सिमकोट । पछिल्ला तीन दिनयता निरन्तर परेको वर्षाले अदानचुली गाउँपालिकामा एक घर भत्केको छ भने दर्जन बढि स्थानमा क्षति बनाएको छ ।
गएको मंगलबारदेखि निरन्तर परेको वर्षाले बाली लगायका जिल्लाका किसानको खेतीबालीमा ठूलो क्षति गरेको छ । वर्षाले अदानुचली गाउँपालिका वडा नम्बर २ का मोहन महताराको दुई तले घर भत्केर पूर्णरुपमा क्षती भएको छ । अघिल्लो पटक निरन्तर परेको वर्षाका कारण भाँस्सीएको घर यो पटक चारदिनसम्म निरन्तर परेको वर्षाले गोठैसम्म भत्केको पिडित महताराले जानकारी दिए । अचानक घर भत्केपछि घर भित्रको अन्नपात, लुगाफाटो, भाँडाकुडा समेत क्षती भएको बताएका महताराले आफू अहिले छिमेकीको घरमा शरण लिएर बसेको जानकारी दिए ।
‘भत्केको घरर्लाइ गाउँका आफन्तको सहषेगमा पन्छाउने काम त गरियो’ महताराले नेपालवोटसँग भने ‘यसको पुनः निर्माणको काम अहिले नैं त संभव छैन् । अब पछि गरौला । त्यतिञ्जेलसम्म आफन्तको घरमा आश्रय मागेर बस्नुकमो विकल्प छैन् ।’
घर भत्केपछि घरमा भएको सबै धनमाल पूर्णरुपमा नष्ट भएको बताएका महताराका अनुसार बिहान वेलुकाको छाक टार्न पनि अहिले मागेर चलाउने काम गरिएको छ । वर्षाले एक गाउँबाट अर्को गाउँ जाने कतिपय बाटाहरु समेत अवरुद्ध हुँदा आउजाउमा पनि समस्या भएको बताइएको छ । यस्तै खानेपानीका मूहानमा समेत ठुलो क्षती गरेको छ । लगातार भइरहेको वर्षाले खार्पुनाथ गाउँपालिका वडा नम्बर तीन राया गाउँमा ठूलो असर गरेको स्थानीय हाँसबहादुर बुढाले बताए । आफ्नो घरमा समेत निरन्तरको वर्षाले क्षति गरेको जानकारी बुढाले दिए । २४ गते राती आएको वर्षाले घरको तल्लो तला गोठमा समेत क्षति पुर्याएको बताएका बुढाका अनुसार गोठ तलाको एक भाग भत्किदा आफुहरु घरमा बस्न छोडिएको छ ।
‘वर्षाले क्षति पुर्याएपछि हामी घर छोडेर आफन्तको घरमा बस्न थालेका छौं’ बुढाले भने, वर्षाले विभिन्न स्थानका बाटो अवरुद्ध हुनुका साथै खोलामा पानी बढ्दा गाउँमा विद्यार्थीलाई स्कुल जानसमेत समस्या हुने गरेको छ । पानी परेको दिन स साना बालबालिका स्कुल छान छोडेका छन् ।’
सिमकोटको हवाई सवा प्रभावित
हिमाली जिल्ला हुम्लाको छोटो दुरीमा अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवाले मौसम खराबका कारण जिल्लामा उडान भर्न नसक्दा जिल्लाबाहिर जाने यात्रु मर्कामा परेका छन् ।
जिल्लामा निरन्तर अविरल वर्षाका साथै मौसम खराबले नेपालगञ्जदेखि उडान नहुँदा जिल्ला बाहिर जाने यात्रुले जान नपाएको गुनासो गरेका छन् । मंगलबार यतादेखि शुक्रबार सीता एयरले एक फलाइट गरेपनि अन्य निजि जहाजले उडान भर्न नसकेका हुन् । वर्षासँगैको मौसम खराबले हवाई सोव अवरुद्ध हुन पुगेको सिमकोट विमानस्थल श्रोतले बताएको छ ।
शनिबार पनि मौसम खराब हुँदा कुनै पनि जहाजले नेपालगञ्जबाट उडान गर्न नसकेको जानकारी प्राप्त भएको छ । पहिलो उडान सिमकोटका लागि नेपालगञ्जदेखि हुने भएपनि प्रतिकुल मौसकले उडान हुन नसकेको हो । लामो समयसम्म हवाई सेवा अवरुद्ध हुँदा जिल्लाबाहिर नेपालगञ्ज, सुखेर्त, कोठमाण्डौ, पोखरा, दाङ, बुटवल लगायतका शहरमा काम विशेषले जाने यात्रु सिमकोटमै रोकिएको बताइएको छ । यस्तै हवाई सेवा अवरुद्ध भएपछि उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जाने विद्यार्थी, बिरामी, कर्मचारीहरु बढी प्रभावित भएका छन् ।
पैदल मार्गको सडक पनि अविरलको वर्षाले ठाउँठाउँमा अवरुद्ध भएको कारण पैदल मार्गबाट यातायातका साधन पनि सञ्चालनमा आउन नसकेको बताइएको छ । जिल्ला विभिन्न सडकहरु अवरुद्ध हुनुका साथै कर्णाली कोरिडोरको राजर्माग कालिकोटमा समेत सकड अवरुद्ध हुँदा पैदल मार्गबाट पनि जान नसकिने अवस्था रहेको जानकारी प्राप्त भएको छ । यस्तै खच्चामा रहेको कर्णाली कोरिडोरको सकड समेत अहिले सवारीसाधन आवतजावतका लागि बन्द गरिएको छ । त्यस क्षेत्रमा पहिरो खसि रहने भएकाले यातायात सञ्चालनका लागि बन्द गरिएको बताइएको छ ।
कर्णाली कोरिडोर अवरुद्ध
वर्षाले ताँवकोट गाउँपालिका अन्तरगत पर्ने पुइमा खोलामा पानीको बहाब बढेपछि कर्णाली कोरिडोर अवरुद्ध भएको छ । निरन्तरको वर्षाले केरिडोरका विभिन्न स्थानमा बाटो भत्कीनुका साथै खोलामा पानीको बहाव तर्न नसक्ने भएपछि बाटो अवरुद्ध भएको सिमा प्रहरी चौकी कवाडी प्रहरीले जानकारी दिएको छ ।
‘सुर्खेतबाट कर्णाली कबोरिडोर हुदै हुम्ला चल्ने लामो दूरीका सवारी साधन केहि समय अघि नैं बन्द भएका थिए । तर पछिल्लो समयको निरन्तरको वर्षाले पुइमा खोला तर्न नसक्ने भएपछि कवाडी देखि अदानचुली, सर्केगाड, चंखेली चल्ने सवारी साधन पनि बन्द भएका छन्’ धुलाचौरमा व्यवसाय गर्दै आएका अदानचुली १ का धनमल महताराले बताए ।
वर्षाले अनपेक्षित रुपमा विभिन्न स्थानको सडक भत्कीए पछि गाउँपालिका भित्र जोड्ने सडक पनि अवरुद्ध भएका छन् । जिल्लाको दक्षिण र उत्तर तिरका गाउँहरुमा जोड्ने सडकहरु भत्कीदा आन्तरिक रुपमा सञ्चालन हुदै आएका सवारी साधन समेत अवरुद्ध भएको हुन् ।