सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले प्रदेशका दशै जिल्लामा ‘एक घर एक संगठित सदस्य’को योजना अघि सार्ने निर्णय गरेको छ ।
पार्टीको सातौं केन्द्रीय कमिटिले अगामी वर्ष २०८१ लाई संगठन शुद्धिकरण र सदृढिकरण वर्षका रुपमा अघि बढाउने निर्णय अनुसार कर्णाली प्रदेश कमिटिको दोस्रो बैठकले मातहतका दशवटै जिल्लामा उक्त नीतिलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
अहिले भएका पार्टी सदस्यहरुलाई पार्टी केन्द्रको नीति र कार्यक्रमका बारेमा जानकारी दिदैं निस्क्रिय पार्टी सदस्यलाई बिदाई गर्ने निर्णय गरेको एमाले कर्णालीले कम्तीमा एक घरमा एक एमाले सदस्य बनाउने लक्ष्यलाई पुरा गर्न जिल्ला र पालिका स्तरका कमिटिलाई निर्देशन दिएको एमाले कर्णाली प्रदेश सचिव धुर्ब कुमार शाहीले जानकारी दिनुभयो ।
एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा बसेको बैठकले पछिल्लो समयको परिवर्तित राजनीतिलाई सकरात्मक रुपमा लिएको छ ।
‘हाम्रा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा जुनखाले परमादेशी गठबन्दनलाई टुटाएर वामपन्थी शक्तिहरुको गठबन्धन गर्ने काम भएको छ, त्यो निकै स्वागतयोग्य कुरा हो’, बैठकका निर्णयहरुका बारेमा जानकारी दिदैं प्रदेश अध्यक्ष शाहले भन्नुभयो, ‘पार्टीको निर्णय अनुशार केन्द्रमा भएको पछिल्लो गठबन्धनको खुलेरै प्रशंशा गर्ने निर्णय प्रदेश कमिटिले गरेको छ ।’
बैठकले पार्टी केन्द्रको निर्णय बमोजिम अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरुको अधिवेशन अगामी २०८१ वैशाख १५ गतेसम्मको समायसिमा निर्धारण गरेको अध्यक्ष शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले प्रदेश कमिटिको सचिवालय गठन गरेको छ । तत्कालका लागि यसभन्दा अघिल्लो कार्यकालमा सचिवालय रहेर काम गरेका र यो पटक पनि प्रदेश कमिटिमा निर्वाचित भएका १२ जना सदस्य र ५ जना पदाधिकारीहरु रहेको १७ सदस्यीय सचिवालय गठन गर्ने निर्णय भएको छ ।
सचिवालयमा भूगोल समावेशीतालाई ध्यान दिएर पूर्णता दिन, प्रत्येक प्रदेश कमिटि सदस्यलाई जिम्मेवारी दिदैं प्रदेश कमिटिको जिम्मेवारी विभाजनको गृहकार्य गर्ने अधिकार प्रत्यायोजनको निर्णय समेत बैठकले गरेको छ, अध्यक्ष शाहले भन्नुभयो, प्रदेशका दशवटै जिल्लाका पार्टी सदस्यता वितरण र नविकरणको काम चैत महिना भित्रमा सकाउने हरेक कमिटिका ठोस योजना निर्माण गरी कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको छ ।
पार्टीका प्रदेश इन्चार्ज तथा केन्द्रीय किमिटी सचिव लेखराज भट्टको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको बैठकले पार्टी अध्यक्ष शाहले प्रस्तु गर्नु भएको राजनीतिक प्रतिवेदन, दशवटै जिल्लाका पार्टी अध्यक्षले प्रस्तुत गर्नु भएको जिल्लागत रिर्पोटलाई पारित गर्ने निर्णय गरेको छ ।
सांगठनिक टक्सीनलाई बढ्न नदिउँः कर्णाली इन्चार्ज भट्ट
नेकपा (एमाले)का कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको आन्तरिक जीवनको बिकारका रुपमा रहेको टक्सीनलाई बढ्न नदिन प्रदेश कमिटिका सदस्यहरुलाई निर्देशन दिनु भएको छ ।
सुर्खेतमा जारी कर्णाली प्रदेश कमिटिको दोस्रो बैठकलाई संवोधन गर्दै पार्टीका केन्द्रीय सचिव भट्टले मानव शरिरमा बिकार उत्पादन गर्ने टक्सीन जस्तै सांगठनर्ला कमजोर बनाउने विभिन्न व्यक्ती र तत्वहरुले टक्सीनको काम गरेकाले त्यस्ता टक्सीनहरुलाई बढ्न नदिनप्रति सबै नेता कार्यकर्ता सजग रहनु पर्नेमा निर्देशन दिनुभयो ।
पार्टीको हेटक्वाटरले राष्ट्रिय राजनीतिमा जुनखाले निर्णय लिएको छ त्यो पार्टी र देशकै लागि दिर्घकालीन महत्व राख्ने उल्लेख गर्नु भएका नेता भट्टले हामीले आप्mनो पालिका, जिल्ला, प्रदेश र व्यक्तिगत स्वार्थमा केन्द्रीत रहेर निर्णयलाई हेर्ने गर्छ तर नेतृत्वले ७७ वटै जिल्ला ७५३ वटै पालिका र सम्पूर्ण नेपाली नागरिकको सामुहिक स्वार्थलाई केन्द्रमा राखेर निर्णय गर्ने भएकाले केन्द्रको निर्णयलाई अक्षरस पालना गर्न निर्देशन दिनुभयो ।
पार्टी अध्यक्षले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई तीन दिन राखेर गर्नु भएको छलफल गरेपछि कर्णालीप्रति केन्द्रीय नेतृत्वको धारणा निकै सकरात्मक भएको उल्लेख गर्दै अबको निर्णय कर्णालीमैत्री हुनेमा विश्वाश व्यक्त गर्नुभयो ।
‘कर्णालीका दशवटै जिल्लाका अध्यक्ष, प्रदेश कमिटिका सदस्य र कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरुको भावना र स्प्रीट मैले राम्रोसँग बुझेको छु’ उहाँले थप्नुभयो, ‘मैले पार्टीको सचिवालय बैठकमा यो कुरा नेतृत्वलाई जस्ताको तस्तैं अवगत गराउने छु ।’
बैठकलाई संवोधन गर्दै पार्टी स्थायी कमिटि सदस्य यमलाल कँडेलले सम्बन्धित कमिटिलाई काम गर्न नदिएर माथिल्ला कमिटिले अनावश्यक रुपमा गर्ने स्वार्थगत हस्तक्षप मात्रै नगर्ने हो भने पार्टी भित्रको विवाद सकिने ठोकुवा गर्नुभयो ।
पार्टी केन्द्रका अभियानका नाममा जिल्लाका गतिविधि सार्ने, आप्mनो स्वार्थमा नेतृवलाई विवादमा तान्ने गतिविधि अब हरेक पार्टी सदस्यले छोड्नु पर्छ कर्णाली प्रदेश सभाका दलका नेता समेत रहनु भएका नेता कँडेलले थप्नुभयो प्रदेश/जिल्लापालिका कमिटिको ऋणको भारी पार्टी सदस्यलाई बोकाउने काम राम्रो हुँदैन । हरेक कमिटिले आप्mनो आर्थिक योजना आफैले बनाउनु पर्छ ।
बैठकमा स्थायी कमिटि सदस्य गोरखबहादुर बोगटीले प्रदेश कमिटिको दोस्रो बैठकले सौहाद्र्धपूणृ तबरले गरेका राम्रा निर्णयको कार्यानवयनमा जोड दिनुपर्ने बताउनु भयो । पार्टी प्रदेशको बैठकमा पार्टी अध्यक्ष उपस्थित हुने योजना परिवर्तित राष्ट्रिय राजनीतिक घटनाक्रमले अन्तिममा आएर रद्ध भएको जानकारी गराउनु भएका नेता बोगटीले अधिवेशनको नेतृत्व छनोटलाई लिएर कुनैपनि नेता कार्यकर्ताले समुह निर्माण गर्न नहुने उल्लेख गर्नुभयो ।
बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य मोहन बानीया, भैरवसुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल केन्द्रीय सदस्य र प्रदेश कमिटि सदस्यहरुको उपस्थिती रहेको एमाले कर्णाली प्रदेश कमिटिले जनाएको छ ।