सिमकोट । सिमकोट गाउँपालिकाको दशैं विदाको समयमा पनि पालिकाका चार वटा स्वास्थ्य चौकी नियमित सञ्चालन गर्ने भएको छ ।
पालिकाका नागरिकको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर सिमकोटले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छट पर्वको अवसरमा पालिकाका प्रमुख चार वटा स्वास्थ्य चौकीलाई सञचालन गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको निर्णयसँगै वडा नम्बर २ को ठेहे स्वास्थ्यचौकी, ३ को वरगाउँ स्वास्थ्यचौकी, वडा–७ को डाडाफयाँ स्वास्थ्यचौकी र ८ को स्याडा स्वास्थ्यचौकीले नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने भएका छन् ।
दशैं, तिहार र छटको सार्वजनिक विदाको समयमा प्रमुख चार स्वास्थ्य चौकीले नियमीत स्वास्थ्य सेवा सञ्चालन गर्ने गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताए ।
चार्ड पर्वको समयमा नागरिकको स्वास्थ्य समस्यालाई मध्ये नजर गरेर पालिकाको निर्णय अनुसार पालिकाको बाक्लो वस्ती भएका वडाका चारवटा स्वास्थ्य चौकीबाट नियमीत सेवा सञ्चालन हुन्छ स्वास्थ्य संयोजक भण्डारीले नेपालवोटसँग भने, चार्डबाडको समयमा हुने खानपानले नागरिकको स्वास्थ्यमा समस्या देखिने भएकाले त्यसको पूर्वतारीका लागि सेवा सार्वजनिक विदा शिनबारको दिनमा समेत स्वास्थ्य चौकी खुल्ला रहन्छ ।
निर्णय अनुसार चारवटा स्वास्थ्य संस्थाले निर्वाध रुपमा उपचार सेवा प्रदान गर्ने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।
यो सयममा विभिन्न रोग फैलनु भन्दा अगाडि नै सजग भएर काम गर्न पनि गाउँपालिकाले अनुरोध समेत गरेको छ । अन्य आधारभूत स्वास्थ्य इकाई र सामुदायिक स्वास्थ्य इकाईबाट अतिआवश्यक सेवा सञ्चालन हुनुका साथै तत्काल स्वास्थ्यकर्मी खटिने बताइएको छ । स्वास्थ्यकर्मी दशैँको बेला अभाव भएको हुँदा चारवटा स्वास्थ्यचौकी नियमीत खुल्ला रहने र अन्य स्वास्थ्य संस्थामा अति आवश्यक परेको खण्डमा स्वास्थ्यकर्मी खटिने भएको बताइएको छ ।