काठमाडौं। कुनैबेला आप्mना अत्यावश्यक जनजीविकाका सवालमा राज्यको ध्यान केन्द्रीत गराउ पहल गरेको कर्णालीले समृद्ध कर्णाली निर्माणका लागि देशको राजधानी काठमाडौंमा लालटिन जुलुश निकालेको छ ।
कर्णालीको सामाजिक क्षेत्रमा २५ वर्ष अघि स्थापना भएको कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल स्थापनाको अवसरमा लालटिन जुलुश निकालीएको हो ।
२१ औं शताब्दीको सूचना र प्रविधिको यूगमा समेत कर्णालीले जीविको निर्वाह, सँगै समानता, सामाजिक न्याय, समान ज्याला लगायतका विविध विकायमा भोग्नु परेक समस्याको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन शुक्रबार किर्डाक नेपालले सामाजिक अगुवाहरुको सहभागितामा भद्रकालीबाट बसन्तपुरसम्म लालटिन जुलुश निकालेको हो ।
सन् १९९९ मा स्थपाना भएको किडर्मक नेपालले आप्mनो २५ औं स्थापना दिवशका अवसरमा कर्णालीका विभिन्न जिल्लामा कर्णाली समृद्धीको आधारको खोजि र सामाजिक न्यायको अनुभव कर्णालीमा गराउन आवश्यक पहलहित विविध कार्यक्रमको आयोजना गरेको संस्थाका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिनुभयो ।
लालटिन जुलुशपछि काठमाडौंको वसन्तपुरमा आयोजना गरिएको कोणसभालाई संवोधन गर्दै किर्डाक नेपालका संस्थापक अध्यक्ष मिनबहादुरशाहीले अन्यायविरुद्ध उभिएको सशक्त सामाजिक आन्दोलनबाट’ किर्डाक नेपालको स्थापना गरिएको उल्लेख गर्नुभयो ।
‘कर्णालीमा त्यसबेला समयमै उपचार नपाएर वर्षेनी ५ सय जना भन्दा बढीले अकालमै जीवन गुमाउनुपर्ने अवस्था थियो । कर्णालीको त्यस्तो दुर्रावस्था तत्कालीन सरकारले देखेन, सुनेनन् त्यो कुरा सुनाउन र न्यायको खनोजि गर्न हामीले त्यसबेला हामीले लालटिन जुलुश नै गरेर किर्डाक नेपालको स्थापना गरेका थियौं', उहाँले थप्न्नुभयो, 'आजको संघीय लोकतान्त्री व्यवस्थामा समेत सरकारले कर्णालीलाई व्यवास्था गरेपछि, अन्य ठाउँको तुलनामा न्यायोचित व्यवहार गर्न र समन्यायीक विकासको अनुभूति कर्णालीलाई दिलाउनका लागि आज २५ वर्षपछि पनि लालटिन जुलुश निकालेका हौं ।'
संस्थाले द्वन्द्वकाल समेत शान्ति र विकासको लागि क्रियाशील रहेको स्मरण गराउनुभएका अध्यक्ष शाहीले नेपालको द्वन्द्वकालमा किर्डाक नेपालले शान्ति स्थापना, सद्भाव, समानता र दिगोपनामा महत्वपूर्ण योगदान पुर्याएको दावी गर्नुभयो । उहाँले थप्नुभयो ‘किर्डाक नेपालले शान्ति निर्माण र विवाद समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै समुदायलाई एकतावद्ध गर्न र सामाजिक सद्भाव प्रवद्र्धनम गर्न कडा परिश्रम गर्दै आएको छ । किर्डाक नेपालले महिला तथा बालबालिकाको हकहितका लागि दृढ वकालत गर्दै आएको छ । लक्षित कार्यक्रममार्फत किर्डाक नेपालले महिलालाई शिक्षा, व्यावसायिक प्रशिक्षण र नेतृत्व कौशलको साथ सशक्तिकरण गरेको छ ।’
जलवायु परिवर्तनको सामना गर्दै, संस्थाले जलवायु न्याय, पर्वतीय एजेन्डालाई वातावरण संरक्षण र दिगोपन लाई बढावा दिने नीति र अभ्यासको वकालत गर्दै आएको किर्डाक नेपालले जनाएको छ । शान्तिपूर्ण र्याली समापन गर्दै कर्डाक नेपालका अध्यक्ष गोविन्दबहादुर शाहीले विपद् र मानवीय प्रतिकार्य प्रयासले प्राकृतिक विपत्तिको समयमा संसथाले महत्वपूर्ण सहयोग प्रदान गर्दै आएको बताउनुभयो । किर्डार्क नेपालले विभिन्न समुदायलाई पुनर्निर्माण र पुनरुत्थानगर्न मद्दत गरेको उहाँको भनाई छ । उहाँले २५ वर्षे यात्रामा किर्डाक नेपाल सबै समुदायको हकहितको साथै मानव अधिकारको प्रवद्र्धन सक्रिय हुँदै फड्को मार्दै गएको उल्लेख गर्नुभयो । शान्तिपूर्ण लालटिन र्यालीमा गैरसरकारी संस्था महासंघका अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मीको सहभागिता रहेको थियो ।
२५ औं वर्ष प्रवेशको अवसरमा किर्डाले कालिकोटमा कर्णाली कचहरी, जुम्लामा कर्णालीको पहिलो सामुदायिक रेडियोको २१ औं वार्षिक उत्सव, सुर्खेत, हुम्ला लगायतका स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।