जेठ ११, सिमकोट । हुम्ला जिल्लाको ताँजकोट गाउँपालिका ५ पाद्यालाई मदिार नियोधित क्षेत्रका रुपमा घोषणा भएको छ ।
स्थानिय महिला समुह र युवा समुहको सक्रियतामा वडा पालिकाले एक कार्यक्रमको आयोजना गरेर मदिरा निषेति क्षेत्रका रुपमा घोषणा गरिएको हो ।
ताजकोट ५ का वडा अध्यक्ष वर्ष बुढाको अध्यक्षतामा आयोजना गरिएको घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले मदिरा सेवानले महिला हिंसा बढ्नुका साथै सामाजिक सद्भाव समेत खलबलिने भएकाले गाउँपालिकाले ताँजकोटलाई नै मदिरा निषेधित क्षेत्रका रुपमा घोषणा गर्ने कार्यक्रम राखेको बताईन् ।
पालिका ताँजकोटका सबै वडा र वस्तीलाई मदिरा मुक्त गर्ने अभियानका साथ लागेको बताएकी उपाध्यक्ष बुढाले भनिन्, “मदिरालाई निषेध गरेर अब हामीले फलफुल खतीमा क्रान्ति नै सञ्चलान गर्नु पर्छ ।”
पालिकाले फलफुल र जडिवुटी खेतीका लागि आगामि आर्थिक वर्षमा विषेश कार्यक्रम ल्याउने बताएकी उपध्यक्ष बुढाले त्यसमा सबै स्थानीय वासिन्दाले सहयोग गर्नु पर्नेमा जोढ दिइन् ।
कार्यक्रमलाई संवोधन गर्दै नेकपाका नेता गोपाल बुढा इन्द्रले अबका नेकपाका नेता र कार्यकर्ताले आर्थिक उत्पादनमा लाग्नु पर्नेमा जोड दिए । पार्टीको केन्द्रिय नीति अनुशार ताँजकोटमा शुरु भएको मदिरा निषेधित कार्यक्रमलाई व्यापक रुपमा सफल पार्न नेकपाका नेता तथा कार्यकर्ता दुढताका साथ लाग्नु पर्ने बताएका बुढाले भने, “नेकपाका नेताले अब योजनाको उपभोक्ता समतिको पदाकिारी ताकेर मात्रै साम्यवाद आउँदैन् ।” पार्टी र सरकारले अघि सारेको सुखि नेपाली समृद्ध नेपालको नारालाई साकार रुप दिन वडा बाटै कृषि क्रान्तिमा लाग्नु पर्न बताएका बुढाले त्यसको अगुवाई ताजँकोट ५ ले गरेकोमा खुशी व्यक्त गरे ।
ताँजकोट ५ का वडा सचिव किरण ऐडीले सञ्चालन गरेको कार्यक्रममा नेपाली कंग्रेसका आउँसे रोकाया, मैला अस्थायी प्रहरी चौकी ईन्चार्ज कर्ण शाही र विभिन्न विद्यालयका प्रानाध्यापकहरुकने सहभागित रहेको थियो । विभिन्न साँस्ीकृतीक कार्यक्रम र झाँकी सहित बाजागाज समेत प्रस्तुत गरिुउको कार्यक्रममा सयौ स्थानीयको सहभागिता रहेको वडा सचिव किरण ऐडीले बताए ।