जेष्ठ ५ , हुम्ला । जिल्लाको दक्षिण भेगमा सञ्चालित बिशेषज्ञ स्वास्थ्य शिबिरमा जिल्लाका १ हजार ४ सय ८२ जना लाभाम्वीत भएका छन् ।
कर्णाली प्रदेश सरकार सामाजीक बिकास मन्त्रालयको आयोजना र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा हुम्ला जिल्लाको अदानचुली र ताँजाकोट गाउँपालीकामा सञ्चालित शिविरमा उक्त संख्याका बिरामीले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शिविरका संयोजक डा. मंगल रावलले बताए ।
डा. रावलको नेतृत्वमा आएको ७ जना विषेशज्ञ चिकित्सकको टोलिमा १३ जना स्वास्थ्यकर्मी खटिएका थिए । हाड जोर्नी, नाक, कान, घाँटी, स्त्री रोग तथा भिडियो एक्सरे, दन्त रोग, पेट तथा अन्य साधारण स्वास्थ्य समस्या लगायतका सेवा शिविरमा प्रदान गरिएको शिविरमा संलग्न जिल्ला अस्पताल हुम्लाका हेल्थ असिस्टेन लबी रावतले जानकारी दिए ।
आदानचुलीको लागि भनेर आएको उक्त शिबिर ताँजाकोट गाउँपालीकाको आग्रहमा १ दिन ताँजाकोटमा समेत सञ्चालन गरेको बताएका डा. रावलले २ गते ताँजाकोट गाउँपालीकामा सञ्चालन भएको बताए । उनका अनुशार ताँजकोटको शिबिरमा ७ सय ७३ जनाले उपचार गरेको र ६ जनाको अप्रेसन गरिएको थियो ।
अदानचुलि गाउँपालिकामा सञ्चालन गर्ने भनेर प्रचार गरिएको भएपनि १ दिन ताँजाकोटको शिबिर सम्पन्न भएपछि मात्रै गएको जेठ ३ र ४ गते अदानचुली गाउँपालीकामा शिबिर सञ्चालन भएको थियो । ३ गते दिउसो करिब १ बजे बाट अदानचुलिमा शुरु भएको शिबिरमा १ हजार ४ सय ८२ जनाले सेवा लिएको हेल्थ असिस्टेन रावतले नेपालबोटलाई जानकारी दिए। ।
उनका अनुशार दुई दिन सम्म चलेको निशुल्क स्वास्थ्य शिबिरमा १७ जनाको शरिरमा गाँठा गुठीको अप्रेशन भएको छ भने ५७ जना गर्भवती महिलाको भिडियो एक्सरे गरीएको छ । शिविरमा हाड जोर्नीका ६ सय २ जनाले सेवा लिएका छन् । यस्तै दन्त रोगका १ सय २ जना र ७ सय ३ जनाले साधारण चेकजाँच गरेको श्रीनगर स्वास्थ्य चौकीले जानकारी दिएको छ ।
शिविर सामान्य चेकजाँचमै सिमित
कर्णाली प्रदेश सरकारले जिल्लाको अदानचुलिमा सञ्चालन हुने उक्त शिविरलाई विषेशज्ञको संज्ञा दिएको भएपनि शिविर साधारणमै सिमित भएको छ । नाममा बिशेषज्ञा शिबिर भनिएता पनि वस्तबिक बिरामी नआई सामान्य बिरामीहरुले चेकजाँच गरेको टोलीको नेतृत्व गरेका डा. मंगल रावलले विकार गरे । उनले भने, "हाम्रो टोलीमा सबै बिशेषज्ञ डाक्टरहरु मात्र आएकाले जती सक्दो शिरियस बिरामीहरु आई सेवा लिन आग्रह गरेका हौ तर पनि शिविर सामान्यमै केन्द्रित भयो ।"
व्यवस्थापनमा केही नमिलेजस्तो भएको बताएका डा. रावलका अनुशार शिविर मार्फत वास्तिविक बिरामीले मौका पाएनन् ।
बृहत्त शिबिरको ब्यबस्थापन पक्ष राम्रो नहुँदा भिडँभाडले नै सामान्य नागरीकहरु सेवा नलिई फिर्ता भएको अदानचुली २ की महिला स्वयम् सेवीक कल बुढाले बताईन् । आफु महिला स्वयम् सेवीकाको रुपमा करिब १२ वर्ष काम गरेको तर आफ्नै खुट्टा फ्याक्चर भएकोले उपचार गर्न नपाउदा दुख लगोको बताएकी बुढाले भनिन, "शिविर ह्वाई ठूलो ख्वाई नानु मात्तै भयो ।" २ दिनसम्म सञ्चालन भएको शिविरका गतिविधिका कारण आफू स्वास्थ्यका कुनै काममा नजाने प्रतिक्रिया बुढाले दिइन् ।
शिबिर सञ्चालन भएकोले अधिकांस नागरीकहरुले निशुल्क सेवा पाएकोले खुसी ब्यक्त गरेका स्थानिय राजनीक दलले पनि यस्ता शिबिरहरु निहित स्वार्थमा नभई वर्षको एक पटक सञ्चालन गर्न स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारलाई आग्रह गरे । उनिहरुले यस्ता शिबिरहरु नामको लागि नभई कामको लागी सञ्चालन गर्न १।२ दिनलाई बढाएर करिब १ हप्ताको हुँनु पर्नेमा जोड दिएका छन् ।
। शिबिर २ दिनको लागि मात्र भएकाले निकै हानथाप र लडाई झगडामा माझ आधा जती कुर्दा कुर्दै दिन बिताएर घर फर्केका छन् उनिहरुले १।२ दिनको शिबिर आउनु भन्दा नआएकै बेश भन्दै गुनासो समेत गरेका छन् ।
७६ जनाले बन्ध्याकरण गरे
स्वास्थ्य शिविरसँगै शुरु भएको पुरुषहरुको लागि स्थायी बन्द्याकण भ्यासेक्टोमी शिबिरमा ७६ जनाले स्थायी बन्द्याकरण गरेका छन् । शिबिरमा ४० जनाको मात्र लक्ष्य राखिेएता पनि र्निारित लक्ष्यभन्दा धेरैले बन्द्याकरण गरेको जिल्ला असपताल हुम्लाकी सिनियर अनमी मनमाया बस्नेतले जानकारी दिईन् ।
बिशेषज्ञ शिबिर ६ र ७ गते मुगु जिल्ला सोरु गाउँपालीकाको तारापानीमा सञ्चालन गर्ने भन्दै टोली मुगु लागेको अदानचुली गाउँपालीका स्वास्थ्य तथा सरसफाई ईकाईका सह संयोजक नेत्र फडेराले जानकारी दिए ।