत रहेको आरोप लगाउनु भएको छ ।
‘एमाले कर्णाली प्रदेश कमिटिको पहिलो अधिवेशनलाई सुर्खेतमा संवोधन गर्दे महासचिव पोखरेलले देशमा महङ्गी आकाशिएको छ, नागरिकमा निराशा बढेको छ, आर्थिक रुपमा देश संकटग्रस्त अवस्थामा छ तर वर्तमान गठबन्दन सरकार आप्mनो आयु लम्ब्याउन कैं लागि अनेक खाले हत्कण्डा प्रयोग गर्नमा केन्द्रीत छ’, एमाले महासचिव पोखरेलले थप्नुभयो, यो सरकारबाट हामीले आशा गर्नु भनेको मुर्खता जस्तै हो ।’
चौतर्फी एमाले पार्टी र हाम्रो अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध घेराबन्दी हुँदापनि गएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४४ जिल्ला र ६ प्रदेशमा जनताले एमालेलाई पहिलो पार्टीका रुपमा मत दिएको उल्लेख गर्नु भएका महासचिव पोखरेलले जनताको लोकप्रीय पार्टी हुँदापनि संघ र प्रदेशमा प्रतिपक्षमा बस्नुले समृद्ध नेपालः सुखि नेपालीको दिर्घकालीन लक्ष्य पुर्तिमा अबरोध गर्न घेराबन्दी शुरु भएको दावी गर्नुभयो ।
‘जनताको रोजाइमा हुदाहुदैं पनि ६ प्रदेश र संघकोसत्ता बाहिर बस्नु परेको छ । अब प्रदेश अधिवेशनबाट एमाले संगठनात्मक रुपमा, समृद्धीका रुपमा, राष्ट्रवादको पहरेदारका रुपमा एकताको सन्देश दिदैं भविष्यको संकल्प गर्नुको विकल्प छैन् । हामीले शुरु गरेको मिशन ८४ मा सबै स्थानीय, प्रदेश र प्रतिनिधिसभामा ५१ प्रतिशतको परिणाम ल्याउने गरेर लाग्ने दृढसंकल्प्का साथ एमालेको नेतृत्व र संगठन तयार पार्नुपर्छ’ महासचिव पोखरेलले भन्नुभयो ।
प्रतयेक वडामा ५१ प्रतिशतको लक्ष्यका साथ काम अघि बढाउन कर्णालीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएका पोखरेलले इतिहाँसको खानीका रुपमा रहेको कर्णालीको समृद्धीका लागि पनि एमालेले नीति र नेतृत्व दृढ संकल्पका साथ लागेको प्रतिक्रिया दिनुभयो ।