सिमकोट । पूर्वाधार विकास कार्यालयमा कार्यरत लेखा अधिकृत नविन कुमार शाहीले आप्mनो जन्म दिनमा हुने खर्चले जिल्लाका अपांग बालबालिकालाई छात्रावृती प्रदान गरेका छन् ।
जन्म दिनको अवसर पारी आयोजना हुने कार्यक्रममा अनुत्पादक खर्चलाई कटौती गरेर जिल्लाको हेड नेपालले सञचालन गरेको हेड सक्षम गृहमा आश्रय लिएर अध्ययन गरिरहेको फरक क्षमताका छ जना बालबालिकाहरुलाई छात्रावृती र दुई जोर कपडा प्रदान गरेका हुन् ।
दुई वर्ष अघिदेखि जन्म दिनमा समेत आफूले केक काट्ने र फजुल खर्च कटौती गरेर विपन्न परिवारका अपांगता भएका बालबालिकालाई छात्रावृती प्रदान गर्ने निर्णय अनुसार आफूले हरेक वर्ष जन्म दिनको अवसरमा अपांग बाबालिकालाई सहयोग गर्ने गरेको लेखा अिधकृत शाहीले जानकारी दिए ।
‘यो वर्ष असार १९ गते परेको जन्म दिनको अवसरमा मैले सिमकोटमा स्थापित हेड सक्षम गृहमा आश्रय लिएर बसेका तर कक्षामा उत्कृष्ठ रिजल्या ल्याउने कविता रोकाया११ हजार १ सय ११ र र दलबहादुर बुढालाई ७ हजार ७ सय ७७ रकमको छात्रावृती प्रदान गरेको छु’, शाहीले नेपालवोटसँग भने, गत वर्षको जन्म दिनमा सोही संस्थामा आश्रय लिएर उत्कृष्ट रिजल्ट प्राप्त गरेका कक्षा ३ का योगेन्द्र रोकायालाई ११ हजार १ सय ११ को, कक्षा ३ का युवराज फडेरालाई ७ हजार ७ सय ७७ र कक्षा ५ का श्रुती बुढालाई ५ हजार ५५५ रकमको छात्रावृती प्रदान गरेको हुँ ।’
सरकारी सेवाको सिलसिलामा हुम्ला आएदेखि हरेक वर्ष जन्म दिनको अवसरमा हुने खर्चलाई सामाजिक गतिविधिमा लगाउने कामको शुरुवात गर्नु भएका शाहीले शुरुको वर्ष जिल्ला अस्पताल हुम्लामा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको बताए ।
‘जन्म दिन, एनिभर्सरी जस्ता इभेन्टमा अनुत्पादक खर्च गर्ने पश्चिमा प्रवृती नेपाली समाजमा समेत बढिरहेको बेला आफूले सामाजिक र उत्पादन मुलक काममा लगाउनु पर्छ भन्ने मान्यताले हरेक वर्षको जन्मोत्सवका अवसरमा फरक क्षमता भएका वालवालिकाहरुको पढाइमा सहयोग गर्न शुरु गरेको हुँ’, उनले थपे ।